रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एकीकृत समाजवादी बहुमतसहित विजयी भएको छ। वृन्दावन नगरपालिमा प्रमुख, उपप्रमुख र अधिकांश वडाध्यक्षमा प्यानलसहित नेकपा एसले जित निकालेको छ।
वृन्दावन नपाको नगर प्रमुखमा नेकपा एसका विनोदप्रसाद कुर्मीले ६११२ मत र उपप्रमुखमा संगीताकुमारी रामले ५७७२ मत प्राप्त गरी विजय हासिल गरेका छन्। नगर प्रमुखमा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामसिनेही राय यादवले ४६७८ र उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी शैतुन खातुनले ४६८८ मत प्राप्त गरेकी छन्।
नगरपालिकाको वडा नम्बर १ मा नेकपा एस, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र, वडा नम्बर ३ मा नेकपा एमाले, वडा नम्बर ४ र ५ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर ६, ७, ८ र ९ मा नेकपा एसले जित निकालेको छ।
वृन्दावन नगरपालिकामा नेकपा एसले विजय हासिल गरेसँगै रौतहटका तिन पालिकामा नेकपा एसको जित भएको छ। यसअघि सदरमुकाम गौर नगरपालिका र राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरिसकेको छ।