वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको १६ वटै स्थानीय तहहरु मध्ये १५ वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व निर्वाचित बनेका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेतृत्वमा पुगेकाहरुले कमिशनको खेलमा लाग्नु र जनताको भवनालाई बुझेर काम नगरेपछि जनताहरुले नयाँ नेतृत्वलाई विश्वास गरेका छन्।
महागढीमाई नगरपालिकामा भने काँग्रेसबाट २०७४ सालमा निर्वाचित बनेका प्रमुखमा उपेन्द्रप्रसाद यादव र उपप्रमुखमा तारा देवी काँग्रेस पार्टीबाट नै दोहाेरिएका छन्।
यादवले ८६७० मत र उपमेयरमा कानुले ७९९७ मत प्राप्त गरि विजयी भएका छन् भने प्रमुख उपेन्द्रप्रसाद यादवका प्रतिस्पर्धी जसपाका रामबाबुप्रसाद यादवले ७३७६ मत प्राप्त गरे। यस्तै, उपमेयरका प्रतिस्पर्धी एमालेकी पुष्पाञ्जली देवीले ७०१० मत प्राप्त गरेका छिन्।
महागढीमाईमा उपेन्द्रप्रसाद यादव दोहाेरिए पनि गठबन्धनबाट कलैया उपमहानगरापलिकाको तत्कालीन प्रमुख तथा काँग्रेस बाराका सभापति राजेश राय यादवले दोस्रो कार्यकालको लागि नगर प्रमुखमा उम्मेदवारी दिए पनि एमालेका उम्मेदवार बिनोद साहसँग पराजित भएका छन्।
कलैयाको प्रमुखमा नेकपा एमालेका विनोदप्रसाद साह र एमालेकै उपमेयरमा रौशन परविन निर्वाचित भएका छन्। साहले २४१३९ मत प्राप्त गरेका हुन्, भने नेपाली काँग्रेसका राजेश राय यादवले १८५४० मत प्रप्त गरेका हुन्।
यसैगरी उपमेयरमा परविनले १९२५१ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जसपाका प्रमोदप्रसाद गुप्ताले १८३०२ मत प्राप्त गरेका हुन्।
बाराको कोल्हवी नगरपालिकाको प्रमुख र उपप्रमुखमा पनि नयाँ नेतृत्व दोहाेरिएको छ।
प्रमुखमा नेपाली काँग्रेसका रामप्रसाद चौधरी र उपमेयरमा काँग्रेसकी लक्ष्मी चौधरी निर्वाचित भएका हुन्। मेयर चौधरीले ९०१५ मत र उपमेयरमा लक्ष्मी चौधरीले ९०८८ मत प्राप्त गरेर विजयी भएका छन्।
नेकपा एमालेबाट दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका तत्कालीन नगर प्रमुख भरतबहादुर भण्डारीले ८३०७ र उपमेयरका सुनैना देवि थरुनीले ८४८३ मत ल्याएका छन्।
यसैगरी सिम्रौनगढ नगरपालिकामा नेपाली काँग्रेसका तत्कालीन नगर प्रमुख बिजयशंकर यादवलाई पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार किशोरी साह निर्वाचित भएका छन्।
प्रमुखमा किशोरी साहले १११३७ मत प्राप्त गरी विजयी भएका छन् भने, उनका निकटम प्रतिद्वन्द्वी विजयशंकर यादवले ९३११ मत प्राप्त गरेका छन्। साहले १८२६ मतले यादवलाई पराजित गरेका हुन्।
यसैगरी उपमेयरमा नजमु शेहर ९५७३ मत ल्याएर विजयी भएका छन्। उनकी निकटम प्रतिद्वन्द्वी काँग्रेसकी रीता कुशवाहा ८०५० मत प्राप्त गरेकी छिन्। शेहरले कुशवाहालाई १५२३ मतले पराजित गरेकी हुन्।
निजगढ नगरपालिकामा काँग्रेसका तत्कालीन नगर प्रमुख सुरेश कुमार खनाललाई पराजित गर्दै एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ निर्वाचित भएका छन्।
एमालेका पुरीले ९४७५ मत प्राप्त गरेका छन् भने, उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार सुरेश कुमार खनाल ८८२३ मत प्राप्त गरेका हुन्। पुरीले ६५२ मतान्तरले काँग्रेसका खनाललाई पराजित गरेका हुन्।
यसैगरी एमालेकी सोममाया थिङले ८६५९ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार रविराज दंगाल ८५१८ मत प्राप्त गरेका हुन्। थिङले १४१ मतान्तरले दंगाललाई पराजित गरेका हुन्।
बाराको बारागढी गाउँपालिका प्रमुखमा जसपाका उम्मेदवार अशोक कुमार जयसवाल ५४२६ मत ल्याई विजयी भएका छन्। जयसवाल निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार वृजकिशोर प्रसादले ३०४२ मत प्राप्त गरेका हुन्। अशोकले २३८४ मतान्तरले वृजकिशोरलाई पराजित गरेका हुन्।
काँग्रेसबाट तत्कालीन अध्यक्ष रहेका देवदत्त बछार तेस्रो भएका छन्।
आदर्श कोतवाल गाउँपालिका अध्यक्षमा काँग्रेसका जवाहर साह विजयी भएका छन्। साहले ४०८७ मत ल्याएर विजयी भएका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनता समाजवादीबाट अध्यक्षमा विजयी भएर चुनावको बेलामा एमालेमा प्रवेश गरेका मुस्तुफा अंसारीले २८३७ मत ल्याएका छन्।
यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी भएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाएकी हुन्।
फेटा गाउँपालिकामा तत्कालीन गाउँपालिका अध्यक्षलाई पराजित गर्दै विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन्।
विवेकशील साझाका रुस्तम अंसारीले ४४८५ मत ल्याएर जनता समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित बनेर चुनावाको बेलामा एमाले प्रवेश गरेर अध्यक्ष पदमा दोस्रो कार्यकालको लागि उम्मेदवरी दिएका अमिरीलाई प्रसाद २३९९ मत ल्याएर पराजित बनेका छन्।
स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई घाटा, एमालेलाई फाईदा
२०७४ सालको स्थानीय तहको निर्वाचनमा १६ मध्ये कलैया उपमहानगरापालिका सहित ६ स्थानीय तहमा निर्वाचित बनेका काँग्रेसका उम्मेदवारहरु अहिले ४ स्थानीय तहमा सीमित बनेका छन्।
पहिला कलैया उपमहानगरपाकिाल, निजगढ नगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, करैयामाई गाउँपालिकामा र बारागढी गाउँपालिका गरी ६ वटा स्थानीय तहमा विजयी भएका नेपाली काँग्रेस अहिले महागढीमाई नगरपालिका, कोल्हवी नगरपालिका, आर्दश कोत्वाल गाउँपालिका र सुवर्ण गाउँपालिका गरि ४ स्थानीय तहहरुमा मात्रै विजयी बनेको छ।
२०७४ सालको निर्वाचनमा जितपुरसिमार उपमहानगरपालिका र कोल्हवी नगरपालिका गरि २ स्थनीय तहका विजयी बनेका एमाले अहिले प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, कलैया उपमहानगरपालिका र निजगढ नगरपालिका गरि ४ स्थानीय तहमा विजयी बनेका छ।