काठमाडौं–संविधानसभाको चौथो ठुलो दल राप्रपा नेपालले संविधान निर्माणको जारी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ। अहिले पनि ठूलो शक्ति संविधानभा बाहिर रहेको भन्दै राप्रपा नेपालले तीन दलले अन्य दललाई समेट्ने प्रयास नगरेको भन्दै संविधानसभाको जारी प्रक्रियाबाट अलग हुने निर्णय गरेको हो।बुधबार अध्यक्ष कमल थापाको निकास विशालनगरका बसेका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियाबाट अलग हुने निर्णय गरेको अध्यक्ष कमल थापाले जनाएका छन्। राप्रपा नेपालले संवैधानिक राजतन्त्र, हिन्दुराज्य विकेन्द्रिकृत सिद्धान्तको आधारमा केन्द्रिकृत राज्य प्रणाली हुनुपर्ने माग अगाडि सार्दै आएको छ।
'यो संविधानसभाले दिगो शान्ति दिन नसक्ने अवस्थामा प्रक्रियामा बस्नुको औचित्य समाप्त भयो,' राप्रपा नेपालका सहायकमहामन्त्री राजाराम श्रेष्ठले भने,'संविधानसभाका धेरै दल बाहिर रहेको अवस्थामा जारी हुने संविधानले दिगो शान्ति दिन नसक्ने भएपछि प्रक्रियाबाट बाहिरिने निर्णय भएको हो।'
यसअघि तमलोपा, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, सद्भावना पार्टी , नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक मञ्च थरुहट, स्वतन्त्र सभासद चन्द्रेश्वर झाले संविधानसभाको जारी प्रक्रिया बहिष्कार गरिसकेका छन् ।