भूमिगत समूह भेट्दै आन्दोलनकारी
१३ भदौ २०७२
•
८ मिनेट पाठ
भूमिगत समूह भेट्दै आन्दोलनकारी
काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरे। लगत्तै काँकडभिट्टा हान्निए। सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि गाडी र सरकारले सुरक्षामा खटाएको नेपाल प्रहरीका पिएसओ यतै छाडे। र, यादव सिमापारि गए।सद्भावना पार्टीका केन्द्रीय सदस्य किशोरदयाल मिश्र र रविदत्त मिश्र ४० जनाको टोलीसहित आइतबार भारतको बुटिबंगला पुगे र उत्तर प्रदेश विधानसभाका सभामुख माताप्रसाद पाण्डेलाई तराईमा जारी आन्दोलनलाई सघाउन आग्रह गर्दै ज्ञापनपत्र दिए।

भारतीय गृहमन्त्री राजनाथ सिंह एसएसबीको पोस्ट उद्घाटन गर्न आइतबार लखनउको महाराजगन्ज, परसौनामा आउने चाल पाएपछि आन्दोलनरत मधेसी दलको एक टोली त्यहीँ पुग्यो। स्रोतका अनुसार सो टोलीले सिंहलाई भेट्न नसके पनि मधेसको माग पूरा गराउननिम्ति नेपाल सरकारलाई दबाब दिन सहयोगीमार्फत ज्ञापनपत्र बुझायो।

भदौ पहिलो साता फोरमका उपमहासचिव एवं सभासद अभिषेकप्रताप साह, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ता र सद्भावनाका नेता नरसिंह चौधरी सिद्धार्थनगरको नौगढमा गएर उत्तर प्रदेशका भारतीय जनता पार्टीका लोकसभा सदस्य जगदम्बिका पालसँग भेटेर फर्किए।

काठमाडौंकेन्द्रित आन्दोलन प्रभावकारी नभएपछि तराई फर्किएर आन्दोलनमा होमिएका फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टीलगायत दलका नेताको भारत आउजाउ ह्वात्तै बढेको छ।

केन्द्रीय तहका नेता हुन् वा जिल्ला तहका, प्रायः हरेक दिन कुनै न कुनै टोली आन्दोलनमा सहयोग खोज्दै सीमावर्ती भारतीय क्षेत्र पुग्ने गरेको छ।

सुरक्षास्रोतले पाएको सूचनामा यस्तो भ्रमणको उद्देश्य स्थानीय भारतीय नेतासँगको भेट र सहयोगको मागमा मात्रै सीमित छैन, उनीहरूले भारतीय नेतासँगै नेपालमा सशस्त्र गतिविधि चलाइरहेका भूमिगत समूहका नेतृत्व र आपराधिक समूहका नाइकेसँग समेत भेटिरहेका छन्।

स्रोतका अनुसार भदौ पहिलो साता आन्दोलनरत दल फोरम र नेपाल सद्भावना पार्टीका नेता भारतीय सीमावर्ती क्षेत्र पुगेर तराईमा हिंसात्मक आन्दोलनमा संलग्न भूमिगत संगठनका नेता जयकृष्ण गोइत र भगत सिंहसँग भेटेर आन्दोलनबारे छलफल गरी फर्किएका छन्।

सुरक्षास्रोतका अनुसार नेपाल सद्भावना पार्टी अध्यक्ष अनिलकुमार झाले गोइत र फोरम नेता अभिषेकप्रताप साहले सिंहसँग भेटेर आन्दोलनमा समर्थक र कार्यकर्ता पठाउन छलफल गरेका थिए।

यसबीचमा गोइतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजदूतमार्फत नेपालको अखन्डविरोधी पत्र पठाएका थिए। नेपालमा भूमिगत सशस्त्र गतिविधि सुरु गरेदेखि नै भारतमा रहेका गोइतले साउन २४ मा नेपाल–भारतबीच सम्बन्ध बिगार्ने किसिमको पत्र मोदीलाई पठाएका थिए।

