काठमाडौं– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूहरुलाई धम्क्याउनका लागि केही सभासदहरुले प्रक्रिया बहिस्कार गर्ने धम्की दिएको बताएका छन्।संविधानसभा भवन नयाँ बानेश्वरमा कांग्रेसभित्रका केही मधेसी सभासदहरुले मधेसका एजेण्डा सम्बोधन नगरिए, आन्दोलनको सम्बोधन नगरे प्रक्रिया बहिस्कार गर्न हस्ताक्षर अभियान चलाइरहेका बेला पौडेलको यस्तो बताएका हुन्।
कांग्रेसका सुरेन्द्र चौधरीले आफुहरु प्रक्रियामा सहभागी हुने कि नहुने भनेर आन्तरिक छलफल जारी राखेको बताएका थिए।
त्यसको केहीबेरपछि नै पौडेलले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रक्रियाबाट बाहिर जान्छौं भनेर आफूहरुलाई धम्की मात्र दिएको बताए ।
उनले कांग्रेसका कुनैपनि सभासद प्रक्रियाबाट बाहिर नजाने समेत स्पष्ट पारे।