काठमाडौं- संविधान मस्यौदाको परिमार्जित विधेयकमा संशोधन प्रस्तावको चाङ लागेको छ। संविधानसभा सचिवालयमा शुत्रबारसम्म १६ वटा संशोधन प्रस्ताव दर्ता गरिएका छन् भने प्रमुख राजनीतिक दलको निर्देशनअनुसर कांग्रेस, एमाले र एमाओवादी संसदीय दलमा संशोधन प्रस्ताव दर्ता गर्ने सभासद संख्या ठूलो छ।संशोधन प्रस्ताव दर्ता गर्ने समय शनिबार बेलुका सकिँदैछ।
संशोधनका विषय धेरै आए पनि प्रमुख दलले भने आफूहरुबीच न्यूनतम सहमति हुने विषयलाई मात्र संशोधन प्रस्तावमा राखेर संविधानसभामा पेस गर्ने समझदारी गरेका छन्।
संविधानको परिमार्जित विधेयकका धारा पारित गर्र्नै नदिने षड्यन्त्र भइरहेको ठहर गर्दै तीन दलको शुक्रबार संविधानसभा सचिवालयमा भएको बैठकले न्यूनतम सहमति कायम हुने विषयमा मात्रै संशोधन प्रस्ताव लैजाने निर्णय लिएको हो।
'चित्त नबुझेका हरेक धारामा तीन ठूला दलका नेताले अलग–अलग संशोधन हाल्ने हो भने संविधान पारित हुँदैन, असफल हुन्छ,' कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बैठकको सहमतिबारे जानकारी दिँदै नागरिकसँग भने, 'संशोधन हाल्दा न्यूनतम दुई तिहाइ पुर्याकउने गरी हाल्नुपर्छ, अन्यथा संविधान पारित नहुने खतरा सिर्जना हुन्छ। त्यो हामीले रियलाइज गर्यौंह। जति सहमतिसाथ लैजान सक्छौं, त्यति मात्रै लैजान्छौं।'
प्रमुख तीन राजनीतिक दलका नेताले आ–आफ्ना पार्टीभित्रबाट प्रशस्तै संशोधन प्रस्ताव आएको भन्दै सिटौलाले जे विषयमा न्यूनतम सहमति कायम भएको छ, त्यसैमा प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए। 'प्रत्येक पार्टी र पार्टीभित्र पनि हरेक सांसदले अलग–अलग संशोधन ल्याउन थाले,' उनले भने, 'धेरै कुरा कोट्ट्याउन थालिए पारित गर्न नदिने काम हुन्छ।'
बैठकमा महिला र दलित आयोगजस्तै जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग, थारु आयोग बनाउने सहमति भएको छ।
प्रदेशको सीमांकनमा अहिले हेरफेर गर्नुपर्ने अवस्था नरहेको निष्कर्षमा बैठक पुगेको स्रोतले जानकारी दियो।
'प्रस्तावनादेखि अनुसूचीसम्म हेर्यौंन,' सिटौलाले भने, 'आन्दोलनलाई सम्बोधन गर्ने संघीय संरचनासहितको संविधानको घोषणा नै सम्बोधन गर्ने विषय हो। संघीय संरचनासहितको संविधान जारी गर्नेमा हामी सबै सहमत छौं। सर्वसम्मत सहमति संसारमा कहीँ भएको छैन।'
संशोधनको ओइरो
कांग्रेस संसदीय दलमा सबैभन्दा धेरै संशोधन प्रस्ताव दर्ता भएका छन्। शुक्रबार बेलुकासम्म ३९ जना सभासद तथा समूहले दलमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
एमाले र एमाओवादीको दलमा पनि त्यत्तिकै संख्यामा संशोधन प्रस्ताव आएका छन्।
कांग्रेसका तराई जिल्लाबाट प्रतिनिधित्व गर्ने ४३ सभासदले नागरिकताको व्यवस्थामा बाबु र आमाको ठाउँमा बाबु वा आमा उल्लेख गर्नुपर्ने, मुलुकका सबै अंगमा समानुपातिक समावेशीका आधारमा सहभागी गराउनुपर्ने, कांग्रेस महासमितिको निर्णयअनुसार तराई मधेसमा तीन प्रदेश कायम हुनुपर्ने संशोधन प्रस्ताव संसदीय दलमा बुझाएका छन्।
त्यसैगरी, कांग्रेसका ४५ बढी आदिवासी जनजाति सभासदले पनि समानुपातिक समावेशी, विशेष संरचना व्यवस्था गर्नुपर्ने, आवधिक निर्वाचनलाई असंशोधनीयमा राख्नुपर्ने प्रस्ताव दलमा दर्ता गराएका छन्।
त्यसैगरी, कांग्रेस युवा नेता गगन थापाले पनि प्रस्तावनामा सशस्त्र संघर्ष र समाजवाद शब्द हटाउनुपर्ने, धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता राख्नुपर्ने, लोकतन्त्रलाई स्थायी र जनमुखी बनाउन प्रधानमन्त्री, मुख्यमन्त्री र स्थानीय निकायका प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने संशोधन प्रस्ताव दलमा दर्ता गराएका छन्।