उनले अखिल तराई मुक्ति मोर्चाका नाममा पठाएको पत्रमा दाबी गरेका छन्, 'मेचीदेखि महाकालीसम्मको तराई क्षेत्र कहिल्यै पनि नेपालका शाह शासक, राजा वा पहाडी (नेपाली) ले जितेका होइनन्, त्यसलाई बेलायती शासकले आफ्नो निहित स्वार्थले नेपाललाई हस्तान्तरण गरेका हुन्। त्यसकारण, मेचीदेखि महाकालीसम्मको मधेसमाथिको नेपाली नियन्त्रण पूर्णतः गैरकानुनी हो।'

यसले तथ्यलाई तोडमोड गरेर नेपालको अखण्डतामाथि धावा बोल्ने गतिविधिमा तराईका हिंसात्मक गतिविधिमा लागेका समूह क्रियाशील रहेको देखाउँछ।

यहीबीच झा भदौ पहिलो साता भारतको सीतामढी पुगेर अखिल तराई मुक्ति मोर्चाका संयोजक अध्यक्ष गोइतसँग भेटेर फर्किए। मातृका यादवसँग सहकार्य गरिरहेका उनी आन्दोलनमा सघाउने प्रस्ताव लिएर गोइत भेट्न गएका थिए।

'भदौ पहिलो साता उनी (झा) सीतामढी पुगेर तराईकेन्द्रित आन्दोलनमा समर्थन र सहयोगका विषयमा छलफल गरेको सूचना आएको छ,' सुरक्षा स्रोतले नागरिकसँग भन्यो, 'अहिलेको आन्दोलन तुहिए केन्द्रीय सत्ताले मधेसको आवाज कहिल्यै नसुन्ने भन्दै समर्थक र सहयोगीलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिन आग्रह गरेको सूचना हामीसँग छ।'

स्रोतअनुसार २०६३ को मधेस आन्दोलन निर्णायक चरणमा पुगेका बेला सत्ताका लागि सहमति गरेर धोका दिएकाले आफूलाई आन्दोलनरत दलमाथि विश्वास नभएको भन्दै झा आन्दोलनको मागका आधारमा समर्थन गर्न सकिने जवाफ लिएर फर्किए।

यहीबीच फोरम नेपालका नेता अभिषेकप्रताप साहले जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंहसँग भेटेको सुरक्षा स्रोतले जानकारी दियो। आन्दोलनरत दलका केही नेताले ज्वाला सिंहसँग समेत भेटेको सूचना सुरक्षा संगठनसम्म आइपुगेको छ।

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको विश्लेषणमा संविधानको विधेयक, संघीय संरचनाको विरोध गर्दै तराईमा सुरु भएको आन्दोलनमा दलले आशाअनुरूप जनसमर्थन पाएका छैनन्।

सुरक्षास्रोतका अनुसार सिके राउत समूहले आफूहरू स्वतन्त्र मधेसको पक्षमा रहेकाले संविधानबारे मधेसकेन्द्रित दलले चलाइरहेको आन्दोलनप्रति सरोकार नभएको बताए पनि आन्दोलन भड्काउन प्रोपोगान्डामा उनीहरूको संलग्न हुने गरेको खुलेको छ।

सप्तरीको आन्दोलनमा प्रदर्शनकारीलाई गोली हान्न नमान्ने तराई मूलका प्रहरीलाई पक्राउ गरी हिरासतमा राखेको अफवाह फैलाउन राउत समूह सक्रिय रहेको सुरक्षा संगठनले पुष्टि गरेको थियो।

'उनीहरूले संलग्नता अस्वीकार गरे पनि तराईमा आन्दोलन चर्काउन राउत समूह सक्रिय नै छ,' तराईको पछिल्लो राजनीतिलाई निकटबाट नियालिरहेका एक सुरक्षा अधिकारीले भने, 'केन्द्र सरकार र सुरक्षा निकायविरुद्ध सर्वसाधारणलाई भड्काउन प्रोपोगान्डा गर्न उनीहरू सक्रिय छन्।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस