काठमाडौं- संविधानसभामा संविधानको परिमार्जित विधेयकमाथि मंगलबार दफाबार छलफल सुरु भएको छ। दिउँसो ३ बजे सुरु भएको संविधानसभा बैठकमा संशोधनकर्ता सभासदहरूलाई आफ्नो प्रस्ताव पेस गर्दै संविधानको विधेयकमाथि दफाबार छलफलमा सहभागी हुन समय दिइएको छ।बैठक बिहान ११ बजेदेखि बस्ने बताइए पनि प्राविधिक कारण देखाउँदै ढिलो सुरु भएको थियो।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले दफाबार छलफल गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो। राप्रपा नेपाल बाहेक अन्य सहभागी दलका सभासद दफाबार छलफलको पक्षमा थिए।
प्रस्ताव पेस गदर्ैै समितिका सभापति सिटौलाले संविधानले नै दिगो शान्ति, राजनीतिक स्थिरता र समृद्धि कायम हुने भएकाले संविधानसभाले छिट्टै संविधान दिने बताए। उनले ८ वर्षदेखि संविधान निर्माण निरन्तर छलफलमा रहेको बताउँदै पार्टीभित्र र पार्टीहरूबीच अनेक मत रहे पनि सम्झौताको दस्तावेज जारी हुन लागेकाले कसैले आपत्ति जनाउन नहुने धारणा राखे।
'आम जनतामा छिट्टै संविधान आउँछ भन्ने लागेको छ,' सिटौलाले भने, 'अब निरन्तर प्रक्रिया अघि बढाएर समयमा संविधान दिनुपर्छ। समस्याको समाधान संविधानले नै दिन्छ।'
दफाबार छलफलका क्रममा प्रेमबहादुर सिंह, दीपक बोहोरा, शिवलाल थापा, सीमाकुमारी विक, रामकुमार राई, यशोदाकुमारी लामा, कमल थापा, लक्ष्मण राजवंशीले धारणा राखेका थिए। अन्य संशोधनकर्ताले बुधबारको बैठकमा आफ्नो धारणा राख्नेछन्। बिहीबार संसदीय दलका नेताहरूलाई संविधानको परिमार्जित विधेयकमा धारणा राख्नका लागि समय उपलब्ध गराइनेछ।
राप्रपा नेपालका अध्यक्ष थापाले भने संविधानसभाको प्रक्रियामा रहने कि नरहने भन्ने अन्योल कायमै रहेकाले औपचारिकता लागि मात्रै रोस्ट्रममा उभिएको बताएका थिए।
'संविधान जारी गर्ने बेला मधेसकेन्द्रित दल अलग भएका छन्,' थापाले रोस्ट्रममा उभिएर भने, 'राप्रपा नेपालमाथि निरन्तर निषेध कायम गरिएको छ। बाँकी प्रक्रियामा सहभागी हुने कि नहुने भन्ने गम्भीर प्रश्न हामीमा उत्पन्न भएको छ। त्यसैले यहाँ म औपचारिकताका लागि मात्रै उपस्थित भएको छु।' थापा यति भनेर बाहिरिएका थिए।
अन्य संशोधनकर्ताले भने संशोधन प्रस्तावसहित परिमार्जित विधेयकको दफामा अडिएर छलफलमा भाग लिएका थिए।
छुट्टाछुट्टै छलफल हुने, प्रक्रिया नरोकिने
यसैबीच, संविधानसभा भवन नयाँ बानेश्वरमा मंगलबार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा तीन दलका प्रमुख नेता र प्रमुख सचेतकहरूको छलफल भएको थियो।
'प्रमुख दलका नेताहरूलाई मैले समग्र प्रक्रियाका बारेमा जानकारी गराएँ,' नेम्वाङले नागरिकसँग भने, 'विजय (गच्छदार) जी र कमल थापाजीका बारेमा पनि मैले उहाँहरूलाई ध्यानाकर्षण गराएँ। निर्णयको संघारमा रहेका राजनीतिक दलहरूलाई सहमतिमा ल्याउने प्रयास जारी राख्न आग्रह गरेँ।'
तीन दलको बैठकमा संविधान निर्माण प्रक्रियालाई नरोकी सबै दलले छुट्टाछुट्टै छलफल अघि बढाउने निष्कर्ष निकालिएको थियो। 'सबैसँग सबैले छलफल गर्ने कुरा भएको थियो,' नेम्वाङले भने, 'त्यसपछि नै उहाँहरू लागिसक्नुभएको छ।'