काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई भनेर विभिन्न संस्था र व्यक्तिले भन्सार छुटमा नेपाल ल्याएका राहत सामग्री वितरणका विषयमा छानबिन गर्ने भएको छ।अख्तियारले भन्सार विभागबाट सरकारले तोकेको समयभित्र भन्सार छुटमा भित्याइएका सामग्रीको विवरण भन्सार विभागबाट लिएको छ। विभागले सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र व्यक्तिले भन्सार छुटमा नेपाल भित्याएका १३ हजार ९ सय ७३ प्रकारका राहत सामग्रीको विवरण अख्तियारलाई बुझाएको हो।
'अख्तियारबाट राहत सामग्रीको विवरण मागिएको थियो, हामीले पठाएका छौं,' भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले नागरिकसँग भने।
राहत सामग्री दुरुपयोग भएको भेउ पाएपछि छानबिनअघि बढाइएको अख्तियार स्रोतले बतायो। वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्पले ठूलो जनधन क्षति गरेपछि राहत सामग्री नेपाल ओइरिएको थियो। राहतका लागि भन्दै एउटै संस्थाले मात्र २० करोड रुपैयाँभन्दा बढीको सामग्री नेपाल भित्याएको थियो। यस्ता सामग्री नेपाल भित्याउँदा सरकारले भन्सार छुट दिएको थियो। तर राहत सामग्री भित्याउने अधिकांशले सामग्री कुन स्थानमा वितरण गरेको हो भन्ने प्रमाण पेस गरेका छैनन्।
'केहीले मात्र राहत सामग्री वितरणको प्रमाण पेस गरेका छन्,' ढुंगानाले भने।
सरकारले जेठ २० गतेसम्म नेपाल भित्रिने सम्पूर्ण राहत सामग्रीलाई भन्सार छुट दिने निर्णय गरेको थियो। त्यसपछि सरकारले जेठ २० गतेभित्र विदेशबाट हिँडिसकेका र असार ७ गतेसम्म नेपाल प्रवेश गरेका राहत सामग्रीमा पनि भन्सार छुट दिने निर्णय गरेको थियो। सरकाले फेरि अर्को निर्णय गर्दै असार मसान्तसम्मलाई भन्सार छुट दिने निर्णय गरेको थियो। सरकारले भन्सार छुट पाउने राहत सामग्री कहाँ वितरण गरियो भन्ने प्रमाणीकरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट गराई भन्सारलाई एक महिनाभित्र उपलब्ध गराउनुपर्ने प्रावधान पनि राखेको थियो।
तोकिएको समयभित्र प्रमाण पेस नगरे भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो। 'प्रमाण पेस नगर्ने संघसंस्था तथा व्यक्तिको स्टाटस हेर्दैछौं। यसको सूची बनाएपछि बाँकीसँग पनि प्रमाण माग्छौं,' ढुंगानाले भने।
अख्तियार स्रोतका अनुसार भन्सार विभाग, गृह मन्त्रालय र केन्द्रीय वेयर हाउसमा भएका राहत सामग्रीको विवरण एकअर्कासँग मिल्दैनन्। प्राप्त राहत सामग्री क–कसले वितरण गर्योद भन्ने तथ्यांक पनि राम्रोसँग राखिएको छैन। 'केहीले राहतका नाममा व्यापारिक प्रयोजनका लागि सामग्री ल्याएको जस्तो देखिन्छ। हामी अनुसन्धानमै छौं,' अख्तियार स्रोतले भन्यो।
भूकम्प प्रभावितमध्ये १४ वटा जिल्लामा गई त्यहाँको राहत वितरणको तथ्यांकसमेत हेर्ने तयारी अख्तियारको छ। सबै अध्ययन गरिसकेपछि आवश्यक कारबाही अघि बढाउने स्रोतले बतायो।
भन्सारको तथ्यांकअनुसार विदेशबाट भूकम्प पीडितलाई राहतस्वरूप भनेर १ लाखभन्दा बढी सोलार बत्ती भन्सार छुटमा भित्रिएका छन्। यी सोलार बत्ती कहाँ वितरण भए सरोकारवाला निकाय गृह मन्त्रालयलाई पत्तो छैन। पूर्ण भन्सार छुटमा ल्याइएका सोलार बत्ती वितरणको जिम्मा लिएका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्था र व्यक्तिले नियमअनुसार विवरण नबुझाउँदा सोलार बत्तीमा पनि अनियमितता भएको आशंका छ।
केन्याको डी लाइट, केन्याले मात्र भूकम्प पीडितका लागि १६ हजार ७ सय ५० थान सोलार चार्जर बत्ती पठाएको थियो। भारतबाट मात्रै भन्सार छुटमा विभिन्न प्रकारका २५ हजार ५ सय ८३ वटा सोलार बत्ती नेपाल भित्रिएका थिए जसमा १२ हजार सोलार बत्ती, ३ हजार सोलार लिड लाल्टिन, १ हजार सोलार लिड लाइट, ५० वटा सोलार होम लाइट सिस्टम र बाँकी सोलार लाइट छन्। यस्तै, क्यानडाबाट ६ सय ६० थान सोलार रिचार्ज बत्ती भूकम्प पीडितका लागि आएको छ। संख्या नतोकी भारतबाट ४ सय ५५ कार्टन सोलार बत्ती र ३ सय ८७ कार्टन सोलर टर्च भित्रिएको देखिन्छ।
