रौतहटको दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मातृभाषामा शपथ लिएका छन्। दुर्गा भगवती गाउँपालिकाको श्री सरस्वती माध्यमिक विद्यालय भलोहियामा आयोजित शपथ ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुले मातृभाषा बज्जिकामा शपथ लिएका हुन्।
गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई मातृभाषा बज्जिकामा शपथ ग्रहण गराएका छन्। जिल्लामा दोस्रो कार्यकालमा रौतहटको स्थानीय मातृभाषा बज्जिकामा शपथ लिने दुर्गा भगवती पहिलो पालिका भएको छ।
आफ्नो मातृभाषा बज्जिकामा शथप ग्रहण गर्न पाएकोमा आफूलाई गर्व लागेको शपथ ग्रहणपछि वडाध्यक्ष डिके झाले बताएका छन्। झा दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन्।
यसै बिच रौतहटको परोहा नगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन्। स्थानीय ब्रह्मज्योति माध्यमिक विद्यालय लौकाहामा आयोजित शपथ ग्रहण कार्यक्रममा नगर प्रमुख शेख वकिलले नगर उपप्रमुख र वडाध्यक्षका साथै वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका छन्।
शपथ ग्रहण गराउँदै प्रमुख वकिलले आफ्नो दोस्रो कार्यकालमा सम्पूर्ण नागरिकलाई सकेसम्म अझ राम्रोसित सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।