काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले केही दिन प्रक्रिया रोकेर भएपनि असन्तुष्ट पक्षसँग संबादमार्फत अधिकतम सहमति जुटाएर मात्र संविधान जारी गर्नुपर्ने बताएका छन्।चन्दले दुई चार दिन ढिला भएर केही फरक नपर्ने भन्दै सबैलाई सहमतिमा ल्याएर संविधान जारी गर्नुपर्ने बताए । 'दुई चार दिन ढिला गरेर केही हुँदैन,' मंगलबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा चन्दले भने,'तर सबैको भावना समेटेर संविधान जारी गर्नु पर्छ । हिंसात्मक आन्दोलनले मुलुकलाई संकटमा लान्छ । बार्तामा आउनु पर्यो । सकेसम्म माग पुरा गर्नु पर्छ । नभए पनि संविधान संसोधनको लचिलो ब्यवस्था गर्नु पर्छ ।'
चन्दले संविधान सैद्धान्तिक दस्तावेजमात्रै भएकोले यसमा यो पनि, त्यो पनि दिन्छौ भनेर दलहरुले गरेको गल्तीको परिणाम अहिलेको अवस्था आएको भन्दै पछि कानूनमा असर नपर्ने गरी संविधान निर्माण गर्नु पर्ने बताए ।
फरक प्रसंगमा चन्दले पशुपति शमसेर राणाले प्रत्येक तीन महिनामा बस्नु पर्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठक १५÷१६ महिनासम्म र प्रत्येक महिना बस्नु पर्ने कार्य सम्पादनसमितको बैठक १५ महिना सम्म नबसाएर पार्टीको एकता महाधिवेशनको निर्णय विरुद्ध हुकुमी शैलीमा पार्टी चलाएकोले आफूहरुले विद्रोह गर्नु परेको बाध्यता बताउँदै १०३ सदस्यीय कार्य समितिमा ६१ जना सदस्य आफूहरुको पक्षमा रहेकोले आफूहरु नै आधिकारिक हुने दाबी गरे ।