जायज माग पूरा गछौं : प्रमुख दल
०९ भदौ २०७२
•
१७ मिनेट पाठ
जायज माग पूरा गछौं : प्रमुख दल
काठमाडौं- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले संविधानको विधेयक संशोधन गरेर आन्दोलनकर्ताका जायज माग पूरा गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। उनीहरूले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक नबनाउन आग्रह गर्दै वार्ताका लागि अपिल पनि गरेका छन्।

'नेपालको संविधानको परिमार्जित विधेयक २०७२' माथि बुधबार सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै प्रमुख दलका शीर्ष नेताहरूले संविधानको विधेयक संशोधन गर्ने अझै पनि ठाउँ रहेकाले अहिले आन्दोलन रोक्न अपिल गरेका हुन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले संविधानको विधेयकमा चित्त नबुझेकाहरूसँग आफू जतिखेर पनि छलफल गर्न तयार रहेको जानकारी दिए। 'यो सम्झौताको दस्तावेज हो,' उनले भने, 'म तपाईंहरूलाई हार्दिकतापूर्वक अपिल गर्न चाहन्छु, अहिले मुलुकमा अशान्ति कायम भएको छ। जति अशान्ति भयो, त्यति संविधान नआउने सम्भावना बढ्दै जान्छ। त्यसैले म जतिबेला पनि छलफलका लागि तयार छु। आउनुस् वार्तामार्फत समस्याको समाधान गरेर समयमा संविधान जारी गरौं।'

प्रधानमन्त्री कोइरालाले प्रक्रिया लम्ब्याएर संविधान आउन नदिने षड्यन्त्र भएको भन्नु भ्रम मात्रै भएको टिप्पणी गरे। 'संविधानको विधेयक संशोधन हुनुपर्छ भनेर सबै पार्टीले भन्नुभएको छ,' उनले भने, 'हामीले संविधान संशोधन गरेर परिमार्जित संविधान समयमै दिनुपर्छ।'

प्रधानमन्त्री कोइरालाले वार्तामा बसेर छलफल गर्न सबै दल तयार रहेको पनि जानकारी दिए। 'संविधानको विधेयक संशोधनका लागि सबै दल तयार हुनुहुन्छ,' प्रधानमन्त्री कोइरालाले भने, 'अहिले संविधानको विधेयकमाथि सभाध्यक्षले तयार पारेको कार्यतालिकाअनुसार छलफल भइरहेका बेला पनि हामी वार्तामा बस्न सक्छौं। संविधान सम्झौताको दस्तावेज हो। यसलाई परिवर्तन गर्न सकिन्छ। यो पत्थरको लकिर होइन।'

प्रधानमन्त्री कोइरालाले आफ्नो कुरा शालीनताका साथ राख्न पनि आग्रह गरे। 'सबैका भावना बुझेर आफ्नो कुरा शालीनताका साथ राखौं,' उनले भने, 'संविधानका लागि हामीले ९ वर्ष छलफल गरिसक्यौं, अब पनि यसैमा अल्भि्कयौं भने यति ठूलो अभियान पूरा हुन सक्दैन।'

प्रधानमन्त्री कोइरालाले ठाउँठाउँमा भएको आन्दोलनमा प्रहरी ज्यादतीको पनि कुरा उठेकाले संयमता अपनाउन सुरक्षाकर्मीलाई भनेको पनि जानकारी गराए। उनले आन्दोलनरत पार्टीहरूले पनि मुलुकको अवस्थालाई आत्मसात गर्नुपर्ने धारणा राखे।

संविधानको विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि संविधानको विधेयकमा केही कमीकमजोरी भए वार्तामार्फत संविधान संशोधन गरेर अघि बढ्न सकिने बताए।

