काठमाडौं–कैलालीको टिकापुरमा प्रर्दशनकारीबाट मारिएका ६ जना कर्मचारीलाई नेपाल प्रहरीले १० लाखको दरले राहत दिने निर्णय गरेको छ। प्रहरीको नीति समन्वय समितिको बैठकको सिफारिसको आधारमा प्रहरी कल्याण कोषले राहत रकमबारे निर्णय गरेको हो।टिकापुरमा भएको प्रर्दशन नियन्त्रणमा खटिएका ८ जना प्रहरी मारिएका थिए। नेपाल प्रहरीको तर्फबाट खटिएका एसएसपी लक्ष्मण न्यौपाने सहित ५ जना घटनास्थलमै र एक जना उपचारकोक्रममा मारिएका थिए। सशस्त्रका २ जना प्रर्दशनकारीको आक्रमणबाट मारिएका थिए।
प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार मृतक कर्मचारीको परिवारलाई राहत स्वरुप तत्काल १०–१० लाख रुपैंया, घाइते भएर उपचाररत कर्मचारीको निःशुल्क उपचार र सन्तानलाई उच्चशिक्षासम्म अध्ययन गराउने निर्णय भएको हो।
परिवारका सदस्यलाई रोजगार र आयमुलक कार्यक्रममा सहभागी गराउने निर्णय समेत भएको बमले जानकारी दिए। सशस्त्रले बुधबार प्रर्दशनकारीबाट मारिएका संगठनका वरिष्ठ हवल्दार ललितबहादुर साउद र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियाका सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारुको परिवारलाई एक–एक लाख राहत र सन्तानलाई आवासीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको थियो। प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदका करिब डेढ वर्षीय छोरासमेत मारिएका थिए । नेत्रलाई केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको थियो।