सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादीका भरतकुमार थापा नगर प्रमुख र लीलाकुमारी मोक्तान उपप्रमुखमा निर्वाचित भएका छन्। नगरबासीले दुवै जनालाई नगरपालिकामा पूर्ण बहुमतसहित दोस्रो कार्यकालका लागि अत्यधिक फराकिलो अन्तरले जिताएका छन्।
नेकपा माओवादीका थापाले ११३५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंकबहादुर बस्नेत गोकुलले ७३६८ मत प्राप्त गरेका छन्। करिब चार हजार फराकिलो मतले थापा मेयर पदमा पुनः निर्वाचित भएका हुन्।
यसै गरी बागमती नगरपालिकाको उपमेयरमा १०८७९ मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित मोक्तानका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरिता घिसिङले ७७०५ मत पाएकी छन्। बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रले सजिलो बहुमत प्राप्त गरेको छ।
पहिलो कार्यकालमा मेयर थापाले बागमती नगरपालिकालाई देशमै परिचित पर्यटकीय नगरीको रुपमा विकास गर्न सफल भएका छन्। देशमा सबै भन्दा ठूलो कृत्रिम तालको निर्माण गरी दैनिक हजाराैं पर्यटक आउने र नगरपालिकाले दैनिक हजारौँ आम्दानी गर्ने बनाइसकेका छन्। मेयर थापाले बागमती नगरपालिकालाई देशकै पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको दुईदेखि तीन वर्षमा पूरा भएपछि कम्तीमा बिस हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने मेयर थापाको दाबी छ।
नगरपालिका गठन भएपछि भरत थापाले नगरपालिकालाई आत्मनिर्भरताको बाटोमा डो¥याएका छन्। पर्यटकीय विकास, भौतिक पूर्वाधार तथा सुशासनको क्षेत्रमा मेयर थापाले गरेको परिश्रमले नै उनलाई सर्वसाधारणले अत्यधिक विश्वास गरेको स्थानीयबासीको भनाइ छ।