यसरी भयो कैलाली पूर्वमा नागरिक उन्मुक्ति पार्टीको उदय...
०५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
यसरी भयो  कैलाली पूर्वमा नागरिक उन्मुक्ति पार्टीको उदय...
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र काठमाडाैंस्थित डिल्ली बजार कारागारमा रहेका उनका श्रीमान रेशम चाेधरी।
निर्वाचन आयोगमा गत पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता भयो। जसको अध्यक्ष थिईन् रञ्जिता श्रेष्ठ। उनी निलम्वित साँसद रेशम चौधरीकी श्रीमती हुन्।  




प्रायः काठमाडाैं बस्दै आएकी श्रेष्ठ दल दर्ता गरेसँगै टीकापुर आउजाउ गर्न थालिन्। उनले एकपछि अर्को गर्दै थारु अगुवालाई भेट्न थालिन्। उनले गाउँघरमा भेटघाट बढाईन। श्रेष्ठको सकृयतासँगै धेरै व्यक्ति पार्टीमा आवद्ध हुँदै गए।

उनले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आफ्ना क्रियाकलाप सुरु गरिन्। उनको पार्टी स्थानीय तहको निर्वाचन लड्ने कुरालाई ठूला दलका नेता कार्यकर्ताहरुले मजाकका रुपमा लिए। धेरैले थारु समुदाय रेशमको नाममा उनकी श्रीमतीको पछि नलाग्ने ठोकुवा गर्न थाले।  

शहरी क्षेत्रमा उनको सकृयतालाई मजाकका रुपमा चर्चाको विषय बनाउन थालियो। तर उनले ग्रामीण बस्तीमा आफ्नो पकड मजबुत बनाउँदै लगिन्। उनले थारु समुदायलाई टार्गेट गरिन्। दिनरात नभनेर हरेक थारु बस्तीमा पुगिन्।  

उनले आफ्नो श्रीमानलाई न्याय दिनका लागि भन्दै हरेक थारु बस्तीमा अनुनय गर्न थालिन्। ‘न्यायका लागि एक मत’ भन्ने नारा ब्यापक बन्यो। रेशम चौधरीको न्यायका लागि भन्दै गाउँगाउँमा गीत गुञ्जिन थाले। सडक नाटक प्रर्दशन हुन थाले। सभा समारोह आयोजना हुन थाले।  

टीकापुर नगरपालिकामा पार्टी प्रति देखिएको जनलहरले अध्यक्ष श्रेष्ठ उत्साहित भईन। उनले टीकापुर आसपासका पालिकाहरुमा समेत चासो दिन थालिन्। भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकामा समेत स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु भए। त्यहाँ पनि त्यस्तै खालको उत्साह देखिन थाल्यो।

उनले चारवटै पालिकालाई लक्षित गरेर चुनावी गतिविधि थालिन। सके सबै पालिका नत्र टीकापुर नगरपालिकामा जसरी पनि जित हात पार्ने लक्ष्यका साथ पार्टीले अभियान थाल्यो। नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष रहेका रामलाल डगौरा थारु नागरिक उन्मुक्तिका तर्फबाट मेयरका उम्मेदवारका रुपमा अघि सारिए। 

अध्यक्ष श्रेष्ठले नागरिक उन्मुक्तिको अभियानमा दलित समुदायलाई समेत जोडिन। उपमेयरमा शिक्षिका उल्कादेवी विकलाई अघि सारियो। विकले मनोनयन दर्ता हुनु भन्दा केही दिन अघि मात्रै शिक्षण पेशाबाट राजिनामा गरेकी हुन्।  

टीकापुर नगरपालिकामा ४२ प्रतिशत थारु मत छ। त्यसमाथि १३ प्रतिशत दलित मत पनि थपियो। दलित मतको जिम्मेवारी सम्हाले पार्टीका केन्द्रिय सदस्य रमेश विकले। उनी यसअघि काँग्रेसबाट टीकापुर नगरपालिकाको कार्यपालिका सदस्य रहेका थिए।  

उता भजनी नगरपालिकामा समेत दलित समुदायलाई समेटियो। मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवालाई अघि सारियो। जोशीपुर र जानकी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै थारु समुदायबाटै रहे। जोशीपुरमा अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरियालाई उम्मेदवार बनाईयो। जानकीमा गणेश चौधरी अध्यक्षका रुपमा अघि सरे भने उपाध्यक्षमा लालमतीदेवी कठरियालाई अघि सारियो। चौधरी लामो समयको पत्रकारिता छोडेर अध्यक्षका लागि मैदानमा उत्रिए। यी सबै पालिकामा थारु बाहुल्य मत छ।  

नागरिक उन्मुक्तिले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा जितेको छ। जानकीमा जितको नजिक पुगेको छ। अध्यक्षका उम्मेदवार चौधरी प्रतिस्पर्धी भन्दा निकै मतान्तरले अघि छन्।

पार्टीले टीकापुरका हकमा भने उपमेयर गुमाएको छ। उल्कादेवी विक १५३ मतले माओवादी केन्द्रका खडकबहादुर शाहसँग पराजित भएकी छन। भजनी र जोशीपुरमा भने प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ।  

टीकापुरको मेयरमा जितेका थारुले नागरिक उन्मुक्ति पार्टी कुनै जाती विशेषको पार्टी नभएको बताए। उनले आफ्नो पार्टी सबै उत्पिडित जाती र वर्गको लागि राष्ट्रिय शक्ति बन्ने दावी गरे। उनले अब प्रदेश र संघमा जितेर देखाउने बताए। उनले टीकापुरलाई सबैको साझा फूलबारी बनाउन प्रयास गर्ने बताए। पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीले फेरी एक पटक जितेको बताईन्। उनले रेशमलाई न्याय दिलाउनुका साथसाथै जनताको अपेक्षा अनुसार अन्य कामहरु समेत गर्दै अघि बढ्ने बताईन्।  

के थियो टीकापुर घटना?

२०७२ साल भदौ ७ गते टीकापुर घटना भएको थियो। सो घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। रेशम चौधरीलाई सोही घटनाको मुख्य योजनाकारको आरोप लागेको छ। उनी हाल डिल्लीबजार कारागारमा छन्।

उनी घटना लगत्तै भूमिगत भएका थिए। उनले भूमिगत अवस्थामै २०७४ मंसिर २१ गते सम्पन्न निर्वाचनमा कैलालीको क्षेत्र नं. १ बाट अत्याधिक बहुमतले जितेका थिए। उनी तत्कालिन अवस्थामा राजपाबाट चुनाव लडेका थिए। उनले चुनाव जितेपछि २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। 

अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस