काठमाडौं-ऐन कानुन बनाउने तथा कार्यान्वयन गराउने जिम्मेवार व्यक्तिहरूले नै नियम पालना नगरेर जरिवाना तिर्नुपरेको छ। गत आर्थिक वर्षमा मात्र एक मन्त्री र ५६ सभासदले निर्धारित म्यादभित्र सम्पत्ति विवरण नबुझाउँदा जरिवाना तिरेका हुन्।
सम्पत्ति विवरण समयमा नबुझाई जरीवाना तिरेका तथा तिर्नुपर्नेको सूचीमा सहरी विकास मन्त्री नारायण खड्का र ५६ जना सभासद छन्। मन्त्री र सभासद सबैलाई आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला निकायलाई पत्र पठाएपछि जरिवाना भराउने कार्य सुरु भएको हो। सूचीमा परेका केहीले भने ५ हजार जरिवाना बुझाउँदै सम्पत्ति विवरण पेस गरेका छन्।
'सम्पत्ति विवरण नबुझाउने मन्त्री र सभासदज्यूसँग कानुनअनुसार जरिवान भराई विवरण माग्न हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संसद सचिवालयलाई पत्र पठाइसकेका छौं,' आयोग प्रवक्ता कृष्णहरि पुष्करले नागरिकसँग भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदधारण गर्नेले प्रत्येक आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने प्रावधान छ। ६० दिनभित्र नबुझाए ५ हजार जरिवाना तिरी त्यसको ३० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। यो पनि नगरे उनीहरूको सम्पत्ति छानबिन गर्न पाउने अधिकार आयोगलाई छ। मन्त्रीले मन्त्रिपरिषद कार्यालय र सभासदले संसद सचिवालय सुविधा शाखामा सम्पत्ति विवरण बुझाउँछन्।
आर्थिक वर्ष २०७२/०७३ को सम्पत्ति विवरण बुझाउने म्याद भदौ २८ गतेसम्म मात्र छ, तर एक मन्त्री र ५६ सभासदले अघिल्लो आर्थिकमै बुझाउनुपर्ने सम्पत्ति विवरण बेलैमा नबुझाउँदा जरिवाना तिर्नुपरेको हो।
'सम्पत्ति विवरण नबुझाएका सभासदबारे सम्बन्धित संसदीय दललाई जानकारी गराएका छौं,' संसद सचिवालय संसद सुविधा शाखा प्रमुख कृष्णहरि खड्काले भने।
समयमा सम्पत्ति विवरण नबुझाई जरिवाना तिर्ने तथ तिर्नुपर्ने सभासदको सूचीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, राप्रपा नेपाल अध्यक्ष कमल थापा पनि छन्। एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री तथा संसदीय दल नेता दीपक बोहरा, कांग्रेस नेत्री सुजाता कोइराला, सद्भावनाका विमलकुमार केडियाले म्यादभित्र सम्पत्ति विवरण बुझाउन सकेनन्।
'निर्धारित म्यादभित्र नसकेकाले ५ हजार रुपैयाँ जरिवाना तिरेर सम्पत्ति विवरण बुझाएँ,' एमाओवादी प्रमुख सचेतक पोखरेलले भने।
सभासदहरू अम्बिका बस्नेत, अमृतकुमार अर्याल, आनन्दप्रसाद ढुंगाना, आशा विश्वकर्मा, इन्द्रबहादुर बानियाँ, ईश्वरी न्यौपाने, कन्चनचन्द्र बादे, कान्ता भट्टराई, कुमारीलक्ष्मी राई, केशव थापा, डिलबहादुर नेपाली, तीर्थबहादुर लामा, तेजुलाल चौधरी, दिनेशप्रसाद साह, दीपशिखा शर्मा ढकाल, दिलीप खवास गच्छदार, दिवानसिंह विष्टले पनि म्यादभित्र सम्पत्ति विवरण बुझाएनन्।
यस्तै, देवकरणप्रसाद कलवार, धर्मेन्द्रकुमार साह तेली, नरेन्द्रबिक्रम नेम्वाङ, निर्जला राउत, पद्मनारायण चौधरी, बलबहादुर केसी, बहादुरसिंह लामा (तामाङ), विक्रम पाण्डे, विश्वेन्द्र पासवान, भीमप्रसाद आचार्य, महेन्द्र यादव, मानपुर चौधरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, राजकुमार अग्रवाल, राज्यलक्ष्मी गोल्छा पनि समयमा सम्पत्ति नबुझाउने सभासदको सूचीमा छन्।
राज थापा, राजेन्द्रकुमार केसी, लालबाबु सिंह भुइहार, विजयकुमार सिंह, शक्तिबहादुर बस्नेत, शम्भुप्रसाद पासवान हजारी, डा. शिवजी यादव, शीला शर्मा (खड्का), सीताराम भण्डारी, सीमाकुमारी विश्वकर्मा, सुनीलकुमार यादव, सुरेन्द्रप्रसाद चौधरी, सुरेन्द्रप्रसाद यादव, सूर्यमान गुरुङ, सञ्जयकुमार साह र हरिबोलप्रसाद गजुरेल पनि यो सूचीमा छन्।
'समयमै सम्पत्ति विवरण नबुझाउने मन्त्री र सभासदको नाम अख्तियारमा पठाएका थियौं। सम्पत्ति विवरण बुझाएको संशोधन सूची हामीले हालसम्म पाएका छैनौं,' राष्ट्रिय सतर्कता केन्द्रका सहायक प्रवक्ता इन्द्रप्रसाद पौडेलले भने।