कठमाडौं–नेकपा एमालेले आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेको छ। अध्यक्ष केपी ओलीले बुधबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्।आन्दोलनले प्राप्त उपलब्धीको संस्थागत गर्न नसक्ने भन्दै ओलीले अहिलको आन्दोलनका कारण प्राप्त उपलब्धीसमेत गुम्ने खतरा रहेको बताए। 'यो आन्दोलनले प्राप्त उपलब्धीसमेत गुम्ने खतरा छ,' ओलीले भने,'थप उपलब्धी हाँसिल हुने भन्दा पनि प्रतिगमनलाई फाइदा पुग्नेमात्र हो ।'
आन्दोलनरत समुहले उठाएका माग अहिले पनि सम्बोधन गर्ने ठाउँ रहेको भन्दै ओलीले भने,'संविधानको परिमार्जित विधेयकमा ५६ वटा संशोधन प्रस्ताव परेका छन,। तीमध्ये कुनै एक उचित प्रस्तावमार्फत पनि समस्याको निकास खोज्न सकिन्छ।' उचित माग सम्बोधन गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै ओलीले उचित माग सम्बोधन गर्न तयार रहेको बताए।
संविधान निर्माण प्रक्रियाबाट अलगिएका सभासदहरुलाई लक्ष्यित गर्दै अाेलीले व्यंग्य गरे। 'लटरम्ब आँप फलेका ठाउँमा २-४ वटा आँप झर्दा धेरै खसेजस्तो लाग्छ। अहिले पनि धेरै बाहिर गएका होइनन्। ६ सय बाट पाँच सय पचास भए भन्ने जस्तो मात्र हो।'