काठमाडौं-नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको निर्देशन विपरित छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका छन्। शनिबार संसद सचिवालयमा केसीले धार्मिक स्वतन्त्रताको ठाउँमा बहुधार्मिक वा सर्वधर्म लेखिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका हुन्।
यसअघि कांग्रेस नेता शेखर कोइरालाले पनि पार्टी नीति विपरित छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए। केसीको संशोधन प्रस्तावसहित हालसम्म २५ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ।
कोइरालाले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता लिन कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निर्देशन दिएका थिए।
कोइरालाको संशोधन मागमा मस्यौदा संविधानमा रहेको प्रस्तावनामा उल्लेख भएको 'धर्म निरपेक्षता' र 'समाजवाद उन्मुख' भन्ने शब्दावली हटाउन माग गरिएको छ। प्रस्तावनामै उल्लेख भएको 'त्याग बलिदानको गौरवपूर्ण शहीदहरुको तथा बेपत्ता पीडित नागरिकहरु' भन्ने शब्दावली पनि हटाइनुपर्ने उनले माग गरेका छन्।
कांग्रेसले संशोधन प्रस्तावबारे पार्टीभित्र छलफल गर्न एवं संविधान सभामा संशोधन प्रस्ताव लैजान आनन्द ढुंगाना, रमेश लेखक र चिनकाजी श्रेष्ठको तीन सदस्यीय संशोधन समिति गठन गरेको छ।
पार्टीका सभासदहरुले सोही समितिमार्फत् मात्र संशोधन प्रस्ताव दर्ता गराउनुपर्ने नियम बनाए पनि केसी र कोइरालाले यो नियम विपरित एकल निर्णयका आधारमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।