काठमाडाैं–संविधानसभामा बुधबारबाट संविधानको परिमार्जित बिधेयकमाथि छलफल सुरु भएको छ।संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको परिमार्जित विधेयक छलफलका लागि संविधानसभामा पेश गरेपछि विधेयक माथिको छलफल सुरु भएको हो।छलफलको प्रस्ताव पेश गर्दै सिटौलाले असन्तुष्ट पक्षलाई संविधानसभामै आफ्ना भनाइ राखेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे । 'आफ्ना विचार संविधानसभामै राखेर जान सकिन्छ । बाहिर गएर समस्याको समाधान हुँदैन,' उनले भने । सिटौलाले सार्वभौम, राजकीयसत्ता जनतामा निहीत भएको अवस्थामा ठाउँ ठाउँमा सुरु भएको हिंसाले नागरिकलाई नै कमजोर पार्ने उल्लेख गरे ।
छलफलमा भाग लिँदै प्रधानमन्त्री सुशील कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भाग जस्तो त्यस्तै समेटिन नसक्ने बताए । संविधान परिवर्नशील दस्तोवज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले बेला बेलामा परिमार्जन गरेर जान सकिने बताए । 'जसरी पनि संविधान जारी गर्नुपर्छ,' प्रधानमन्त्रीले भने,' केही दुखद् घटना घटेका छन् । हामी सबै मिलेर संविधान दिनु आवश्यक छ।' प्रधानमन्त्री कोइरालाले मुलुकमा अशान्ति मच्चिएको भन्दै त्यसलाई रोक्न सबैसँग अपिल गरेका छन् । 'मुलुकमा अशान्ति मच्चिएको छ,' उनले भने,' जति हिंसा भड्किन्छ, देशलाई घाटा हुन्छ । अहिले पनि म वार्ता र छलफल गर्न तयार छु ।'
छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकको आफैंले संविधान बनाउने काम अन्तिम चरणको पुगेको भन्दै अवसरको सदुपयो गर्नुपर्ने बताए। अहिले नेपालीहरुले असाधरण र उच्चस्तरी अभ्यास गरेको भन्दै ओलीले मुलुकमा संविधानसभाबाट संविधान बनाउने काम कठिन भए पनि दोस्रो संविधानसभाबाट संविधान बनाउने चरणमा पुगेको बताए । उनले अहिले पनि केही शक्तिहरु संविधान बन्न नदिने चलखेल लागेको भन्दै ओलीले त्यसलाई परास्त गर्दै अगाडि बढ्ने बताए।
ओलीले संधिवानको मस्यौदाले मुलुकको परिवर्तनलाई आत्मसात गरेको दाबी गरे । 'उत्पीडित, असमानता, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाभिमानको पक्षमा मस्यौदा उभिएको छ,' ओलीले भने । ओलीले संविधान बिथोल्न खोज्नहरुले टिकापुर घटना घटाएको आरोप लगाए । 'अमानवीय घटनाको निन्दा गर्दै सचेतता पूर्वक संविधान बनाउन लाग्नु पर्छ,' ओलीले भने,'यस्ता गतिविधिप्रति सहमत हुन सकिँदैन । नेपाली एक अर्काका शत्रु होइनन् ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको अन्तिम र महत्वपूर्ण बिन्दुतर्फ अगाडि बढेको बताए । दाहालले नागरिले संविधान निर्माणमा देखाएको चासो सकारात्मक रहेको भन्दै केही ठाउँमा भने दुखद् घटना भएको र त्यस्ता अमानवीय रुपमा मानिसलाई मार्ने कामको सबैले भत्र्सना गर्नुपर्ने बताए ।
दाहालले २० ५७ सालको सम्झना गर्दैै भने, 'युद्धलाई शान्तिमा रुपमान्तरण गर्न चाहिरेका थियौं । दाहालले भने, 'मैंले पार्टीको बैठकमा पेश गरेको थिएँ, अन्तरिम सरकार र संविधानसभा । त्यो शान्तिका लागि ढोका खोलिएको थियो । त्यो मिसन पूरा हुने, भाग्यको फैसला हुने अवसरमा आइपुगेका छौं ।' दाहालले संविधान भनेको सामन्तवादबाट पुँजीवातर्फ लाने विधि भएको उल्लेख गर्दै विविधताबीच संविधान बनाउनु पर्ने अवस्था र फरक फरक विचार, सिद्धान्त बोकेका पार्टी हुँदा पनि सम्झौता गरेर जान बाध्य भएको बताए ।
संविधानको मस्यौदामाथिको सैद्धान्तिक छलफल छिटो सक्न विहान ८ बजेदेखि साँझ सात बजेसम्म छलफल चलाउने संविधानसभा सचिवालयले जनाएको छ । सैद्धान्तिम छलफल पुरा भएपछि सात दिनसम्म बिधेयकमाथि संशोधन दर्ता गराउने समय दिनुपर्ने संविधानसभा नियमावलीमा उल्लेख छ । सात दिनको समय पुरा भएपछि संशोधनमाथि भोटिङ गर्ने र निर्णय गनुपर्ने नियमावलीमा उल्लेख छ । सचिवालयका अनुसार अहिलेकै जसरी छलफल अगाडि बढ्दै जाने हो भने बढीमा १५ दिनभित्र संविधान जारी गर्न सकिनेछ ।