काठमाडौं— नेपाली कांग्रेसका सभासद शेखर कोइरालाले पार्टी नीतिविरुद्ध संविधान मस्यौदाको अन्तिम संशोधन लागि संशोधन दर्ता गराएका छन्।
संविधान सभा सचिवालयमा शुक्रबार दर्ता गराइएको उनको संशोधन मागमा मस्यौदा संविधानमा रहेको प्रस्तावनामा उल्लेख भएको 'धर्म निरपेक्षता' र 'समाजवाद उन्मुख' भन्ने शब्दावली हटाउन माग गरिएको छ। प्रस्तावनामै उल्लेख भएको 'त्याग बलिदानको गौरवपूर्ण शहीदहरुको तथा बेपत्ता पीडित नागरिकहरु' भन्ने शब्दावली पनि हटाइनुपर्ने उनले माग गरेका छन्।
उपराष्ट्रपतिको भूमिका अस्पष्ट भएको हुँदा अब बन्ने संविधानमा उपराष्ट्रपतिको व्यवस्था खारेज हुनुपर्ने नेता कोइरालाले माग गरेका छन्। सेना परिचालन मन्त्रिपरिषद वा सुरक्षा परिषदको सिफारिश गर्ने व्यवस्था हुनुपर्ने उनको संशोधन प्रस्तावमा उल्लेख छ।
कांग्रेसले संशोधन प्रस्तावबारे पार्टीभित्र छलफल गर्न एवं संविधान सभामा संशोधन प्रस्ताव लैजान आनन्द ढुंगाना, रमेश लेखक र चिनकाजी श्रेष्ठको तीन सदस्यीय संशोधन समिति गठन गरेको छ।
पार्टीका सभासदहरुले सोही समितिमार्फत् मात्र संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने नियम बनाएको छ।
कोइरालाले यो नियमविरुद्ध शुक्रबार एकल निर्णयका आधारमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
संविधानको मस्यौदा अन्तिम संशोधनका लागि परिमार्जित विधेयकमाथि भोलि शनिबारसम्म संशोधन दर्ता गराउने समय सीमा छ। शुक्रबारसम्म १५ जनाले संशोधन प्रस्ताव दर्ता गराएको संविधान सभा सचिवालयले जनाएको छ।
काेइरालाले दर्ता गराएको संशोधन प्रस्ताव