काठमाडौं–चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध छैठौ पटक आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले यसपटक उधारो सम्झौतामा अनशन नछाड्ने बताएका छन्।अनशनबारे बुझ्न त्रिवि शिक्षण अस्पताल पुगेका सरकारी प्रतिनिधिसँग डा.केसीले यसपटक आफूलाई ढाँट्ने प्रयास नगर्न आग्रह गरे।सरकारले मलाई धेरै पटक बेवकुफ बनाउँन खोज्यो, सरकारी टोलीसँग उनले भने, 'यसपटक माग कार्यन्वन पछि मात्रै सम्झौता हुन्छ ।' उनले सरकारी टोली औपचारिकता पूरा गर्न मात्रै आएको छनक आफूले पाएको बताए । 'सरकारले लचिलो भएपनि मैले नमानेजस्तो देखाउन विना तयारी आएको पाएँ,' उनले भने, 'मुल मागहरु कार्यन्वयनमा तत्परता नै छैन् ।'
डा.केसीले माथेमा प्रतिवेदन कार्यन्वन गर्नुपर्ने, केयुको सम्बन्धनसम्बन्धी निर्णय बदर गर्ने सम्झौता कार्यन्वयन गर्नुपर्ने, उपकूलपतिहरुको नियुक्ती बदरगरी नयाँ स्वातन्त्र आयोगको सिफारिसको आधारमा गर्नुपर्नेलगायतका माग राखेका छन्।
बुधबार अपरान्ह योजना आयोगका सदस्य यज्ञबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिव शान्तराज सुवेदी अनशनस्थल शिक्षण अस्पताल पुगेका थिए। योजना आयोगका सदस्य कार्कीले सरकारका तर्फबाट गत शुक्रबारको सामाजिक समितिको निर्णयप्रतिसहित अन्य कामको प्रगति पेश गरेको जानकारी दिए । 'सरकार भटाभट काम गर्दैछ, यस्तो प्रतिकूल अवस्था छ, अनशन छोड्नुस् भनेका छौं, मान्नुभएन,' कार्कीले भने ।
स्वास्थ्य खस्कियो
अनशनको तेस्रो दिनसम्म मुखबाट पानीसमेत नलिएका डा.केसीलाई जलवियोजन देखिएपछि स्लाइन दिन थालिएको छ । डा.केसीले अन्य औषधि लिन नमान्ने र मुखबाट केही नखाने भएकोले नर्मल स्लाइन सुरु गरिएको हो । पाँच पटकसम्मगरी करिव ४३ दिनसम्म अनशन बसिसकेका छन् ।
आन्दोलन चर्काउँने
चिकित्सा शिक्षाको विकृति विरुद्ध लडेका डा.केसीलाई पटकपटक सम्झौता कार्यन्वयन नगरी अनशनको अवस्थामा पु¥याएको भन्दै सहकर्मी चिकित्सक र विद्यार्थी यसपटक सुरुमै आन्दोलन चर्काउँने तयारीमा पुगेका छन्। अघिल्ला अनशनमा ढिलोगरी मात्रै आन्दोलनमा आउँने चिकित्सक संघले दोस्रो दिनमा नै विज्ञप्ति जारी गरेर केसीमा माग पूरा गर्न दबाब दिएको छ। नेपाल चिकित्सक संघले संघ, केयु प्राध्यापक संघ, आइओएम विद्यार्थी र रेजिडेन्ट चिकित्सकले पनि आन्दोलनको चेतावनी दिइसकेका छन् ।