बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेस फराकिलो मतान्तार सहित जित नजिक पुगेको छ।
बुटवलको मेयरका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमाालेका बाबुराम भट्टराइलाई ६ हजार ९५३ मतले पछाडी पार्दैै जित नजिक पुगेका छन्।
काँग्रेसका पाण्डेले २५ हजार ६१२ पाउँदा एमालेका भट्टराइले १८ हजार ६५९ मत ल्याएका छन्। अब मत गन्न जम्मा ३ हजार ६०० मात्र बाँकी छ। गन्न बाँकी मत भन्दा पाण्डे र भट्टराइ बिचको मतान्तर धेरै भएकाले बुटवलको मेयरमा काँग्रेसका पाण्डेको जित निश्चित देखिएको हो।
उपमेयरमा नेकपा एमालेकी सावित्रा अर्याल फराकिलो मतान्तर सहित जित नजिक पुगेकी छन्। अर्यालले २० हजार ६०४ मत ल्याउँदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १४ हजार ७७५ मत ल्याएका छन्।
अर्यालले गुरुङलाई ५ हजार ८२९ मतले पछाडि पारेकी छन्। अब गन्न बाँकी मत भन्दा यो अन्तर धेरै भएकाले अर्यालको पनि जित निश्चित देखिएको छ। १९ वटा वडा रहेको बुटवलमा १८ वटा वडाको गणना सकिदा नेपाली काँग्रेसले ११ वटा जितेको छ।
एमालेले ४ वटा,नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रले १/१ वडा र एउटा वडामा काँग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवारले जितेका छन्। वडा नं. ११ को मतगणना जारी छ सम्भवत आजै गणना सकिने छ। कूल ९० हजार ६५ मतदाता संख्या रहेको बुटवलमा ६२ हजार १०१ मत खसेको थियो।