काठमाडौं–नेकपा एमालेले आदिवासी जनजाति महांसंघका महासचिव पेम्बा भोटेलाई संविधानको विधेयकमाथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। आफूलाई पार्टीको शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको बताए।'मलाई पार्टीका शीर्ष नेताले संशोधन प्रस्ताव फिर्ता लिन र पार्टी कार्यालयमा आउनु भन्नु भएको थियो,' भाेटेले नागरिकन्युजसँग भने,'मैले संशोधन प्रस्ताव फिर्ता लिएको पनि छैन पार्टी कार्यलय गएको पनि छैन।' उनले शीर्ष नेताले फोन गरेको भनेपनि नेताको नाम भने खुलाएनन्। संविधानसभा कार्यसंचालन नियमावली अनुसार संधिवानसभामा ह्विप लाग्दैन। तर एमाले अध्यक्ष केपी ओलीले केही दिन पहिला संविधानसभामा ह्विप नगाले पनि एमालेका सबै सभासद पार्टीका सिपाही भएकाले पार्टीको निर्देशन मान्नु पर्ने बताएका थिए।
जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भाेटेले संशोधन प्रस्ताव दर्ता गरेका छन्। कुमाल कांग्रेस र भोटे एमालेको सिफारिसमा मन्त्रिपरिषदबाट नियुक्त भएका हुन्। प्रमुख तीन दलले संविधानको विधेयकमाथि संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गराएका सभासदलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन्।