'हतियारको भाषा बोलेर हतियार लिएर उठ भन्नेहरूसँग हामी सहमत हुन सक्दैनौं तर वार्तामार्फत समस्या समाधान गर्छौं भन्नेहरूसँग वार्ता गर्न सकिन्छ,' ओलीले भने, 'हामी एकअर्काको सत्रु होइनौं। तर हिंसा भड्काएर उपलब्धि प्राप्त हुँदैन।'

अध्यक्ष ओलीले कैलालीमा धोकापूर्ण र कायर तरिकाले प्रहरीको निर्मम हत्या गरिएको बताए। 'सहमतिअनुसार नै प्रहरीले शान्तिपूर्ण तरिकाले भिड रोक्न खोजेको थियो,' ओलीले भने, 'तर धोकापूर्ण तरिकाले प्रहरीको निर्मम हत्या गरियो। बच्चालाई गोली हानेर मारियो। परिस्थिति बिगार्न खोज्नेहरूले मानवीयता बाँकी नरहने अवस्थामा पुर्यातएका छन्।'

ओलीले संविधानको विधेयकले नेपाली समाजको विभिन्न द्वन्द्व अन्त्य गरेको दाबी गरे। 'मस्यौदा स्वाभिमानको पक्षमा छ,' उनले भने, 'मस्यौदाले मौलिक हक पनि प्रशस्त दिएको छ। सरकारको सामर्थ्य र यथार्थभन्दा मस्यौदा एकदम अघि छ। पछि परेको समुदायलाई शीघ्र अघि बढ्न मद्दत गरेको छ।'

ओलीले नेपालको संविधानसभालाई दुनियाँले हेर्न सक्ने बताए। 'संविधानसभाबाट संविधान बनाउन बौद्धिक अभ्यास मात्रै भएको छैन,' उनले भने, '८ वर्षसम्म विभिन्न छलफल र गहन अध्ययन भए। अहिले जनताले दिएका सुझाव हेर्दा संविधानमा उनीहरूको चेतना कति माथि रहेछ भन्ने पनि स्पष्ट भएको छ।'

ओलीले अहिले संविधान निर्माणको महान कामलाई भड्काउन खोजिएको आरोप लगाए। उनले संविधानमा सबै कुरा मन नपर्ने भए पनि लोकतान्त्रिक संविधानका लागि कसैले अवरोध गर्न नहुने बताए।

'संक्रमणकाल अन्त्यका लागि लोकतान्त्रिक संविधान चाहिएको छ,' उनले भने, 'अहिले एउटै संविधानमा सबैका कुरा समावेश नहुन पनि सक्छन्। तर संविधान संशोधन गर्दै जान सकिन्छ।'

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्झौताबाट संविधान बनाउन लागिएकाले अझै पनि संविधानको विधेयक संशोधन गरेर जायज माग पूरा गर्न सकिने बताए।

'अहिले नै तपाईंहरू संविधानसभाबाट अलग्गिने विषय नसोच्नुहोला,' अध्यक्ष दाहालले भने, 'संविधानको विधेयक परिमार्जन गर्ने ठाउँ अझै पनि छ। जायज मागलाई सम्बोधन गर्न सकिन्छ। मधेसी र थारू मोर्चालाई अहिले नै वार्तामा आउन आग्रह गर्छु।'

उनले संविधानसभाबाट संविधान बन्न नदिने तत्वहरू सक्रिय भएकाले प्राप्त उपलब्धिलाई इन्कार गर्ने भुल नगर्न पनि आग्रह गरे। 'संविधानसभा भनेको सामन्तवादबाट पुँजीवादमा जाने विधिको विकास हो,' उनले भने, 'अहिले बनेको विधेयक हेर्दा एउटा युगबाट अर्कोमा जान सकेको देखिँदैन। अझै पनि केही विषय सामन्तवादसँग सम्झौता गर्न सकिने खालका छन्। महिला र दलितको मुक्तिका सवालमा केही कमीकमजोरी छन् तर संविधानसभालाई फेरि पनि असफल पार्ने तत्वहरू सक्रिय भइसकेका छन्। त्यसैले यी उपलब्धिलाई इन्कार गर्न पनि मिल्दैन।'

