माग सम्बोधन संशोधनबाटै
२० भदौ २०७२
•
११ मिनेट पाठ
माग सम्बोधन संशोधनबाटै
काठमाडौं- संविधानको परिमार्जित विधेयकमा परेका संशोधन प्रस्तावबाहेक नयाँ विषयमा सहमति भए पनि त्यसको सम्बोधन संविधान जारी भएपछि मात्रै हुने भएको छ। संविधानसभा प्रक्रियामा प्रवेश गरिसकेकाले संविधान जारी हुनुअघि दलहरूबीच नयाँ सहमति भइहाले पनि संविधानसभामा प्रवेश गराउने सबै ढोका बन्द भएका छन्। त्यसले अब हुने सहमतिलाई संविधान संशोधन गरेर मात्रै सम्बोधन गर्न सकिन्छ।




तर संविधानसभा सचिवालयमा दर्ता भएका ५६ वटा संशोधन प्रस्तावमध्ये कुनै सभासदले राखेको प्रस्तावमा सहमति हुने अवस्था भए त्यसको पक्षमा दुई तिहाइ पुर्यामएर आन्दोलनको माग सम्बोधन गर्ने सम्भावना भने कायमै रहेको संविधानसभा सचिवालय स्रोत बताउँछ।

'संशोधन प्रक्रिया टुंगो लागिसक्यो,' स्रोतले भन्यो, 'अब कुनै पनि नयाँ विषय संविधानसभामा प्रवेश गराउन मिल्दैन। सबै प्रक्रिया टुंगिइसक्यो। ५६ मध्ये कुनै संशोधनकर्ताले हालेको प्रस्तावमा सहमति भए त्यसको पक्षमा दुई तिहाइ पुर्यारउने सहमति हुन सक्छ।' सचिवालय स्रोतका अनुसार त्यसबाहेकको विकल्प भनेको नयाँ संविधान जारी भएलगत्तै संशोधन गर्ने मात्रै हो।

उनका अनुसार संविधानका धारा पारित गर्ने प्रक्रियामा जाने बेलासम्म संशोधनकर्ताका प्रस्ताव हेरेर चित्तबु‰दो संशोधनको पक्षमा दुई तिहाइ पुर्या उने सहमति गर्नु नै हो।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा अब साह्रै साँघुरो टनेलमा प्रवेश गरेको बताए। संविधानसभा दायाँबायाँ र पछि फर्किने अवस्थामै नरहेको भन्दै उनले अब बाहिर निस्कँदा संविधानका साथ निस्कने बताए।

'हामी साह्रै साँघुरो सुरुङमा प्रवेश गरेका छौं,' उनले भने, 'अब संविधानसभा दायाँबायाँ र पछि फर्किने अवस्थामा छैन, सुरुङबाट बाहिर निस्कँदा उज्यालो ठाउँमा निस्कन्छौं।'

स्रोतका अनुसार संविधान बनेपछि कहाँ–कहाँ संशोधन गर्न सकिन्छ भन्नेबारेमा अहिलेदेखि नै गृहकार्य गर्न सकिन्छ। 'नेपालमा मात्रै होइन,' स्रोतले भन्यो, 'विश्वमै संविधान जारी हुनासाथ संशोधन भएका कैयौं उदाहरण छन्। नेपालमा पनि संविधान जारी भएपछि रूपान्तरित संसदले नियमअनुसार संशोधन गर्न सक्छ।'

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत केही राजनीतिक दलले प्रदेश सीमांकन र संख्यामा लचकता देखाए प्रक्रियामा सहभागी हुने बताउँदै आएका छन्। तर संशोधन प्रस्ताव दर्ता गर्ने समय सकिएपछि उनीहरू प्रक्रियाबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। फोरम लोकतान्त्रिकलगायत दलका माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता भएको भए हेरेर मिलाउने प्रयास अझै पनि हुने स्रोतले जानकारी दियो।

समाधान खोज्न आग्रह

संविधानसभा अध्यक्ष नेम्वाङले संविधानसभामा देखिएको समस्या समाधान अझै पनि भित्रैबाट खोज्न मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई आग्रह गरेका छन्।

संविधान निर्माण प्रक्रियाबाट बाहिरिने पार्टीको निर्णय जानकारी गराउन आइतबार बेलुकी सभाध्यक्ष नेम्वाङको कार्यकक्ष पुगेका गच्छदारलाई नेम्वाङले संविधानसभाबाटै समाधान खोज्न आग्रह गरेका हुन्। गच्छदारले प्रमुख राजनीतिक दलका नेतालाई एकठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि आफ्ना कुराको सुनुवाइ नभएपछि बाहिरिने निर्णयमा पुगेको बताए।

