नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र गढी गाउँपालिकामा यसपटक कांग्रेसलाई क्षति पुगेको छ। गच्छदारको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं. ३ को गढी गाउँपालिकामा यसपटक नेकपा एमालेले अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा जितेको छ। काँग्रेसले एउटा वडा जितेर शुन्य हुनबाट जोगाएको छ।
यसपटकको निर्वाचनमा एमालेका आशनारायण चौधरीले अध्यक्षमा विजयी भएका छन्। उनले आठ हजार ९०१ मत ल्याएर विजयी भएका हुन्। चौधरीका निकटम प्रतिद्दन्दी नेपाली काँग्रेसका महेष दत्तले पाँच हजार ३५० मत ल्याए। उपाध्यक्षमा एमालेकी अनिता कुमारी साह सात हजार ८१५ मत ल्याएर विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राजकुमारी चौधरीले पाँच हजार ८३८ मत ल्याइन्। चौधरी गढी गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन्। छवटा वडा रहेको गढीमा वडा नं. १ मा नेपाली काँग्रेसले जितेको छ अरु सवै वडा एमालेले जितेको छ।
२०७४ सालको निर्वाचनमा गच्छदार मधेसी जनअधिकार फोरमम हुँदा क्षेत्र नं. ३ का एक नगरपालिका र दुई गाउँपालिलकामध्ये एक गाउँपालिका गढीमा अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो। तीनवटा वडा पनि कांग्रेसले जितेको थियो। यसपटक टिकट वितरण जनतासँग प्रत्यक्ष सम्पर्कमा नभएका र नेता गच्छदारले लोकतान्त्रिक फोरमबाट आएका त्यसमा पनि आफूसँग घनिष्ट सम्बन्ध भएका दत्तलाई जसरी पनि उम्मेदवार बनाएको कारण हार बेर्होनुपरेको कांग्रेसका नेताहरुले बताएका छन्।
गच्छदारको गृह नगर दुहवीमा पनि अहिलेसम्मको मत परिणममा मेयरमा एमालेका उम्मेदवार विनय पोखरेल अगाडि छन्। दुहवीमा नेपाली कांग्रेसले जित्ने वडा नं. ७ को नतिजाले झिनो आशा भएपनि बर्जु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेकै उम्मेदवार अग्र स्थानमा छन्। बर्जुमा धेरै वडा एमालेले नै जिती सकेको छ।