काठमाडौ-नेकपा एमालेले संविधान जारी भएपछि तराई मधेस केन्द्रीत अभियान चलाउने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसमा देखिएको असन्तोषलाई शान्त पार्न आफूसहित सबै नेता तराई मधेस जाने बताए।
'संविधान जारी भएपछि तराई- मधेसमा देखिएको भ्रम चिर्न हामी मधेस जाने छौं,' ओलीको भनाइ उद्धृत गर्दै एमाले सभासद रेवतीरमण भण्डारीले नागरिकसँग भने, 'संविधानमा रहेका विषयको बारेमा तराई मधेसमा विशाल सभाहरु हुने छन्। मसहित सबै सभासदहरु त्यसमा सहभागी हुने छौं।'
संविधानको मस्यौदामाथि असन्तुष्टि जनाउँदै तराई मधेशमा आन्दोलन चर्किएमा ओलीको यस्तो अभिव्यक्ति आएको हो। आन्दोलनकारीको निशानामा एमालेका नेताहरुको घर र कार्यालय परेका छन्।
बैठकमा अध्यक्ष ओलीले संविधानको कतिपय विषयमा आफू समेत असन्तुष्ट रहेको बताए। 'तराईहरुको असन्तुष्टि जाजय छ। कतिपय विषयमा म पनि असन्तुष्ट रहेको छु,' ओलीले भने।
बैठकमा ओलीले संविधान निर्माणको विषयमा एमाले एक ढिक्का भएर प्रस्तुत भएको भन्दै सभासदहरुलाई प्रसंसा गरेका थिए। 'सबै सभासद र सिंगो पार्टी एक ढिक्का भएर प्रस्तुत हुँदा मलाई गर्व लागेको छ। अहिले एमाले मात्रै पार्टी जस्तो देखिएको छ,' ओलीले भने, 'एमालेले दलीय राजनीतिको सन्देश दिएको छ।'
ओलीले प्रमुख सचेतकले भनेको व्यक्तिले मात्रै संविधानसभाको मस्यौदामाथि हुने छलफलमा भाग लिन समेत आग्रह गरे। 'चाँडै संविधान जारी गर्ने पर्ने भएकाले सबैले बोल्न नपाउने हुनसक्छ। कसले बोल्न भन्ने विषय प्रमुख सचेतकले निर्धारण गर्नुहुने छ,' ओलीले भने, 'संविधान जारी गर्न जति ढिलो भयो त्यति नै देशमा अराजकता बढ्छ।'