'मैले अहिलेसम्म संविधान निर्माणलाई यो ठाउँसम्म ल्याउन सबै काम गरेँ,' उनले नेम्वाङसँग भने, 'तीन दललाई एकठाउँ ल्याउन भूमिका खेलेकै हुँ। अहिले पनि तयार छु तर उहाँहरुबाट कुनै स्पेस प्राप्त भएन। त्यसैले यो प्रक्रियामा समावेश नहुनेसम्मको दुर्भाग्यपूर्ण निर्णयमा पुग्नुपरेको छ। तपाईंलाई अनौपचारिक जानकारी गराउन यहाँ आएको हुँ।'

नेम्वाङले अझै पनि संविधानसभाबाटै समाधान गर्न सकिने भएकाले बाहिरिने निर्णयमा नपुग्न आग्रह गरेका थिए। 'यो प्रक्रियालाई यहाँसम्म ल्याउन तपाईंको भूमिका महत्वपूर्ण छ,' नेम्वाङले गच्छदारलाई सम्झाउँदै भने, 'तपाईंको भूमिका नभएको भए यहाँसम्म आउन अप्ठेरो थियो। अब पनि त्यो भूमिकामा रहनुपर्छ। अब संविधान संशोधनको प्रक्रियामा छौं। अझै पनि सम्भावना कायमै छ, भित्रैबाट समाधान खोजौं।'

यसैबीच थरुहट तराई पार्टी नेपालले संविधान निर्माण प्रक्रियामा सहभागी भए पनि तीन दलका नेताको तरिका र प्रक्रिया हेर्दा कुनै पनि माग सम्बोधन हुने नदेखेको भन्दै संविधानसभाबाट बाहिरिने निर्णयमा पुगेको जानकारी सभाध्यक्षलाई गराएको छ। सभासद गोपाल दहितले सभाध्यक्षलाई भेटेर संविधानसभाबाट बाहिरिने लिखित पत्र दिएका हुन्।

संशोधनको चाङ

नेपालको संविधानको परिमार्जित विधेयकका ३ सय २ मध्ये झन्डै दुई सय धारामा संशोधन प्रस्ताव दर्ता गरिएको छ। तीमध्ये १ हजार ३ सय ५० ठाउँमा संशोधनका लागि प्रस्ताव दर्ता भएको छ। संविधानसभा सचिवालय विधेयक शाखाले सबै संशोधनलाई एकीकृत गर्न थालेको छ।

विधेयक शाखाले सोमबारसम्म सबै प्रस्तावलाई एकीकृत गर्ने गरी राति अबेरसम्म पनि काम गरिरहेको सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए। एकीकृत गरिएका संशोधन प्रस्ताव मंगलबार बिहान ११ बजे बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ। संविधानसभा बैठकमा मंगलबारदेखि नै संशोधनकर्तालाई संशोधन प्रस्तावसहित संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिन समय दिइनेछ।

५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन्। संशोधनकर्ताले पालैपालो आफ्नो संशोधन प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा पेस गर्दै संविधानको विधेयकमाथि धारणा राख्नेछन्। संशोधनकर्ताले सबै प्रस्ताव पेस गरिसकेपछि संसदीय दलका नेतालाई संविधानको विधेयकमा धारणा राख्न समय दिइनेछ।

'दलका नेताले संविधानको कुनै विधेयकमा रिजर्भेसन रहेमा रेकर्ड गराउन सक्छन्,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'त्यसपछि अन्य सभासदले संविधानको विधेयकमाथि प्रत्येक धारामा टेकेर आफ्नो धारणा राख्न सक्छन्।'

छलफल सकिएपछि संशोधन प्रस्ताव क्रमैसँग निर्णयार्थ पेस गरिनेछ। संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ। नभए प्रस्ताव अस्वीकृत हुनेछ। प्रत्येक संशोधनप्रस्ताव र संविधानका धारा ध्वनिमतले पनि पारित गर्न सक्नेछ। अन्तरिम संविधानको धारा ७० मा संविधानका धारा संविधानसभामा कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्न सक्ने गरी घुमाउरो व्यवस्था गरेकाले धारा पारित गर्न कुनै समस्या नपर्ने स्रोत बताउँछ।

सबै प्रस्ताव निर्णयार्थ पेस गरेपछि संविधानका धारा निर्णयार्थ पेस गरिनेछ। संशोधन प्रस्ताव नपरेका धारा एकमुष्ट निर्णयार्थ पेस गर्ने कि छुट्टाछुट्टै भन्नेमा संविधानसभा सचिवालय निर्णयमा पुगेको छैन। नियमावलीअनुसार एकमुष्ट निर्णयार्थ पेस गर्न सकिनेछ। त्यसपछि सिंगो संविधान पारितको प्रक्रियामा जानेछ।

संविधानसभा सचिवालयले भदौ मसान्तभित्रै संविधान जारी गर्ने तयारी गरेको छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि भदौ मसान्तभित्रै संविधान जारी गर्न सकिने बताएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस