काठमाडौं–पहिलो संविधानसभाको निर्वाचनमा चौथो शक्ति बन्न सफल मधेस केन्द्रित मधेस दल दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा जम्मा ५४ सिटमा समेटिए। सत्ताको लागि पटक पटक विभाजित हुँदा पहिलो संविधानसभामा तीन दलको संख्यामा रहेका मधेसी दले संख्या दर्जन बढी पुगेको छ।संघीयतासहितको संविधान तथा संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने प्रमुख माग गरेका सबै मधेसी दल संविधानसभाको प्रक्रियाबाट बाहिरिएका छन्। मंगलबार मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले संधिवानसभाको प्रक्रियाबाट बाहिरिने निर्णयसँगै संविधानसभा मधेसी दलबिहीन भएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले पनि मंगलबार बसेको संविधानसभाको बैठकमा आफ्ना भनाइ राखेर संधिवानसभाको प्रक्रियाबाट अलग भएको घोषणा गरे। हाल संविधानसभामा संघीय समाजवादी फोरम नेपालका १५, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका १४, तराई मधेस लोकतान्त्रिक पार्टीका ११, राष्ट्रिय मधेस समाजवादी पार्टीका ३, तराइ मधेस सद्भावना पार्टीका ३, मधेसी जनअधिका फोरम गणतान्त्रिकका १ र नेपाल सद्भावना पार्टीका १ सभासद छन्। ६ सभासद भएको सद्भावना पार्टीले यसअघि नै संविधानसभा छाडिसकेको छ। अहिले पनि फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीले औपचारिक रुपमा संविधानसभाको प्रक्रिया बहिष्कार गरेको घोषणा नगरे पनि यी दुवै दल आन्दोलनमा होमिएका छन्।
मधेस केन्द्रित दलले अहिलेको संविधानसभाबाट अधिकार प्राप्ति नहुने भन्दै आन्दोलनमार्फत नै सबै कुरा छिनोफानो गर्ने दाबी गर्दै आएका छन्। उनीहरुले विगतमा राज्यसँग भएको आठ बुँदे सहमतिको कार्यन्वयन पहिलो सर्त भएको बताएका छन्। तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले सरकारसँग आफूहरुको कुनै नयाँ माग नरहेको तथा विगतका सम्झौता कार्यान्वयन एकमात्र एजेण्डा भएको बताए। 'हामीले केही नयाँ माग राखेका छैनौं,' उनले भने,'विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सरकारले गरेको सम्झौता कार्यान्वयन मोर्चाको एकमात्र माग हो ।'
अहिले मधेसी मोर्चामात्र नभएर थारुवान–थरुहट संयुक्त संघर्ष समितिले नलवपरासीदेखि कन्चनपुरसम्मको भूभाग थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा होमिएको छ। मधेसी दलले मात्र नभएर थरुहट तराई पार्टीले औपचारिक रुपमा संविधानसभाको प्रक्रियाबाट अलग भइसकेको छ भने अर्को दल संघीय लोकतान्त्रिक मन्च (थरुहट) ले पनि औपचारिक रुपमा संविधानसभाको प्रक्रियाबाट अलग हुने निर्णय गरिसकेका छन्। सरकारलाई समर्थन गर्दै आएका स्वतन्त्र सभासद चन्द्रेश्वर झाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संविधानसभा प्रक्रियाबाट अगल हुने घोषणा गरिसकेका छन्। हालसम्म ११ दल र एक स्वतन्त्र सभासदले संविधानसभाको प्रक्रिया बहिष्कार गरिसकेका छन्।
संविधानसभाको प्रक्रिया बहिष्कार गरेका मधेसी दलले सरकारसँग तत्तकाल कुनै वार्ता नहुने अडान राखेका छन्। उनीहरुले वार्ताको पहिलो सर्तको रुपमा विगतमा भएका सम्झौता कार्यान्वयन हुनेपर्ने माग राखेका छन्। तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले तीन ठुला दलले मुलुकलाई एक जाति र एक भाषातर्फ फर्काउन लागेकाले तत्काल कुनै वार्ताको सम्भावना नरहेको बताए।
'संविधान जारी नगरे राजा फर्कने भ्रम फैलाएर ठूला दलले एकज जातीय केन्द्रितकृत राज्य बनाउन लागेका छन,' यादवले नगरिकन्युजसँग भने,'यस्तो अवस्थामा कुनै वार्ताको सम्भावना रहँदैन । वार्ताको लागि विगतमा भएको सहमति कार्यान्वयन हुनु पर्ने उनले बताए। कर्णालीका जनताले केही दिन आन्दोलन गर्दा माग पुरा हुने तर मधेसका दर्जनौं जनताले सहादत प्राप्त गर्दासमेत माग पुरा नगरको भन्दै काठमाडौंसँगको सम्बन्ध टुट्ने चेतावनी दिए।
फोरम लोकतान्त्रिका प्रमुख सचेतक रामजनम चौधरीले सहमतिमा संधिवान बनाउन आफ्नो दलले निकै ठुलो योगदान गरेपनि प्रमुख तीन दलको अहंका कारण मुलुक दुर्घटनातर्फ उन्मुख भएको बताए। सबै दललाई सहमतिमा ल्याउन संधिवानसभाको जारी प्रक्रिया केही दिनका लागि रोकेर सहमतिको प्रयास गर्नुपर्ने अन्यथा आन्दोलनको विकल्प नभएको बताए।