अध्यक्ष दाहालले सरकारले पनि आन्दोलनरत पक्षलाई गम्भीरताका साथ वार्तामा बोलाउनुपर्ने बताए। 'अब संविधान निर्माणको प्रक्रिया रोकिँदैन,' उनले भने, 'रोक्ने पनि होइन, कसैलाई रोक्छु भन्ने लागेको भए भ्रम मात्रै हुनेछ।'

दाहालले संविधानसभाबाट संविधान जारी गर्ने आफूहरूको राजनीतिक मिसन भएकाले त्यो पूरा हुने अवस्थामा रहेको बताए।

'२०५७ माघ महिना थियो,' पुराना दिन स्मरण गर्दै दाहालले भने, 'फाइट टु फिनिसको अवस्था थियो। त्यसबेला हामी युद्धलाई शान्तिमा बदल्न चाहन्थ्यौं। युद्धलाई शान्तिमा बदल्न अन्तरिम सरकार र संविधानसभाबाट संविधान भनेका थियौं। त्यो राजनीतिक मिसन थियो। पछि त्यो सबै दल र राष्ट्रको मिसन बन्यो, आज त्यो पूरा हुने अवस्थामा छ।'

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभालाई भारदारीसभाजस्तै बनाइएको आरोप लगाए। 'कुनै जमानामा नेपालमा राणा शासन थियो,' थापाले भने, 'त्यसबेला भारदारीसभा हुन्थ्यो। सिंहदरबारको २ तलामाथिबाट श्री ३ ले फर्मान सुनाउँथे, तल बस्ने भारदारसभाले 'प्रभु योभन्दा राम्रो के हुन सक्छ र' भन्थे। अहिले संविधानसभालाई ४ दलका नेताले भारदारीसभा बनाएका छन्।'

उनले शीर्ष नेताहरूमा दम्भ भएकाले त्यसले बेला–बेलामा समस्या पर्ने गरेको बताए। थापा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाप्रति आक्रोशित देखिन्थे।

'मस्यौदा समितिका सभापतिले राजसंस्थाबारे छलफल हुन सक्दैन भन्नुभयो,' थापाले भने, 'छलफल हुनै सक्दैन भन्ने तपार्इं को? त्यो अधिकार तपाईंलाई कसले दियो? राजसंस्थालाई एम्बुसमा पारेर पाखा लगाइएको हो। एम्बुसबारे पोख्त दलहरूलाई मैले थप व्याख्या गर्नुपर्दैन। दरबार र आन्दोलनकारीबीचको सम्झौतामा त्यसबेला आन्दोलन टुंगिएको थियो।'

थापाले यसो भनेपछि एमालेका सभासद कर्णबहादुर थापाले नियमापत्ति गरेका थिए। सार्वभौम संविधानसभालाई भारदारीसभासँग तुलना गरेको भन्दै उनले नियमापत्ति गरेपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले ध्यानाकर्षण गराएका थिए।

कर्णबहादुर थापाले भारदारीसभा संसदको रेकर्डबाट हटाउन आग्रह गरेपछि राप्रपा नेपालका अध्यक्ष थापाले आफूले संविधानसभालाई भारदारीसभा बनाउने प्रयास नहोस् भनेर ध्यानाकर्षण गराएको बताए।

उनले आफूहरूलाई पटकपटक बाइपास गरेर चार दलका नेताले सहमति गरेको जनाउँदै अहिले टेक्ने ठाउँ नपाए विकल्पमा सोच्नुपर्ने अवस्था आउने बताए।

'हामीलाई टेक्ने ठाउँ दिनुस् मात्र भनेका हौं, आजसम्म प्रतीक्षा पनि गर्यौंए,' उनले भने, 'नभए हामीले पनि विकल्पका बारेमा सोच्नुपर्ने हुन्छ।'

