प्रमुख दलद्वारा वार्ता आह्वान
२३ भदौ २०७२
•
१० मिनेट पाठ
प्रमुख दलद्वारा वार्ता आह्वान
काठमाडौं- प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आन्दोलनरत राजनीतिक दललाई सबै समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक तवरबाट खोज्नुपर्ने भन्दै तत्काल वार्तामा आउन अपिल गरेका छन्।प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार राति संयुक्त वक्तव्य जारी गरेर वार्ताका लागि अपिल गरेका हुन्।

वार्ता र संविधान निर्माण प्रक्रिया सँगसँगै लैजाने निष्कर्षका साथ अपिल जारी गरिएको उनीहरूले जनाएका छन्। संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठकले आन्दोलनरत दललाई वार्ताका लागि अपिल गर्ने र वार्ताकै टेबलमा बसेर पूरा गर्न सकिने माग सम्बोधन गर्ने निष्कर्ष निकालेको थियो।

'देशको कमजोर अर्थतन्त्रमा झन् गम्भीर असर पर्ने तथा सर्वसाधारण जनतामा ठूलो कष्ट हुने गरी बन्द र आमहडताल जस्ता कार्यक्रम फिर्ता लिन, सार्वजनिक र सरकारी कार्यालय तथा निजी सम्पत्ति तोडफोड र हिंसात्मक क्रियाकलापतर्फ आन्दोलनलाई जान नदिन र सबै समस्याको समाधान शान्तिपूर्ण लोकतान्त्रिक तवरबाट खोज्न तत्काल वार्तामा आउन हामी सम्बद्ध सबै राजनीतिक दललाई हार्दिक अपिल गर्दर्छौं,' संयुक्त वक्तव्यमा भनिएको छ।

प्रमुख दलका शीर्ष नेता एवं संसदीय दलका नेताहरूले बिहीबार बिहान संविधानसभामा सम्बोधन गर्दै थप लचकताबारे स्पष्ट पार्ने प्रयास गर्ने भएका छन्। तीन दलका शीर्ष नेताले सीमांकनमा लचिलो भएर अन्तिम निर्णय गर्ने जिम्मा आयोगलाई दिने विषयमा पनि आन्तरिक छलफल गरेको स्रोतले जानकारी दियो।

बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सकेसम्म संविधान जारी गर्ने बेलामा बाहिरिन दिन नहुने विषयमा पनि छलफल भएको स्रोतले बतायो। त्यसका लागि कैलाली, सुनसरी र मोरङको निर्णय संघीय आयोगले गर्ने विषयमा सहमति गर्न लचकता अपनाउन सकिने बारेमा पनि छलफल भएको स्रोतले जानकारी दियो।

तीन दलले जारी गरेको संयुक्त वक्तव्यमा हिमाल, पहाड र तराई–मधेसमा जनताको अधिकार र समृद्धिको मुद्दा साझा भएकाले देशको एकता र सामाजिक सद्भाव कायम राख्दै विभिन्न समुदायका निम्ति निरन्तर क्रियाशील रहने एजेन्डा पनि साझा रहेको उल्लेख छ।

'अहिले संविधानसभाको बहस अन्तिम चरणमा पुगेका बेला हामी पुनः आन्दोलनरत सबै राजनीतिक दल र नेतृत्व पंक्तिलाई शान्तिपूर्ण छलफलद्वारा प्रस्तावित संविधानलाई थप परिमार्जन गर्न सक्ने अवसर उपयोग गर्न अनुरोध गर्दछौं,' संयुक्त वक्तव्यमा भनिएको छ, 'मतभेद र द्वन्द्वको उत्कर्षका बेलामा पनि वार्ता र छलफलको ढोका बन्द हुँदैन र गर्नु हुँदैन भन्ने हाम्रो मान्यता छ। हामी नेपाली जनताको अधिकारका लागि सँगै संघर्ष गरेका राजनीतिक पार्टी हौं। हिमाल, पहाड र तराई–मधेसमा जनताको अधिकार र समृद्धिको मुद्दा हाम्रो साझा मुद्दा हो। देशको एकता र सामाजिक सद्भाव कायम राख्दै विभिन्न समुदायका निम्ति निरन्तर क्रियाशील रहने एजेन्डा पनि हाम्रो साझा एजेन्डा हो। लोकतन्त्र र राष्ट्रिय हितको व्यापक आवश्यकतालाई महसुस गरी वार्ता र संवादको पक्षमा सकारात्मक भूमिका खेल्दै योगदान गर्न आह्वान गर्दछांै।'

