काठमाडौं- पूर्व पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आधिकारिकता विवाद सुरु भएको छ। बहुमत केन्द्रीय सदस्यले पशुपतिशम्शेर राणालाई हटाएर आफूलाई अध्यक्ष बनाएको भन्दै लोकेन्द्रबहादुर चन्द निर्वाचन आयोग पुगेपछि विवाद सुरु भएको हो। उनले बहुमत केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष बनाएको जानकारी प्रधानमन्त्री कार्यालय र संविधानसभा सचिवालयलाई समेत दिएका छन्।
त्यसैगरी पार्टीको आधिकारिक अध्यक्ष आफू कायम रहेको भन्दै राणाले पनि सरकारमा रहेका मन्त्री सुनिल थापालाई फिर्ता बोलाएका छन् भने मनोनित १६ केन्द्रीय सदस्यलाई हटाएका छन्।
निर्वाचन आयोगमा आधारिकताका लागि निवेदन दर्ता गराएर फर्किएका चन्दले बहुमत सदस्यले समर्थन गरेकाले आफू राप्रपा अध्यक्ष भएको बताए। 'बहुमत सदस्यले मलाई समर्थन गर्नुभएको छ, आधिकारिकताका लागि हामी निर्वाचन आयोग पनि गइसकेका छौं,' चन्दले भने, 'यो राप्रपाको विभाजन होइन, पार्टी धराशयी हुन लागेकाले राणलाई अध्यक्षबाट हटाएका हौं। उहाँ अब केन्द्रीय कार्यसम्पादन समितिको सदस्यका रुपमा रहनुहुन्छ।' उनले राणालाई हटाउनुमा सैद्धान्तिकभन्दा बढी कार्यशैलीको कारण भएको बताए। 'उहाँले एक वर्षसम्म एउटा पनि बैठक राख्नुभएन,' चन्दले भने। चन्दलाई प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, सुनिलबहादुर थापा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, जयन्त चन्द, पर्शुराम खापुङ, अर्जुन राई, विष्णुविक्रम थापा, दुर्गा श्रेष्ठलगायतले समर्थन गरेका छन्। राणाको पक्षमा संसदीय दलका नेता दीपक बोहोरा, बुद्धिमान तामाङ, भुवन पाठक, भरत पाठक, ठाकुर शर्मालगायत नेता छन्।
राणाले अध्यक्षको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेख्दै सरकारबाट वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापालाई फिर्ता बोलाएको पत्र पठाएका छन्। राणाले चन्दलाई अध्यक्ष बनाउन हस्ताक्षर गर्ने १६ मनोनित केन्द्रीय सदस्यलाई निस्कासित गरेका छन्।
'राणा नै राप्रपा अध्यक्ष हुनुहुन्छ, अर्को अध्यक्ष हुने कुनै आउँदैन,' महामन्त्री बुद्धिमान तामाङले नागरिकसँग भने, 'पार्टीविरोधी गतिविधिमा संलग्न भएका मन्त्री सुनिलबहादुर थापालाई अध्यक्षले तत्काल फिर्ता बोलाउनुभएको छ।'
तामाङले पार्टी विधानमा अध्यक्षको मृत्यु भएमा, राजीनामा दिएमा वा विशेष महाधिवेशन बोलाएर अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव पारित भए मात्रै अध्यक्ष रिक्त हुने बताएका छन्। 'पद रिक्त भएपछि मात्रै नयाँ अध्यक्ष निर्वाचित हुने हो,' तामाङले भने, 'सूर्यबहादुर थापाले राजीनामा दिएर रिक्त भएको पदमा पशुपतिशम्शेर राणालाई बहुमतले निर्वाचन गरेको हो।' अध्यक्ष राणाले विशेष अधिकार प्रयोग गरेर मन्त्रीलाई फिर्ता बोलाएको उनले बताए। 'कसलाई मन्त्रीमा पठाउने वा फिर्ता बोलाउने भन्ने अधिकार अध्यक्षलाई छ,' तामाङले भने, 'सूर्यबहादुर थापाको निर्णयमा सुनिल मन्त्री बनेका हुन्, राणाले त्यही अधिकार प्रयोग गरेर फिर्ता बोलाउनुभएको हो।' चन्दपक्षले भने मन्त्री थापा र राज्यमन्त्री गिरीबहादुर केसीलाई पदमा निरन्तता दिने निर्णय गरेको छ।
पार्टीका सहप्रवक्ता किरण गिरीले केन्द्रीय सदस्यलाई हटाउने अधिकार अध्यक्षमा नभई केन्द्रीय समितिमा मात्रै भएको बताए। 'अध्यक्षले केन्द्रीय सदस्यलाई हटाउन सक्नुहुन्न, केन्द्रीय समितिका बहुमत सदस्यले मात्रै सक्छन्,' गिरीले नागरिकसँग भने।
६१ जना केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष चयन गरेको भन्दै चन्द आयोग पुगेका थिए। 'उपत्यकाबाहिर रहेका ७ जनाको पनि समर्थन जनाउनुभएको छ,' चन्दले भने।
राणाले निर्वाचन आयोगमा बुझाएको सूचीमा रहेका १६ मनोनित केन्द्रीय सदस्यलाई समेत केन्द्रीय समितिबाट निस्कासित गरेका छन्। 'पार्टीको एकताविरोधी गतिविधिमा संलग्न भएकालाई अध्यक्षले हटाउनुभएको हो,' महामन्त्री तामाङले भने।
निर्वाचन आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले आधारिकता विवाद समाधानका लागि दुवै दललाई प्रमाणसहित बोलाउने बताए। 'यो आयोगका पदाधिकारिको बैठकले गर्ने निर्णय हो, दुवै पक्षलाई आफ्नो प्रमाण प्रस्तुत गर्न १५ दिन समय दिइने छ,' उनले भने, 'विवादको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको छ।'
१५ महिनादेखि राप्रपाभित्र विवाद चल्दै आएको छ। दुई वर्ष अघि भएको पार्टीको एकता महाधिवेशनमा नेतृत्व चक्रीय प्रणालीअनुसार गर्ने भद्र सहमतिअनुसार आफू अध्यक्ष भएको दाबी चन्दले गर्दै आएका थिए। तर, थापा समूहले राणालाई समर्थन गरेकाले राणा बहुमतमा थिए। पछिल्लो समय सुनिल थापासहितको समूहले समर्थन गरेपछि १ सय ३ सदस्यीय केन्द्रीय समितिमा चन्दको बहुमत पुगेको हो। 'थापातिरका ३० र चन्दसँग रहेका ३३ सदस्यले चन्दलाई अध्यक्ष बनाउने निर्णय गरेका हुन्,' गिरीले नागरिकसँग भने।
यसैबीच चन्दले पार्टी चक्रीय प्रणालीअनुसार सञ्चालन हुने बताएका छन्। 'महाधिवेशनअघि नै नेतृत्व प्रकाशचन्द्र लोहनीमा जानेछ,' उनले भने।