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समस्याको समाधान संविधानसभाबाटै खोज्ने बताए। उनले संविधानको विधेयक संशोधन गर्ने बेलासम्म थारू र मधेसीको माग सम्बोधन नभए आफू पनि प्रक्रियामा नरहने चेतावनी दिए।

'समस्याको समाधान संविधानसभाबाटै खोजिनुपर्छ,' गच्छदारले भने, 'अहिले ७ प्रदेशको खाका मैले अस्वीकार गरेको छु। यसलाई स्वीकार गर्न सकिन्न। पहाडको माग पूरा गर्दा मधेसको पनि गरेको भए राम्रो हुन्थ्यो। पहाडको माग पूरा हुँदा पनि म खुसी छु। तर मधेसको पनि पूरा हुनुपर्छ।' उनले १६ बुँदे सहमतिअनुसार ८ प्रदेशले मात्र मुलुकको समस्या समाधान गर्ने बताए।

कांग्रेस सभासद शेखर कोइरालाले संविधानको प्रस्तावनामा बहुलवाद उल्लेख हुनुपर्ने बताए। उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने बताए। कोइरालाले कैलालीको टीकापुर घटनामा सरकारले प्रतिशोधको भावनाले कारबाही अघि बढाउन नहुने धारणा राखे।

सभासद गगन थापाले प्रादेशिक सीमांकन र संख्याका फेरबदल भइरहँदा भ्रम उत्पन्न भएको बताए। उनले बिपी कोइरालाको २००४ सालदेखिको सपना साकार हुने अवस्थामा रहेको बताए। उनले सीमांकनमा व्यावहारिकता अपनाउनुपर्ने बताए।

नेकपा एमालेका सभासद शेरधन राईले संविधान नबनोस् भनेर लाग्ने तत्वहरू हाबी भएको भन्दै केही संविधानसभामै रहेको बताए। उनले तिनै तत्व 'को हुन्?' भनेर संविधानसभामै कराइरहेको समेत आरोप लगाए।

त्यसैगरी एमालेका सभासद राजन भट्टराईले मुलुकको राजनीति सरल बाटोबाट अघि नबढेकाले संविधानसभाबाट संविधान जारी गरेर सही बाटोमा हिँडाउनुपर्ने बताए। उनले संविधानको विधेयकमा सबैको भावना समेट्न नसक्दा कैलाली, सुर्खेत, सप्तरी लगायतका ठाउँमा समस्या देखिएको बताए।

सभासद रामकुमार राईले आठ वर्षसम्म बहस हुँदा पनि पार नलागेको विषय अहिले एकाएक पूरा गर्न खोज्दा समस्या भएको बताए। उनले जायज माग पूरा गर्न तयार हुनुपर्ने बताए।

एमाओवादीका सभासद सभासद प्रभु साहले संविधानको मस्यौदाले विगतका सहमति लत्याएकाले समस्या भएको बताए। उनले संघीयताको विवादले फेरि पनि संविधान शंकामा रहेको बताए।

सभासद गणेशमान पुनले संघीयता र सीमांकनमा जनताको सुझावलाई नसमेटिएकाले आन्दोलित हुन पुगेको बताए। उनले जातीय प्रदेशलाई बेवास्ता गरिँदा थप समस्या आएको बताए।

एमाओवादी सभासद अमनलाल मोदीले जनचाहनाविपरीत सीमांकनको काम भइरहेकाले समस्या थप भएको बताए। उनले संवैधानिक निकायमा समावेशी र समानुपातिक व्यवस्था गरिनुपर्ने बताए।

संविधानको विधेयकमा ४ सय ५० जनाले आआफ्नो धारणा राख्न नामावली टिपाएका छन्। बुधबार भएको बैठकमा भने ८८ जनाले मात्र धारणा राखेका थिए। बिहान ८ बजेदेखि बेलुका अबेरसम्म बैठक सञ्चालन गरिएको संविधानसभा सचिवालयले जनाएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस