संविधान विधेयक स्वीकृत
१३ भदौ २०७२
•
१३ मिनेट पाठ
संविधान विधेयक स्वीकृत
काठमाडौं- संविधानसभाले 'नेपालको संविधानको परिमार्जित विधेयक, २०७२' बहुमतले स्वीकृत गरी संशोधनका लागि सात दिनको म्याद खुला गरेको छ।




संविधानको परिमार्जित विधेयकमा संशोधन गर्न चाहने सभासदले १९ गतेसम्मको समय पाएका छन्। यसअघि यो समय घटाएर तीन दिनमा सीमित गर्ने बताइए पनि संविधानको विधेयक महत्वपूर्ण रहेको भन्दै सातै दिन छुट्याउने निर्णय गरिएको थियो।

संविधानसभामा साढे चारसय सभासदले परिमार्जित विधेयकमाथि आ–आफ्नो धारणा राखिसकेपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।

उनले प्रस्तुत गरेको प्रस्तावको पक्षमा राप्रपा नेपालबाहेक सबै दलका सभासदले 'हुन्छ' भनेका थिए। विपक्षमा उभिएका राप्रपा नेपालका सभासदले भने 'हुन्न' भनेका थिए। विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दै सभाध्यक्ष नेम्वाङले भदौ १९ गतेसम्म संशोधन गर्न चाहनेले नियमावलीको नियम ९९ बमोजिम संशोधन प्रस्ताव दर्ता गर्नसक्ने बताएका थिए।

संविधानको कुनै पनि धारामा संशोधन गर्न चाहनेले कार्यव्यवस्था परामर्श समितिबाट प्राप्त हुने फारम भरेर बुझाउन सक्नेछन्। नेपालको संविधानको परिमार्जित विधेयकमाथि सभासदले उठाएका प्रश्नको जवाफ दिँदै संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले सबैको भावना समेटेर अब ढिलाइ नगरी संविधान जारी गर्नुपर्ने बताए। उनले सबैले मान्ने हो भने प्रस्तावनालाई केही छोट्याएर सुन्दर बनाउन सकिने विचार राखे। धर्मनिरपेक्षता र थ्रेसोल्डको विषय संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले नै टुंगो लाग्न नसकेको भनी पठाएको उनले स्पष्ट पारे। यी दुवै विषय चार दलका नेताबीच छलफल गरेर टुंगो लगाउन सकिने उनको भनाइ थियो।

नागरिकताको विषयमा धेरैपटक छलफल भएको बताउँदै उनले नेपालको व्यवहारिकता हेरेर निर्णय गर्नुपर्ने बताए। 'नेपाल सानो छ,' सिटौलाले भने, 'दुई ठूला देशको बीचमा छ, भोलिको नेपाल सोचेर निर्णय गर्नुपर्छ। अहिले पनि अन्तरिम संविधानभन्दा पछि फर्केका छैनौं।'

उनले प्रदेशको संख्यामा तलमाथि गर्ने अवस्था नरहेको स्पष्ट पारे। 'आजको सम्झौता यहाँभन्दा अघि जान सक्ने छैन,' उनले भने, 'फेरि पनि हामीले तलमाथि गर्न थाल्यौं भने अर्को कठिन चुनौती सामना गर्नुपर्नेछ। सात प्रदेशको खाकामा चित्त नबुझाउनेलाई मेरो आग्रह छ– कम्तीमा खाका त आएको छ, प्रदेश, गाउँपालिका, नगरपालिकाको निर्वाचन हुन्छ। पहिले सात प्रदेशको तलदेखि माथिसम्म चुनाव त गरौं। केन्द्रीकृत शासनलाई तल लैजाऔं। यसको अभ्यास नगरी मैले भनेजस्तै हुुनुपर्छ भन्ने हठ राखे फेरि असफल हुन सक्छौं।'

उनले संघीयताको विषयमा आफ्नै पार्टीभित्र पनि कसैले एकमत कायम गर्न नसक्ने बताउँदै अहिले कायम गरिएको खाकालाई सम्बोधन गरेर छिटो संविधान जारी गर्नुपर्ने बताए। उनले कैलाली घटनाको कडा विरोध गरे।

