‘दलहरूप्रति वितृष्णा’
१० जेष्ठ २०७९
•
३ मिनेट पाठ
‘दलहरूप्रति वितृष्णा’
प्रमुख राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा आम मतदाताको रोजाइ गैरराजनीतिक व्यक्तिमाथि परेको छ।




वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा राजधानी काठमाडौंको काठमाडौं महानगरपालिकाका साथै धनगढी र धरान उपमहानगरपालिकामा आम मतदताको रोजाइ राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र व्यक्ति परेका हुन्। ठुला भनिएका राजनीतिक दलहरूको प्रभाव क्षेत्र र त्यसमाथि उनीहरू गठबन्धन गरेर निर्वाचनमा होमिएको अवस्थमा समेत स्वतन्त्र उम्मेदवारले फराकिलो मतान्तरले दलका उम्मेदवारलाई पछि पारेका छन्।

नागरिक अभियन्ता श्याम श्रेष्ठले काठमाडाैँ, धनगढी, धरानजस्तो सचेत ठाउँमा स्वतन्त्र उम्मेदवार हाबी हुनुले नागरिक राजनीतिक दलहरूप्रति निरास छन् भन्ने संकेत दिएको बताए। ‘नागरिकले दल होइन, व्यक्ति रोजेको देखिन्छ। निर्वाचनमा स्वतन्त्र उम्मेदवार हाबी भएको यो सुरुवात मात्र हो,’ श्रेष्ठले भने, ‘अब थुप्रै ठाउँमा यस्ता उदाहरण आउनेछन्। यो सुरुवात मात्र हो। यो दलहरूका लागि सच्चिने मौका पनि हो।’ नागरिकले दललाई नभई व्यक्तिलाई रोजेको घटनाबाट दलहरूले पाठ सिक्नुपर्ने उनले सुझाव दिए।

यसैगरी राजनीतिक विश्लेषक हरि रोकाले अब पनि राजनीतिक दलहरू सच्चिएनन् भने तिनीहरूका विरुद्ध आन्दोलन हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताए। ‘दलहरू सच्चिएनन् भने यसले सिस्टमलाई नै धराशयी बनाउन सक्छ। किनभने काठमाडौं, धरान, धनगढीजस्तो सचेत ठाउँका जनताले दलहरूप्रति अविश्वास देखाएका छन्,’ उनले भने।

बौद्धिक र सचेत भनिएका ठाउँमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पारेर राजनीतिक दलको छहारी बाहिर हुर्केका स्वतन्त्र व्यक्तिहरू हाबी हुनुले यसले गम्भीरतातर्फ संकेत गरेको उनले बताए। चुनाव जितेका स्वतन्त्र उम्मेदवारहरूले जितेपछि सामाजिक न्याय गर्न सकेनन्, भ्रष्टाचार अन्त्य गर्न सकेनन्, राम्रो काम गर्न सकेनन् र आफूहरू अहिलेको व्यवस्थाभन्दा पनि ठुलो हुँ भन्ने ठाने भने यसबाट उनीहरूलाई नै प्रत्युत्पादक हुने रोकाको भनाइ छ। ‘स्वतन्त्रले राम्रो काम गरे, सामाजिक न्याय गरे, भ्रष्टाचार अन्त्य गरे भने उनीहरूकै नेतृत्वमा नयाँ पार्टी जन्मन सक्छ। त्यसले नयाँ विकल्प दिन सक्छ,’ रोकाले भने, ‘त्यसैले यो अवसर स्वतन्त्र उम्मेदवारका लागि पनि हो।’

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपालले हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतको फरकले चुनाव जितेका छन्। वडलाई नेपाली कांग्रेस मात्र नभई गठबन्धनमा रहेका पाँच दलको समर्थन थियो। यति हुँदाहँदै हमालले २६ हजार ८ सय ६५ भोट ल्याएका छन्। हमाल कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्। 

त्यतिबेलादेखि नै उनी धनगढीमा चिनिएका थिए। त्यसो त हमाल चार वर्षसम्म एउटा पार्टीमा आबद्ध रहे। २०७४ सालमा उनी विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजक भएर काम गरे। तर विवेकशीलमा उनी लामो समय रहेनन्। उनी फेरि स्वतन्त्र भए। ‘विवेकशीलबाट उम्मेदवारी दिए मेयर हुन सक्ने अवस्था नदेखेपछि उनले विवेकशील छाडे,’ हमालनिकटहरू भन्छन्।

