काठमाडौं- शीर्ष नेताहरुले अन्तिम समय आइसकेकाले संविधान निर्माणमा सहयोग गर्न अपिल गरेका छन्। व्यवस्थापिका संसदमा बिहीबार बोल्दै शीर्ष नेताहरुले परिमार्जित संविधानको विधेयक सदन समक्ष प्रस्तुत भइसकेको र वार्ताबाटै समस्याको समाधान हुने बताउँदै संविधान निर्माणमा सहयोग गर्न सुझाव दिए।
'संविधानसभामार्फत् संविधान निर्माण गर्ने अभियान थियो। अहिले अन्तिम अवस्थामा पुगेका छौं। केही हप्तामा पारित गर्नेछौं। हाम्रो पुस्ताले युगौंयुगलाई हुने काम गरेको छ,' सम्बाद समितिका सभापति बाबुराम भट्टराईले भने, 'हामी सगरमाथाको चुचुरोमा नजिक पुग्दैछौं तर पटकपटक लड्यौँ। हामी यसपटक साउथ पोलमा पुगेका छौं। यसपटक चढ्न नसके फेरि संविधानसभा गठन हुने छुट छैन। हामी असफल हुनैपर्छ।'
उनले एउटा युगको अन्त्य भएर अर्को युग जन्मने अवस्थामा संविधानसभा भएकाले संविधानसभाबाट बन्ने संविधानले आन्दोलनलाई संस्थागत गर्ने बताए। 'माओवादीसँगको सम्झौता, विभिन्न जनजातिसँग भएका सम्झौता नै संविधानको आधार हुन्। पार्टी र व्यक्तिका फरक-फरक सोँच हुन सक्छन्। यो संविधान सारसंग्रहवादी देखिएको छ। विभिन्न विचारधाराबीचको सम्झौताको दस्तावेज भएकाले यस्तो भएको हो,' उनले भने।
उनले राजतन्त्रवादीले अहिले दुःख मनाउ गर्ने कुनै कारण नभएको प्रस्ट्याए। 'उहाँहरुलाई टेक्ने ठाउँ भन्नुभएको छ। त्यो दिइएको छ। पञ्चायतको कालरात्रितिर फर्किनुहुँदैन भन्नुभएको छ। त्यो नै उहाँहरुको टेक्ने खुट्टा हो। विगततिर फर्किन सकिँदैन भन्ने बुझ्नुपर्छ। गणतन्त्र र लोकतन्त्रबाट हामी पछि फर्किन सक्दैनौं। यसमा फेरि बहस गरेर समय व्यर्थ नगरौं। संघीयता अर्को आधार हो,' उनले भने।
पहिचान र सामर्थ्यका आधारमा भनेर सबैले स्वीकार गरिसकेपछि पहिचानलाई निषेध गर्न नमिल्ने उनको भनाइ छ। 'यदाकदा नमिलेको भए त्यसमा बहस गर्न सकिन्छ। त्यसमा फेरि प्रश्न उठाउन मिल्दैन। संघीयता यसैमा मिलाउने हो,' उनले भने, 'पहिचान र सामर्थ्यका आधारबाट पछि फर्कन मिल्दैन। केन्द्र, प्रदेश र स्थानीय स्वीकार गरेपछि अहिलेको प्रशासनिक क्षेत्र रहँदैन। जिल्ला, क्षेत्र अञ्चल अब रहँदैन। अब अहिले पनि त्यही कुरा गर्दैछौं यो शोभनीय छैन।'
उनले भने- हाम्रो आफ्नै निर्वाचन क्षेत्र हुनेछ। २४० बाट १६५ हुँदैछ। संघीय आयोगले पनि मिलाउँदैछ। विषयान्तर हुनेगरी बहस र छलफल गर्नुहुँदैन। अर्को धर्मनिरपेक्षता हो। यसबाट फर्कन मिल्दैन। नेपाल बहुधार्मिक देश हो भनेर स्वीकार गरिसकेका छौं। देशको कुनै धर्म छैन भन्ने हो। सबैले आफ्नो धर्म मान्न पाउनुपर्छ।'
उनले आन्दोलनकारीलाई दुत्कार्ने नभइ वार्तामा बोलाउनुपर्ने बताए। 'महिला र दलित कालखण्डमा हामी सबै आन्दोलनकारी हौं। जनताले जहाज अपरणसम्को काम गरेकै हौं। आन्दोलनकारीलाई दुत्कार्ने होइन, वार्तामा बोलाउने हो। शान्ति भनेको बलबाट होइन वार्ताबाट कायम गर्न सकिन्छ,' उनले भने।
त्यस्तै एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणको प्रक्रिया अन्तिम चरणङ्गा भएको बताए। 'संविधान निर्माणको लगभग अन्तिम चरणमा प्रवेश गरेका छौं। २००७ सालदेखि जनताले संविधानसभाको चाहना गरेका थिए। त्यो पूरा गर्ने अवस्थामा छौं,' उनले भने।
लोकतन्त्रमा विश्वास गर्नेले यसलाई सहयोग गर्नुपर्ने उनको धारणा थियो। हिजोआजका घटनाले सबैलाई चिन्तित तुल्याएको र आशंका पनि उत्पन्न भएकाले यसले संविधानसभालाई असफल बनाउने प्रयत्न भएको त छैन? भनी उनले प्रश्न गरेका थिए।
उनले आशंकालाई निर्मूल गरेर संविधान निर्माणमा सकारात्मक भूमिका खेल्न सबैमा आग्रह गरे। 'संविधान बनाउन नचाहने तत्वहरुले फाइदा लिन सक्छन्। द्वन्द्व बढाउने् र सडक तताउने काम बन्द गरौं,' उनले भने, 'हिंसालाई सहयोग गरे संविधान निर्माण प्रक्रियामा बाधा पुग्छ।'
उनले कैलाली घटनाले हामी कतिसम्म क्रूर हुन सक्छौं भन्ने देखाएको बताए। 'एउटा नेपाली प्रहरीका अफिसर र जवानमाथि निन्दनीय घटना भएका छन्। त्यसको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ। शान्तिपुर्ण ढंगबाट आफ्ना विचार राख्नुपर्छ,' उनले भने।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सात प्रदेशको सीमा अन्तिम सीमा नभएको बताएका छन्। उनले यो काम संघीय आयोगले गर्ने प्रस्ट पारे। 'सात प्रदेशको सीमा नै अन्तिम होइन। सीमा मिलाउने काम संघीय आयोगले गर्नेछ। मस्यौदा समितिले पेस गरेको प्रतिवेदनको आधारमा गरिनेछ,' उनले भने। उनले सबै पक्षलाई उत्तेजित नभइ वार्तामार्फत् समस्या समाधान गर्न आह्वन गरे।