काठमाडौं-नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथिको सैद्धान्तिक छलफल सकेर आज (आइतबार) संविधानसभाले संशोधनका लागि सात दिन समय दिने तयारी गरेको छ।
प्रमुख तीन राजनीतिक दलले भने आफ्ना सभासदलाई व्यक्तिगत रूपमा संशोधनको प्रस्ताव दर्ता नगर्न आन्तरिक सर्कुलर गरेका छन्। 'एक्लैले संशोधन प्रस्ताव दर्ता गराउँदा पारित गर्न पनि समस्या पर्छ, त्यसैले पार्टीभित्रै छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउनुपर्छ,' कांग्रेसका शीर्ष नेताले आफ्ना सभासदलाई भनेका छन्।
एमाले र एमाओवादी शीर्ष नेताले पनि आफ्ना सभासदलाई एक्लाएक्लै संशोधनको प्रस्ताव दर्ता नगर्न निर्देशन दिएको स्रोतले जानकारी दियो। संविधानसभा नियमावली, २०७० अनुसार विधेयकको कुनै पनि धारामा संशोधन प्रस्ताव दर्ता गर्न चाहेमा सभासदले सात दिन समय पाउनेछन्।
नियमावलीको नियम ९९ मा 'संविधान विधेयकमा संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले सो विधेयकमाथिको सामान्य छलफल समाप्त भएको सात दिनभित्र आफूले पेस गर्न चाहेको संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ,' लेखिएको छ।
संशोधनको समय घटाएर फास्टट्र्याकबाट संविधान जारी गर्ने भनिए पनि संविधान विधेयकप्रति असन्तुष्ट राजनीतिक दल र समूहसँग सहमति प्रयास भइरहेकाले समय नघटाउने तयारी छ।
'सरकारले संविधान विधेयकप्रति असन्तुष्टि राखेका दलसँग पनि छलफल गरेको छ,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'केही विवादित विषयमा दलहरु अझै पनि छलफलमा छन्, सहमति गर्न पनि केही दिन अझै लाग्ने देखिएको छ।'
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि संविधानको महŒवपूर्ण विधेयक भएकाले संशोधनका लागि सातै दिन दिने पक्षमा रहेको बताए। 'संविधानसभा नियमावलीमा सात दिन दिने व्यवस्था छ,' उनले भने, 'दलहरू यसबारे निरन्तर छलफलमा छन्।'
प्रमुख राजनीतिक दलले आइतबार बैठक बसेर विवादित विषयमा छिट्टै सहमति कायम हुने भएकाले संशोधनको म्याद घटाउन आग्रह गरिए केही दिन घट्न सक्ने सचिवालय स्रोतको भनाइ छ।
संशोधन पेस गर्न चाहने संविधानसभा सदस्यले संशोधन विधेयक विषयसँग सम्बद्ध र विधेयकको परिधिभित्र हुनुपर्ने, संशोधन अस्पष्ट वा निरर्थक हुन नहुने, कुनै धारामा गर्न खोजिएको संशोधन उक्त धारामा रहेको कुरासँग सम्बद्ध हुनुपर्ने, संशोधन विधेयकको कुन धारा वा उपधारा वा खण्डको कुन व्यवस्था वा शब्दावलीको सट्टामा के–कस्तो व्यवस्था वा शब्दावली राख्न खोजिएको हो भन्ने कुरा स्पष्ट खुलाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ।
कुनै पनि संशोधनलाई स्वीकृत गर्ने, कारणसहित अस्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाएर त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार नियमावलीले अध्यक्षलाई दिएको छ।
यसैबीच संविधान विधेयकमाथि शनिबार पनि छलफल भएको छ। छलफलमा भाग लिँदै कांग्रेस नेता एवं वनमन्त्री महेश आचार्यले संविधान निर्माणको प्रक्रियाले हिंसा र हतियारको राजनीति अन्त्य गर्ने काम गरेको बताए।
संविधान निर्माण प्रक्रियाले आफ्ना अधिकारलाई मौलिक अधिकारमा समाहित गरेर सबै अंगमा समावेशी ढंगबाट प्रवेशको ढोका खोलेको उनले बताए।
'विभिन्न ढंगका आन्दोलन उठेका छन्,' आचार्यले भने, 'अधिकारका मुद्दा लिएर अघि बढेका छन्, प्रधानमन्त्रीले वार्ताका लागि गरेको आह्वानलाई स्वागतयोग्य ठान्नुपर्छ। संवादबाट कतिपय मुद्दा सम्बोधन गर्नसक्ने सम्भावना कायमै छ।'
उनले संसारभरको अनुभव संविधान जारी भएपछि पनि मुखरित भएका विषय सम्बोधन हुने भएकाले अहिले नै अत्तालिनु नपर्ने बताए।
एमालेकी विद्यादेवी भण्डारीले परिमार्जित विधेयक परिस्कृतमै रहेकाले विभिन्न वैचारिक समूह, राजनीतिक दल, धर्म, सम्प्रदायका मानिस भएको विशिष्ट भौगोलिक समाजमा सबैको इच्छा एकैपटक पूरा गर्न नसकिने धारणा राखिन्। 'लामो समयसम्म पछौटे चिन्तनमा जकडिएको समाजलाई एकैचोटि क्रान्तिकारी परिवर्तन गर्न सकिँदैन,' उनले भनिन्, 'सबै जनताको भावना व्यक्त नभएको पनि हुन सक्छ। कतिपय तŒवहरु यही बेला अराजकता मच्चाएर संविधान जारी गर्न नदिन लागिपरेका छन्। यतिबेला हाम्राअगाडि ठूलो भीर र पछाडि नङग्रावाला बाघ–भालुले आक्रमण गर्न लागेको जस्तो अवस्था छ।'
एनेकपा माओवादीका कृष्णबहादुर महराले संविधानको विधेयकमाथि पक्ष र विपक्ष हुनु स्वाभाविक भएको बताए। 'बहस चलिहरँदा पक्ष, विपक्षमा आउनु स्वाभाविक हो तर राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय पक्ष, विपक्ष देखिएका छन्,' महराले भने,'कैलाली लगायत ठाउँमा भएको आन्दोलनमा संविधान बन्न नदिने तŒवले राजनीति गर्न खोजेका छन् तर तिनलाई दमनबाट होइन राजनीतिबाटै हल गर्नुपर्छ।' विचलित नभई संविधान रोक्न खोज्नेलाई असफल पारेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए। 'यो ऐना हो तर प्रष्ट देखिने बन्न सकेको छैन,' उनले भने, 'विभिन्न समुदायको यो ऐनामा आफ्नो अुनहार प्रष्ट देख्न सकिन्न तर पनि संविधान बनाउन बाध्य छौं।'
सभासद रामकुमार सुब्बाले प्रतिपक्षविहीन संविधानसभामा नागरिकले नै प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताए। पद्मनारायण चौधरीले संविधान निर्माणले पूर्णता पाउने अवस्थामा रहेको बताए। उनले २००७ सालदेखिको नेपाली जनताको सपना साकार हुने अवस्थामा रहेकाले आफू विधेयकको पक्षमा रहने बताए।
'जनताले आफ्ना माग प्रस्तुत गर्नु स्वभाविक हो,'उनले भने,'प्रधानमन्त्रीले वार्ताको आब्हान गर्नुभएको छ। वार्ताको माध्यमबाट उहाँहरुका जायज माग पुरा हुनेछन्।'
उनले संविधानको विधेयकमै संशोधन गर्न नसके जारी भएपछि पनि संशोधनका प्रशस्तै ठाउँ रहेको बताए।