रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन्। पछिल्लो पटक नतिजा आएका जिल्लाका ६ वटा पालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत धनसिंह महराले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
बुटवल उपमहानगपालिकाका प्रमुख खेलराज पाण्डे, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन खान, मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई, सम्मरीमाइ गाउँपालिका अध्यक्ष विनोदकुमार श्रीवास्तव, गैडहवा गाउँपालिका प्रमुख शैलेन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचत अधिकृत धनसिंह महरा, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बोल्दै सबैको सद्भाव र सहयोगले रुपन्देहीमा शान्तिपूर्ण र उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न भएको बताए। आजै पालिका प्रमुख तथा अध्यक्षहरुले पदभार ग्रहण पनि गरेका छन्। नगरप्रमुख र गाउँपालिका अध्यक्षहरुले सोमबारै आ–आफ्ना पालिकाका उपप्रमुख तथा उपाध्यक्षसहित निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाउनुका साथै पदभार ग्रहण पनि गरेका छन्।
सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका प्रमुख पाण्डेको निर्णय
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सोमबार पदभार ग्रहण गर्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने निर्णय गरेका छन्। बुटवलको मुख्य समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बासोबासको आधारमा अस्थाइ प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गर्दै नगरप्रमुख पाण्डेले आफ्नो कार्यकाल सुरु गरेका हुन्।
नगरपालिकाको तथ्याङ्क अनुसार बुटवलमा २० हजार सुकुम्बासी छन्। हरेक निर्वाचनमा चुनावी नारा बनाइने गरेको त्यही सुकुम्बासी समस्या समाधानका लागि अल्पकालीन र दिर्घकालीन योजना अनुरुप अगाडि बढ्ने मेयर पाण्डेले बताएका हुन्। ‘अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरी बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिइ वार्डबाटै नामसारीको काम गर्नेछौं भने दीर्घकालीन रुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं,’ पदभार ग्रहणपछि पाण्डेले भने।
पदभार ग्रहण कार्यक्रममा पाण्डेले चौराह–गोलपार्क सडक, तिनाउ दानव करिडोर, मोतिपुर औधोगिक क्षेत्र, ज्योतीनगरको पहिरो प्रभावित नागरिकका समस्या समाधान गर्ने, गृहणी र विद्यार्थी रोजगार कार्यक्रम, कृषि थोक बजार केन्द्र निर्माण जस्ता कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन जस्ता विकासका आधारभूत पक्षहरुलाई प्राथमिकतामा राखेर बुटवललाई बाणिज्य, व्यापार तथा पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताएका छन्। जनताले आफूलाई दिएको विश्वासलाई कायम राख्दै सबै राजनीतिक दल र विज्ञहरुको सुझाव सल्लाह लिएर बुटवलको समग्र विकासमा लाग्ने प्रतिवद्धता गरे।
पदभार ग्रहण गर्दै नगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेकी छन्। उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन नियमित गर्ने निर्णयमा उपप्रमुख अर्यालले हस्ताक्षरण गरेकी हुन्।
पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले चुनौतीहरुलाई चिर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले उत्कृष्ट कार्य गरेर जनतालाई राहतको अनुभूति गराउनु पर्ने बताए। २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन गर्नु परेको बताउँदै उनले यसपाली सरकारले ठूलो चुनौतीका बाबजुद सबै स्थानीय तहमा एकैपटक निर्वाचन गरेर ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताए। उनले संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निकै महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेश सरकारले आवश्यकता अनुसारका सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। बुटवललाई देशकै उत्कृष्ट बाणिज्य र पर्यटकीय सहरको रुपमा विकास गर्न सुझाए।
प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्री, प्रदेश सभा सदस्य लिला गिरि, बुटवल उपमहानगरपालिकाका निवर्तमान प्रमुख शिवराज सुवेदी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु,नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे।