काठमाडौं-तीन दलले संविधान मस्यौदाको परिमार्जित विधेयकमा संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन प्रस्ताव दर्ता गराउन कांग्रेस,एमाले र एमाओवादीका प्रखुख सचेतक विधेयक शाखामा पुगेका थिए।
संशोधन प्रस्तावमा सात प्रदेश रहने, नयाँ संविधानमा धर्म निरपेक्षताका विषयमा स्पष्ट व्याख्या गरेर राख्ने लगायत छन्।
४६ नम्वरमा दर्ता भएको प्रस्ताव १३ पेज लामो छ। दलहरु बीच लामो छलफल पछि प्रस्ताव तयार पारिएको थियो। संयुक्त संशोधन प्रस्तावमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक) ले भने सहभागिता जनाए। फोरम लोकतान्त्रीकका अध्यक्ष विजय गच्छदार दिउँसो बसेको चार दलको बैठक बाट बाहिरिएका थिए।
त्यस्तै, राजनीतिक दलहरुबाट प्रतिनिधित्व चयनका लागि थ्रेसहोल्डको व्यवस्था तत्कालका लागि संविधानमा नराख्ने, संवैधानिक अदालतको साटो अदालतमा संबैधानिक बेन्च मात्रै थप गर्ने गरी संविधानमा व्यवस्था गर्ने विषय तीन दलको संशोधन प्रस्तावमा छन्। बागलुङलाई ४ नम्वर प्रदेशमा राख्ने प्रस्ताव पनि गरिएको छ।