काठमाडाैं–कांग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री शुशील कोइराला पार्टी बाहिरबाट परिचालित भएर माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयन गर्न डराएको बताएका छन्। ९० प्रतिशत बढी पार्टी सभासदले गरेको निर्णय लत्याएर प्रधानमन्त्री अरूको इशारामा चलेको उनले अारोप लगाए। शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका डा.गोविन्द केसीलाई भेटेर थापाले भने ‘हामीले कैयाैं दबाद दिदापनि प्रधानमन्त्री टेर्नुहुन्न।’ प्रधानमन्त्रीले प्रतिवेदन कार्यान्वयन गर्न चाहेजस्तो देखिने तर डराउने प्रबृत्ति देखाएको उनले बताए।
थापाले केसीका मागबारे प्रधानमन्त्री गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरे। उनले डा.केसीको स्वास्थ्यस्थिति नाजुक बनेको भन्दै प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउने बताए। भेटमा केसी प्रधानमन्त्रीसंग निकै रूष्ठ रहेका भन्दै प्रधानमन्त्रीको काँध थाप्न अब नसकिने बताए। कुर्सी धरापमा पर्ने वा संविधान निर्माणमा बाधा पर्ने बहानामा जायज माग कुल्चेर केसीको ज्यान लिन सरकारले छुट नपाउने उनले बताए। चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन कार्यन्वयनलगायत चिकित्सा क्षेत्रका विकृति विरूद्ध अामरण अनसन बसेका डा. केसीलाई भेटेपछि थापाले दिएको प्रतिकृया भिडियोमा हेर्नुस्।
भिडियोः