नेपाली काँग्रेसको टिकट च्यातेर विवेकशील साझाबाट फेटा गाउँपालिकाको अध्यक्षमा निर्वाचित बनेका रुस्तमले अन्सारीले सोमबार पदभार ग्रहण गरेका छन्।
निवर्तमान गाउँपालिका अध्यक्ष एवं एमाले उम्मेदवार अमिरीलाल प्रसादलाई दुई हजार ८६ मत अन्तरले पराजित गर्दै रुस्तम विजयी भएका हुन्।
फेटा नै विवेकशील साझाले जितेको एक मात्र पालिका हो। विवेकशील साझालाई यो सफलता दिलाउने रुस्तम ०५७ सालदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।
०७४ को स्थानीय निर्वाचनमा पनि काँग्रस पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका रुस्तलाई २०६९ साल पनि काँग्रेसले अध्यक्षमा टिकट दिएको थियो।
रुस्तमले उपाध्यक्षसहित ७ वटै वडामा आफूले रोजेको व्यक्तिलाई टिकट पाउनुपर्ने अडान लिए थिए। प्रदेश सहमहामन्त्री जय नारायण यादव र क्षेत्री सभापति सुनिल गुप्ताले आफ्ना नजिकका व्यक्तिलाई टिकट दिन दबाव दिनथालेपछि उनले कांग्रेस पार्टीका नेताहरुकै अगाडि गाउँपालिका अध्यक्षको टिकट च्यातेर फालिदिए।
काँग्रेसको टिकट च्यातेर साझा विवेकशील पार्टीबाट उपाध्यक्ष र वडाध्यक्षहरुमा राम्रो व्यक्तिलाई टिकट दिएर चुनाव लडेपछि रुस्तम सफल भएका हुन्।
उपाध्यक्षमा पनि विवेकशील साझाकै निलम साह निर्वाचित भइन्। ७ वटा वडामध्ये वडा नं ३ मा प्रल्हादप्रसाद साह तेली (१०५४) प्यानलसहित विजयी भएका छन्। वडा नं ६ मा अमीर हमजा ठकुराई (५९१) दुई खुल्ला सदस्य र एक महिला सदस्य जितेका छन्। बाँकी ५ वडामा जसपा र लोसपाले २/२ वटा वडा जित्दा एउटा एमालेले जितेको छ।
नवनिर्वाचित अध्यक्ष रुस्तमले आफ्नो पालिकालाई स्मार्ट पालिका बनाउने प्रतिबद्धता जनाएका छन्। उनी भन्छन्, ‘पालिकासँग भएको स्रोत साधनले जति सकिन्छ, त्यति त गरिन्छ।'