काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई पेट्रोल खन्याएर जिउँदै जलाउने, बालकको हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताएका छन्। कैलाली घटनाबारे सदनमा बोल्दै नेता देउवाले कैलाली घटनाको एक दिन अघि शान्तिपूर्ण आन्दोलन गर्ने सबै पक्षसँग सहमति भएको उल्लेख गरे।'एक दिनअघि शान्तिपूर्ण आन्दोलन गर्नै सबै पक्षसँग सहमति भइसकेको बेला भोलिपल्ट पुलिसलाई पेट्रोल खन्याएर मार्ने आपराधिक काम भयो। यो अपराध नै हो', संविधान सभामा बोल्दै नेता देउवाले भने, 'अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ। घरमा आगो लगाउनेलाई पनि कारवाही हुनुपर्छ।'
सुदूर पश्चिम पहिलैदेखि मिलेर बसेको उल्लेख गर्दै उनले आफ्ना सम्बन्धमा अफवाह फैलाइएको दाबी गरे। 'कमैया मुक्त गर्ने व्यक्ति थारु विरोधी हुन्छ ? बोल्दै नबोलेको कुरा हल्ला चलाइयो', उनले भने।
थारुहरुलाई राजनीतिक र सांस्कृतिक अधिकार सहित स्वायत्त क्षेत्र घोषणा गर्न सकिने बताउँदै देउवाले आफूले थारुहरुबारे यसघि बाहिर आएजस्तो टिप्पणी कहिलै नगरेको उल्लेख गरे।
'कर्णालीदेखि गण्डकीसम्म बर्दियादेखि झापासम्म थारुहरु छन्। उनीहरुलाई अधिकार दिनुपर्छ', उनले भने। विभाजनले रुकुम र बाग्लुङमा समस्या परेको उल्लेख गर्दै उनले जिल्ला विभाजनले चिन्ता बढाएको बताए।