एमालेमा पनि जनजाति, महिला, दलित, मधेसी र थारु सभासद तथा अन्तरपार्टी महिला सञ्जाल र क्षेत्रगत रुपमा छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराइएको छ। एमाले सचेतक गोकुल घर्तीले सभासदहरु कृष्णभक्त पोखरेल, इच्छाराज तामाङलगायतले व्यक्तिगत संशोधन प्रस्ताव पनि प्राप्त भएको बताए।
उनले एमालेले सकेसम्म चारै दलबीच सहमति कायम हुनेगरी प्रस्ताव तयार गर्न पहल गरेको बताए। त्यसरी सम्भव नभए पार्टीगत रुपमा संशोधन प्रस्ताव दर्ता गर्ने बताए।
एमाओवादीकी सचेतक रेखा शर्माले पनि महिला, दलित, थारु, मधेसी, आदिवासी जनजाति सभासदका छुट्टाछुट्टै संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिइन्। उनले सबै प्रस्ताव पार्टीमा छलफल गरेर निर्णय गरिने जनाइन्। शर्माले सबै पार्टीले लैजाने प्रस्तावमा आफूहरुका धारणा समावेश नभए पार्टी र सभासदले पनि छुट्टै प्रस्ताव दर्ता गराउने जानकारी गराइन्।
संविधानसभा सचिवालयमा भने शुक्रबार बेलुकासम्म १६ वटा प्रस्ताव दर्ता भएको विधेयक शाखा प्रमुख सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए।
समाजवादी जनता पार्टी, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, खुम्वुवान राष्ट्रिय मोर्चा, दलित जनजाती पार्टी, राप्रपा नेपाल, नेपाः पार्टी, राष्ट्रिय जनमोर्चा, कांग्रेसका शेखर कोइराला, नेपाल परिवार दल लगायतले संशोधन प्रस्ताव दर्ता गराएको उनले जानकारी दिए।
संशोधन प्रस्ताव दर्ता गराउनेहरुले प्रस्तावनासहित ८४ वटा धारामा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
१ सय ९० बुँदामा संशोधनको प्रस्ताव परेको बुढाथोकीले जानकारी दिए। सबैभन्दा धेरै धारा ५६ मा १० वटा संशोधन प्रस्ताव परेको छ। धारा ५६ मा राज्यको संरचनासम्बन्धी व्यवस्था उल्लेख छ। त्यसपछि प्रस्तावनामा ७, धारा १७६ मा ७ वटा संशोधन परेका छन्।
त्यसैगरी धारा ४, ५१, १२९, २२०, २५८ मा ५ वटा प्रस्ताव परेका छन् भने धारा ९, १३७, २१६ मा ४ वटा प्रस्ताव परेको बुढाथोकीले नागरिकलाई जानकारी दिए।
उनका अनुसार शनिबार अन्तिम दिन भएकाले बढी संशोधनका प्रस्ताव पर्न सक्छन्।
दुई तिहाइ नपुगे के हुन्छ?
संविधानका प्रत्येक धारा दुई तिहाइले पारित गर्ने व्यवस्था संविधानमा उल्लेख छ। तर संविधानमा उल्लेख गरिएको व्यवस्थालाई छुट्टाछुट्टै रुपमा व्याख्या गरिन थालेको छ।
अन्तरिम संविधानको धारा ७० को उपधारा १ मा 'संविधानको प्रस्तावना र धाराहरु पारित गर्दा संविधानसभामा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ सदस्य उपस्थित भएको बैठकको दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने' उल्लेख छ।
तर यसलाई केहीले उपस्थित संख्याको दुई तिहाइले संविधानको धारा पारित गर्ने बताएका छन् भने केहीले दुई तिहाइको दुई तिहाइ भए पारित हुने गरी व्याख्या गरेका छन्।
त्यसैले संविधानको धारा पारित गर्न संविधानसभाका सम्पूर्ण सदस्यको दुई तिहाइ सदस्य आवश्यक नपर्ने तर्क संविधानसभा सचिवालयको छ।
पार्टी निर्णयविपरीत शेखर कोइरालाको संशोधन प्रस्ताव
कांग्रेस सभासद डा. शेखर कोइरालाले पार्टी निर्देशनविपरीत पार्टी र संविधानसभा सचिवालय दुईतिर संशोधन प्रस्ताव दर्ता गराएका छन्।
उनले संविधानको प्रस्तावनामा रहेको 'त्याग', 'बलिदानको गौरवपुर्ण', 'सहिदहरुको तथा बेपत्ता', 'पीडित नागरिकहरु', 'धर्मनिरपेक्षता' र समाजवादउन्मुख भन्ने शब्दहरु हटाउनुपर्ने भन्दै संशोधन प्रस्तावमा उल्लेख गरेका छन्। त्यसैगरी, उनले धारा २८६ र २८७ पूर्ण रुपमा हटाउनुपर्ने प्रस्ताव गरेका छन्। ती धारामा संसदीय सुनुवाइको व्यवस्था र संवैधानिक निकायको कामकारबाही अनुगमन उल्लेख छ।
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले कोइरालालाई केन्द्रीय समितिको निर्णयअनुसार संविधानसभा सचिवालयमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन्। श्रेष्ठले पार्टीको निर्णयविपरीत संशोधन प्रस्ताव दर्ता गराएको बताएका थिए।