काठमाडौं– चार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले सात प्रदेशनै रहने सहमति गरेको छ। एमाले नेता माधव नेपालका अनुसार सात प्रदेशलाई कायम गरेर जाने सहमति भएको छ। यता नयाँ संविधानमा धर्म निरपेक्षताका विषयमा ख्याख्या गरेर राख्ने सममति गरेका छन्।सिंहदरबारस्थित संसद सचिवालयमा बसेको शीर्ष नेताहरुको बैठकले धर्मनिरपेक्षता शब्दलाई संविधानबाट नहटाइ यसको स्पष्ट व्याख्या गरिने सहमति गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताए।
त्यस्तै, राजनीतिक दलहरुबाट प्रतिनिधित्व चयनका लागि थ्रेसहोल्डको व्यवस्था तत्कालका लागि संविधानमा नराख्ने, संवैधानिक अदालतको साटो अदालतमा संबैधानिक बेन्च मात्रै थप गर्ने गरी संविधानमा व्यवस्था गर्ने विषयमा पनि शीर्ष नेताबीच सहमति भएको उनले बताए।
उक्त बैठकले नेपालको बाग्लुङ जिल्लाको कार्यान्वयमा रहेको सीमांकनलाई नै नयाँ संविधानमा पनि निरन्तरता दिने सहमतिसमेत भएको उनले बताए।