'कैलालीमा जुन तरिकाको नृशंस घटना भएको छ,' उनले भने, 'त्यो एकदमै निन्दनीय छ, भालाले रोप्दा प्रहरीलाई कस्तो भयो होला? अपराधीको रक्षा गर्दा न्याय कसरी होला? दोषीलाई कारबाही नगरे सुन्दर संविधान ल्याएर शान्तिपूर्ण कार्यान्वयन गर्न समस्या पर्छ।'

उनले कैलाली घटनामा सिंगो मुलुक र अन्तर्राष्ट्रिय जगतले आफूहरुलाई हेरिरहेको धारणा राखे। 'दोषीलाई कारबाहीको दायरामा ल्याइन्छ कि ल्याइँदैन?' सिटौलाको प्रश्न थियो, 'नाबालक र प्रहरीलाई जति बोले पनि प्राण हाल्न सकिन्न तर दोहोरिन नदिन अपराधीलाई कठघरामा ल्याउनैपर्छ।'

संघीयताको विषयमा जनतालाई राम्रा कुरा बुझाउन नसक्दा पनि समस्या आएको उनले बताए।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली घटनालाई आपराधिक संज्ञा दिए। 'एकदिन अघि सबै पक्षको बीचमा सहमति भयो,' देउवाले भने, 'भोलिपल्ट पुलिसलाई पेट्रोल खन्याएर आपराधिक तरिकाले मारियो। बालकलाई समेत मारियो, यो अपराध हो। अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। घरमा आगो लगाउनेलाई पनि कारबाही हुनुपर्छ।'

देउवाले कैलाली घटनासँग जोडेर आफूलाई विवादमा ल्याइएको भन्दै आक्रोश पोखे। 'मेरा सम्बन्धमा अनाहक अफवाह फैलाइए,' देउवाले भने, 'एक रौं बराबर पनि दिन्न भनेको भन्ने हल्ला फैलाइयो, कमैया मुक्ति गरेर उनीहरुलाई जग्गा दिलाउने व्यक्ति कसरी थारुविरोधी हुन्छ? कुन दिन मैले सुर्खेतको राजधानी सुदूरपश्चिम लान्छु भनेँ?' उनले अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला सबै दलका शीर्ष नेताले हस्ताक्षर गरेको पनि स्मरण गराए।

नागरिकताको सवालमा केही लचिलो हुनैपर्ने उनले बताए। छोरीमात्र भएकाले विदेशीलाई घरज्वाइँ राख्छु भन्छ भने विभेदमा पार्न नहुने उनको विचार थियो। देउवाले माग गरेजतिलाई आयोग बनाइदिँदा केही फरक नपर्ने बताए। उनले सहमतिका आधारमा अझै पनि आवश्यकताअनुसार सीमांकन गर्न सकिने बताए।

'कुनै पनि बहानामा संविधान रोकिनुहुँदैन,' उनले भने, 'यो नयाँ प्रयोग हो। संविधान बनिसकेपछि आवश्यकताअनुसार परिमार्जन हुँदै जानेछ, संघीयता पनि नयाँ प्रयोग हो आवश्यकताअनुसार थपघट हुन सक्छ।'

गृहमन्त्री वामदेव गौतमले शक्तिशाली केन्द्रीय राज्यका मातहत अधिकारले युक्त प्रादेशिक राज्य निर्माण गर्ने यथार्थ धरातलमा दृढतापूर्वक उभिनुको विकल्प खोज्न नहुने धारणा राख्दै नभए एकात्मक राज्यकै अवस्थामा पुनस्थार्पित हुने चेतावनी दिए।

