काठमाडौं— निजी कलेजमा लगानी गरेका सभासदहरुले जनसरोकार मुद्दा र राष्ट्रिय स्वार्थ उजागर गर्ने संसदीय समितिलाई आफ्नो निजी व्यापारको स्वार्थसिद्ध गर्ने प्रयोजनमा प्रयोग गरेका छन्।मेडिकल कलेजमा लगानी गरेका सभासदहरुले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति बनाउन गठित उच्चस्तरीय कार्यदलका संयोजक डा.केदारभक्त माथेमालाई संसदीय समितिमा बोलाएर आक्रोस पोखेका हुन्।
महिला बालबालिका तथा सामाजिक समितिमा बिहीबार मेडिकल कलेजका लगानीकर्ता सभासदहरुको कुरा सेनका चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति बनाउन गठित उच्चस्तरीय कार्यदलका संयोजक माथेमाले संसदीय समितिलाई चेम्बर अफ कमर्ससँग तुलाना गरे। 'म चेम्बर अफ कमर्समा बसिरहेको छु कि संसदको समितिमा बसिरहेको छु?', माथेमाले व्यापारी सभासदहरुतर्फ लक्ष्यित गर्दै भने, 'सभासदहरुले आफ्नो लगानी, नाफाभन्दा केही हेर्नुभएको छैन। जनताको हित, समाजको हित र राष्ट्रिय स्वार्थमा आँखा चिम्लिनु भएको छ।'
राष्ट्रले सुम्पेको काम गर्दा आफ्नो टोलीले राष्ट्रिय स्वार्थबाहेक अरु केही हेरेको माथेमाले प्रस्टिकरण दिए। 'लगानीकर्ता सभासदको स्वार्थका कारण इन्ट्रेस्ट अफ कन्फ्लििक्ट भएको हो', उनले भने, 'सात पटकसम्म प्रयास गर्दा सही ठाउँमा सियो पसाउन नसक्ने नर्स र अर्कालाई दुःख दिइ दिई जाँच गर्नुपर्ने डाक्टर गुणस्तरीय नहुँदा हाम्रो समाजले पीडा पाइरहेछ। त्यसैलाई सुधार्ने र पहुँच बढाउने पक्षलाई मेरो टोलीले प्राथमिकता दिएको हो।'
सभासद भइसकेपछि राष्ट्रको हित र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर बोल्नुपर्ने उनको सुझाव थियो। 'सभासदहरुको कुरा सुन्दा मलाई एक हिसाबले जुरुक्क उठेर हिँड्न मन लागेको थियो। धैर्यतापूर्वक बसेँ', उनले भने, 'सुधार गर्दा केही पेनफुल अवस्था हुन्छ। त्यसका लागि सबैजनाले त्याग गर्नुपर्छ।'
प्रतिवेदनको मुटु कलेजो झिकेर लागू गर्ने कुरा आफूलाई मान्य नहुने माथेमाले स्पष्ट पारे।
समितिमा मनमोहन मेडिकल कलेजका सञ्चालक तथा एमाले सभासदहरु, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, श्रीमाया थकाली माथेमामाथि खनिएका थिए। एमाले सभासद एवं मनमोहन मेडिकल कलेजका सञ्चालक पाण्डेले आयोगको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने जिकिर गरे। 'प्रतिवेदनले धरातल बुझेको छैन। म मनमोमोहन मेडिकल कलेजमा लगानी गरेर नेतृत्व गरिरहेको छु', उनले भने, 'विद्वानहरुले यसलाई चार चक्का हाल्दिउन् म धादिङ लगेर चलाउँछु।'
मेडिकल कलेजमा लगानी गरेका सभासदहरु माथेमाविरुद्ध खनिएपछि नेपाल मजदूर किसान पार्टीकी सभासद अनुराधा थापा मगर झोँक्किएकी थिइन्। सभासदहरुले आफ्नो निजी लगानी, मोलमोलाई र नाफा कमाउने रणनीति संसदीय समितिमा ल्याएर कार्यान्वयन गराउन खोज्नु दुःखपूर्ण भएको उनले बताइन्। 'आफ्नो लगानीको चिन्ता गरेर सभासदहरुले सामाजिक भावना, राष्ट्रिय स्वार्थ तथा अन्य महत्वपूर्ण सुझावलाई बिर्सनु भएको छ', उनले भनिन्।
सरकारले माथेमा अायोगको प्रतिवेदन लत्याउँदै अघि बढेपछि त्यसविरुद्धमा डा.गोविन्द केसी ९ दिनदेखि अामरण अनसनमा बसेका छन्। उनको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको छ। अघिल्लो पटक डा.केसीको अनसन तोडाउन सरकारले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने सम्झौता गरेको थियो। सोही बमोजिम गठन भएको माथेमा अायोगले सरकारलाई चिकित्सा शिक्षा सुधारका लागि महत्वपूर्ण सुझाव सहित प्रतिवेदन बुझाएको थियो।