जर्मनीबाट पनि ९ सय ६२ केजीबराबरको सोलार चार्जर बत्ती नेपाल भित्रिएको देखिन्छ। हङकङबाट विभिन्न प्रकारका ७ हजार ३२ थान सोलार बत्ती नेपाल आएको भन्सारको तथ्यांकमा छ। यस्तै, आयरल्यान्डको कन्सर्न आयरल्यान्ड नामक संस्थाले १० हजार थान सोलार लाइट पठाएको छ। मलेसियाबाट १० हजार थान सोलार चार्जर बत्ती भूकम्प पीडितका लागि आएको छ।
नेदरल्यान्ड्सबाट २४ वटा सोलार लिड लाइट भित्रिएका छन् भने सिंगापुरबाट ३ सय ३० युएनटी। ताइवानले पनि नेपालको भूकम्प पीडितलाई सोलार लिड लाइट र चार्जर बत्ती गरी १ हजार ६ सय ६० थान बत्ती पठाएको तथ्यांकमा भेटिन्छ। थाइल्यान्डबाट सोलार चार्जर बत्ती ३ सय ५१ थान र १ सय ३८ केजी सोलार टर्च आएको देखिन्छ।
पठाउने देशको नाम नखुलाई भन्सार छुटमा नेपाल भित्रिएका १९ हजार सोलार बत्ती भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्ने भनी विभिन्न संघसंस्था तथा व्यक्तिले बुझेका छन्। ४ सयभन्दा बढी सोलार बत्तीका कार्टन पनि कहाँबाट आएको भन्ने खुलाइएको छैन। यस्तै, युएनएचसिआरले पठाएको १० हजारभन्दा बढी सोलार बत्ती नेपाली सेनाले बुझेको छ। सेनाले ती बत्ती कहाँ वितरण गर्ने हो भन्सारमा केही उल्लेख गरेको छैन। अर्को एक विदेशी संस्थाले पठाएको १६ हजार ८ सय ६७ केजी बराबरको सोलार बत्ती आइओएम, नेपालले बुझेको छ। आइओएमले पनि बत्ती कहाँ वितरण गर्ने उल्लेख गरेको छैन।
नेपालका प्रत्येक भूकम्पपीडित परिवारलाई पुग्ने गरी विभिन्न विदेशी संघ–संस्थाले पठाएका किचन सामग्री कहाँ पुगे भन्नेमा सरकार बेखबर छ। सकारले भन्सार छुट दिएको समयमा विभिन्न १३ वटा नाकाबाट ४३ लाख ७६ हजार २ सय ३२ थानभन्दा बढी किचन सामग्री नेपाल भित्रिएको भन्सारको तथ्याकले देखाउँछ। यसरी भित्याइएका सामग्रीमा कुकर, कराई, तावा, प्लेट, कचौरा, ग्लास, फ्राई पेन, चम्चा, जग, चक्कु, बाल्टी, काँटा चम्चा, डाडु, पन्यु आदि छन्।
गृहकै तथ्यांकअनुसार वैशाख १२ गतेको भूकम्प र त्यसपछिका अनुकम्पनका कारण देशभर ५ लाख ९५ हजार ७ सय २८ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। आएका किचन सामग्री समानुपातिक हिसाबले बाँडेको भए प्रत्येक घरपरिवारको भागमा करिब आठवटा पर्थ्यो। भूकम्प पीडितका लागि १५ लाख १४ सय थान स्याम्पु पूर्ण भन्सार छुटमा विभिन्न नाकाबाट भित्याएको देखिन्छ। यस्तै, ५ लाख ५० हजार ७० थान नुहाउने तथा कपडा धुने साबुन ल्याइएको छ।
भूकम्पबाट घाइतेको उपचारका लागि विभिन्न देशबाट अर्बौं रुपैयाँ बराबरका औषधि भित्रिएका छन्। सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले केजी, बाकस, कार्टन, पत्ता उल्लेख गरी औषधि भित्याएका हुन्, जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यस बाहेक थप २ गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा नेपाल भित्रिएको छ।
गृहको तथ्यांकअनुसार भूकम्पमा परी २१ हजार ९ सय ५२ जना मानिस घाइते भएका थिए। घाइतेलाई विदेशबाट आएको औषधि समानुपातिक हिसाबले बाँड्ने हो भने एउटा घाइतेको भागमा १४.७६ केजी, १२.२५ पत्ता, २.४१ कार्टन र ०.०४ बाकस पर्छ। यसमा दुई गाडी औषधि जोडिएको छैन। भारतबाट भित्याइएका २ गाडीमा कति औषधि थियो, खुलाइएको छैन। भूकम्प पीडितका लागि लाखांै थान टेन्ट तथा त्रिपाल, लाखौं केजी चामल र चिउरा नेपाल भित्रिएको छ। यी सामग्री पनि कहाँ कहाँ वितरण गरियो सरकारसँग तथ्यांक छैन।