'यथार्थलाई अस्वीकार गर्ने हो भने मलाई लाग्छ नेपाल फेरि एकीकृत केन्द्रीकृत र एकात्मक राज्यकै अवस्थामा पुनर्स्थापित हुनेछ,' गौतमले भने। उनले प्रदेशको सीमांकनका विषयमा भएका प्रतिक्रियाले अहिले सबैलाई छोएको बताए। 'अत्यन्त अराजक र हिंसात्मक गतिविधि भएको मात्र होइन, निशस्त्र सुरक्षाकर्मीलाई आगो लगाएरै मार्नेसम्मको अमानवीय र हिंस्रक कार्यसमेत भएको कुराप्रति संविधानसभा पूर्णत अवगत छ,' गौतमले भने, 'संविधानबारे छलफल र अभिमत व्यक्त गरिरहँदा केही दिनयता घटेका यी अत्यन्त दुःखदायी र हाम्रो सभ्यतालाई नै अपमानित गर्ने घटनालाई स्मरण गर्दै छिटोभन्दा छिटो नयाँ संविधान घोषणा गरी अन्योल, द्विविधा, अस्थिरता र भ्रमलाई समाप्त गर्ने कार्यमा अगुवाइ गर्न आह्वान गर्दछु।' उनले सीमांकन थाती राखेर संविधान जारी गर्ने १६ बुँदे सहमतिको विचार अहिलेका निम्ति सबभन्दा उपयुक्त भए पनि अब त्यता फर्कन नसक्ने बताए।

उपप्रधानमन्त्री प्रकाशमान सिंहले जनताको म्यान्डेटअनुसार संविधानसभाबाट छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने बताए। उनले विभिन्न समुदायले उठाएका माग सम्बोधन गर्न आयोग बनाएर जान सकिने धारणा राखे। 'लगानीकर्ताको लागि मस्यौदा मैत्रीपूर्ण भएन भन्ने आएको छ,' सिंहले भने, 'त्यसलाई पनि ख्याल गरौं। संविधानलाई सकेसम्म चाँडो जारी गर्नुपर्छ।'

कांग्रेसकै विमलेन्द्र निधिले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए। नागरिकतामा अन्तरिम संविधानजति पनि व्यवस्था नभएको भन्दै उनले आपत्ति जनाए। उनले मधेसका मुद्धालाई सम्बोधन गर्न मधेसमा ३ वटासम्म प्रदेश बनाएर जान सकिने धारणा राखे।

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक निर्वाचन प्रणाली र सामाजिक न्याय गरी ६ वटा विशेषता रहेको बताए। सबैतिरको माग सम्बोधन गर्न अहिले कायम गरिएको ७ बाट ८ प्रदेशमा जान सकिने धारणा उनले राखे।

नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेलले संविधानको मस्यौदाले लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगिकार गरेको बताए। उनले उन्नति र विकासका लागि सामाजिक हकको व्यवस्था गरेको धारणा राखे। 'राज्यको क्षमताभन्दा मौलिक अधिकार बढी छ,' उनले भने, 'कार्यान्वयन नै बढी चुनौती हो।'

कांग्रेस नेता रमेश लेखकले बाँकी प्रक्रिया पूरा गरेर छिटो संविधान जारी गर्नुपर्ने बताए। उनले कैलाली घटनालाई थारुहरुको मागसँग सम्बन्धित भन्दा पनि संविधान बन्न नदिने चलखेल भएको बताए।

कांग्रेस नेता मिनेन्द्र रिजालले कुनै पनि आवरणमा हिँसाको महिमा गान हुन नहुने धारणा राखे। उनले असन्तुष्ट दललाई युगान्तकारी काममा सहभागी हुन आग्रह गरे।

नेकपा एमालेका नेता गोकर्ण विष्टले द्वन्द्वबाट समस्याको समाधान नहुने तर्क गर्दै आन्दोलनको भावनालाई बेलैमा सम्बोधन गर्नुपर्ने धारणा राखे। एमाओवादीका टोपबहादुर रायमाझीले आन्दोलनकारीका माग पनि सकेसम्म सम्बोधन गर्नुपर्ने बताए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले संविधानसभामा गणितीय हिसाबले हेरिँदा समस्याको समाधान हुन नसक्ने बताए।
अर्को समाचार
नक्सासम्वन्धी संविधान संशोधन विधेयक स्वीकृत
२७ जेष्ठ २०७७
•
१ मिनेट पाठ
नक्सासम्वन्धी संविधान संशोधन विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।      




निशान छापमा रहेको नक्सालाई अद्यावधिक गर्न संशोधन विधेयक ल्याइएको हो। सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन। बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो। स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ।      

सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेकी थिइन्।      

मन्त्री तुम्बाहाङ्फेले सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकामा खुशी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आगामी दिनमा छलफल गरिने बताइन्। उनले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गरिन्। उनले भनिन्, “हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्छौँ।” प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस