काठमाडौं-संविधानको निर्माणको प्रक्रियामा रहने की बाहिरिने भनि निर्णय गर्न संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले केन्द्रीय समितकाे बिस्तृत बैठक बोलाएको छ।पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्य समितिका आकस्मिक बैठकमा केही नेताहरूले ठूला दलले अपमानित गरेकाे भन्दै संविधान निर्माण प्रक्रियाबाट बाहिरिनु पर्ने बताएका थिए। नेताहरूकाे दबाबपछि राप्रपा नेपालले एक साताभित्रै विस्तृत बैठक राखेर त्यस सम्बन्धमा निर्णय गरेकाे हाे। 'तीन राजनीतिक दलले संविधान निर्माणको क्रममा एकलौटी र आफू खुशी रुपमा अघि बढेका छन् । प्रमुख दलको वेवस्ताको कारण धेरै दल संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएका छन्,' राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने, 'संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनु पर्छ भनेर पार्टीभित्र कुरा उठेको छ । आगामी साता हुने पार्टीको विस्तृत बैठकले निर्णय गर्ने छ ।' बैठकको मिति दुई दिनभित्र तोकिने जनाएको छ ।
राप्रपा नेपालले संविधान निर्माण प्रक्रिया प्रमुख दलहरुले 'सिन्डिकेट' लगाएको आरोप लगाउँदै आएको छ । राप्रपा नेपालले हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग गर्दै काठमाडौमा शक्ति प्रदर्शन गर्ने तयारी पनि गरेको छ । 'हिन्दु राष्ट्र निर्माणको मागलाई सार्थक बनाउने गरी काठमाडौ केन्द्रीत गरेर शक्ति प्रदर्शन गरिने योजना छ,' श्रेष्ठले भने ।