कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित मेयर सुदीप पौडेलले कपिलवस्तु नगरपालिका भित्र स्वास्थ्य बीमा गरेकाहरुको ५० प्रतिशत नगरपालिकाले ब्यहोर्ने बताएका छन्। खासगरी गरिब र विपन्न परिवारलाई राहत होस र स्वास्थ्य बिमाप्रति जागरुक गराउन उनले सो घोषणा गरेका बताए।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ को कार्यालयमा नवनिर्वाचित मेयर र उपमेयरलाई गरिएको स्वागत कार्यक्रमपछि उनले संचारकर्मीसंग कुरा गर्दै सो घोषणा गरेका हुन्। उनले आउने ५ वर्षभित्र नगरपालिकालाई फुसको छानोमुक्त गर्ने र नगरपालिकालाई हिलोमुक्त बनाइने बताए।
यसअघिका मेयर किरण सिंहले पनि नगरलाई फुसको छानोमुक्त बनाउने घोषणा गरी कार्य अघि बढाएका थिए। तर उनको त्यो काम अधुरो नै रह्यो। मेयर पौडेलले जस्तापाता नपाएका विपन्न परिवारको वास्तविक लगत संकलन गरी पारदर्शीरुपमा जस्तापाता वितरण गरिने बताए। उनले यसमा सबैले सहयोग र साथ दिन उनले आग्रह गरे। उनले ऐतिहासिक बुद्धनगरीको समग्र पर्यटकीय विकासका लागि आफूले ठोस रुपमा पहल गर्ने बताए।
‘५ वर्षभित्र प्राचिन नगरीलाई हेर्न लायक बनाउने मेरो योजना र सपना छ,’ उनले भने। उनले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि क्षेत्र, सामाजिक विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्ने बताए। उनले विज्ञ समूहहरुसंग सरसल्लाह लिएर अघि बढ्ने पनि उल्लेख गरे। उनले आफूले कुनै भेदभाव बिना सरल तरिकाले सेवा सुविधा उपलब्ध गराउने बताए। आफू यहीँको माटोमा हुर्किएकाले यहाँका समस्याहरुबारे अवगत रहेको भन्दै नगरवासीको खुसीका लागि सही ढंगले काम गर्ने बताए।
आफूलाई सरसल्लाह, सुझाव र मार्गदर्शन गर्न उनले आग्रह गरे। एमाले र कांग्रेस जस्तो बलिया हस्तीलाई पराजित गर्दै जनता समाजवादी नेपालबाट मेयरमा भारी मतले जितेका उनले आफूप्रति जनताले धेरै अपेक्षा राखेको बताए। उनले जनताको विश्वास, माया र भरोसा आफूले टुट्न नदिएको बताए।
नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट कपिलवस्तु नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् निवर्तमान पदाधिकारीहरुलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ। कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा सुदीप पौडेल, उपप्रमुखमा सुनिता गुप्ता, वडा नं. १ का वडाध्यक्ष मो जाहिद खाँ, वडा नं. २ का वडाध्यक्ष अशोककुमार गुप्ता, वडा नं. ३ का वडाध्यक्ष रुद्रबहादुर गैरे (प्रकाश), वडा नं. ४ का वडाध्यक्ष रविन्द्र तिवारी, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, वडा नं. ६ का वडाध्यक्ष राम जित कुर्मीं, वडा नं. ७ का वडाध्यक्ष इन्द्रमणि चौधरी, वडा नं. ८ का वडाध्यक्ष शिवकुमार पाण्डेय, वडा नं. ९ का वडाध्यक्ष दिपक गुरुगं, वडा नंं १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, वडा नंं १२ का वडाध्यक्ष इन्सान अलि धुनियालाई सपथ ग्रहण गराएका थिए।
कार्यक्रममा निवर्तमान नगर प्रमुख किरण सिंह, वडाध्यक्ष लगायतलाई बिदाई गरिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वधार मन्त्री सहसराम यादव, जसपाका प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, पूर्व मन्त्री दानबहादुर चौधरी, नेता नरसिंह चौधरी, इरफान खाँ लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो।कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सञ्चालनमा भएको हो।