धनगढीमा हमाल स्वतन्त्र भए पनि चिनिएका र पहुँच भएका व्यक्ति हुन तर धरान उपमहानगर पालिकाको मेयरमा चुनाव जितेका हर्क राई साम्पाङ सरल मात्र होइनन्, सोझा पनि छैनन्। उनी हमालजस्ता सभ्रान्त पनि होइनन्। तर पनि उनी धरानवासीको मन जित्न सफल भएका छन्। धरानवासीले नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई दोस्रो स्थानमा राखेर राईलाई ४ हजार ७ सय ७० मतको फरकले हर्क राईलाई जिताएका छन्।

हर्क राईले २० हजार ८ सय २१ भोट ल्याएका छन् भने किशोर राईले १६ हजार ५१ भोट ल्याएका छन्। हर्क राईले चुनाव जित्छन् भन्ने प्रमुख राजनीतिक दलहरूले कल्पनासमेत गरेका थिएनन्। किनभने आफूले गरेको भाषण सुन्ने व्यक्तिसमेत भेट्न उनलाई गाह्रो थियो। तर परिस्थिति दलहरूले सोचेजस्तो भएन। अन्ततः हर्क राईले चुनाव जिते।

यता काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह जितनजिक छन्। अब कुनै चमत्कार भएन भने बालेन्द्र विजयी हुने अवस्थामा छन्। आइतबार साँझसम्म बालेन्द्र प्रतिस्पर्धी उम्मेदवारभन्दा १७ हजार भन्दा बढी भोटले अगाडि छन्।

त्यसो त जनकपुर उपहानगरपालिकको मेयरमा पनि स्वतन्त्र उम्मेदवार मनोज साह सुढी पनि प्रतिस्पर्धी उम्मेदवारभन्दा झन्डै २ हजार भोटले अगाडि छन्। तर उनलाई जनकपुरवासीले स्वतन्त्र उम्मेदवारभन्दा पनि नेपाली कांग्रेसका बागी उम्मेदवार भनेर चिन्ने गर्छन्। उम्मेदवारी दिनुअघिसम्म उनी नेपाली कांग्रेसमा आबद्ध थिए।
अर्को समाचार
पुराना दलप्रतिको वितृष्णा स्वाभाविक, जनताले समृद्धिको विकल्प खोजे: महतो
११ चैत्र २०८२
•
१ मिनेट पाठ
पुराना दलप्रतिको वितृष्णा स्वाभाविक, जनताले समृद्धिको विकल्प खोजे: महतो
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा पुराना राजनीतिक दलहरूप्रति देखिएको जनवितृष्णा र निराशा पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।




जनताले सुशासन र समृद्धिका लागि परिवर्तन चाहेको र पुराना दलले त्यसको प्रत्याभूति दिन नसक्दा नयाँ विकल्पको खोजी भएको उनको भनाइ छ।

निर्वाचनको परिणामलाई कुनै अनौठो मान्न नहुने बताउँदै महतोले हरेक आन्दोलनपछिका चुनावमा जनताले आफ्नो असन्तुष्टि र चाहना मतमार्फत व्यक्त गर्ने गरेको सुनाए।

पुराना दलहरूसँग देश चलाउने स्पष्ट वैचारिक दृष्टिकोण र नीति नभएका कारण मतदाताले उनीहरूलाई दण्डित गरेको महतोको विश्लेषण छ।

‘जनतालाई सुशासन र समृद्धि चाहिएको छ तर पुराना दलहरूसँग न विचार छ, न त काम गर्ने शैली नै,’ महतोले भने, ‘विचारविहीन पुरानो अनुहार लिएर मात्र काम लाग्दैन, त्यसैले जनताले विचारसहितको नयाँ विकल्प खोजेका हुन्।’

उनले चुनावमा परिवर्तन भन्ने शब्दले जनताको भावनामा गहिरो प्रभाव पारेको बताए। जनताले कुन पार्टीको विस्तृत नीति र सिद्धान्त के हो भनेर गहिरिएर बुझ्नुभन्दा पनि जसले सुशासन र समृद्धिको आश देखायो, उसैलाई मतदान गरेको उनको तर्क छ।

यद्यपि, अनुहार मात्र नयाँ भएर नपुग्ने र स्पष्ट विचारसहितको विकल्प देशलाई आवश्यक रहेकोमा उनले जोड दिए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन्।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस