काठमाडौं–प्रमुख चार दल नेपाली कांग्रेस, एमाले, एमओवादी तथा फोरम लोकतान्त्रिकको बैठक सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा सुरु भएको छ।प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकमा प्रस्तावित सात प्रदेश र सीमांकनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। संविधानको विधेयमाथि संशोधन दर्ता गर्ने अन्तिम दिन चार दलले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउने बताएका छन्।
यसअघि आजै विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले चार दलले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराउने सहमति गरेका थिए। दलहरुबी धर्म निरपेक्षता, थ्रेस होल्ड, बागलुङ र रुकुम जिल्ला विभाजित गर्ने नगर्ने विषयमा सहमतिमा पुग्न बाँकी छ।