संविधान निर्माणको निर्णायक बेलामा विभाजित नभई एकताबद्ध भएर जनताको पक्षमा लोकतान्त्रिक संविधान लेख्नुपर्ने ठहर तीन दलका नेताको छ।

'संघीयतालाई वास्तविक रूपमा प्रयोग गर्न र परिणामसम्म पुर्यारउन सक्छौं। गणतन्त्रलाई संस्थागत गर्न सक्छौं। सामाजिक न्याय र आर्थिक विकासलाई सुनिश्चित गर्न सक्छौं तथा समावेशितालाई संरक्षित गर्न सक्छौं,' वक्तव्यमा भनिएको छ।

उनीहरूले यसअघि पनि वार्ता र संवादमा आउन पटक–पटक आह्वान गरेको पनि उल्लेख गरेका छन्। 'हाम्रो साझा दायित्व संविधानसभाबाट पूरा गर्नका लागि वार्ता र संवादमा आउन हामीले सबै आन्दोलनरत पार्टी र नेतृत्वलाई निरन्तर आह्वान गरेका छौं,' वक्तव्यमा भनिएको छ, 'प्रधानमन्त्रीले पटक–पटक आन्दोलनरत पार्टी र नेतृत्वपंक्तिलाई पत्राचार गरी वार्तामा आउन आह्वान गर्नुभएको छ। हामीले विभिन्न समयमा अनौपचारिक भेटघाट र कुराकानी गरेका छौं र सम्बन्धित सबैलाई संवादमा फर्कन लगातार अनुरोध गरिरहेका छौं।'

वक्तव्यमा नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने प्रक्रिया अहिले निर्णायक चरणमा आइपुगेका बेला कुनै पनि राजनीतिक दल र सभासदले संविधानसभाको वर्तमान प्रक्रियाबाट आफूलाई अलग राख्नु कसैका लागि पनि सुखद नहुने उल्लेख गरिएको छ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले फेरि पनि वार्ताको प्रयास भएको बताए। 'वार्ता गरौं, छलफल गरौं र संविधान जारी गरौं,' पौडेलले भने, 'फेरि वार्ताका लागि आह्वान भएको छ। सर्त वार्ताको टेबलमा बसेर हुन्छ। सीमांकनका विषयमा आयोगलाई जिम्मा दिने कुरा पछि पनि गर्न सकिन्छ।'

वनमन्त्री एवं कांग्रेस नेता महेश आचार्यले तीन दलको वक्तव्य पढेर सुनाउँदै वार्ताको टेबलमा बसेर सबै विषयको समाधान गर्न सकिने बताए। उनले अहिले आन्दोलन गर्ने बेला नभएकाले आन्दोलनरत पक्षलाई वार्तामा आउनसमेत आग्रह गरे।

यसैगरी, नेकपा एमालेका नेता माधवकुमार नेपालले पनि वार्तामार्फत समस्याको समाधान गर्न सकिने भएकाले अहिले वार्तामा आउनु नै उचित हुने धारणा राखे।

'केही इस्यु छन् भने शान्तिपूर्ण वातावरणबाट पूरा गर्न सकिन्छ,' नेपालले भने, 'सदरमुकाम, प्रहरी चौकी आक्रमण गर्ने, लाठी, भाला लिएर हिँड्ने कुरा शान्तिपूर्ण हुन सक्दैन। सबैभन्दा पहिले वार्ताका लागि आउनुपर्छ। सकेसम्म विषयवस्तुलाई सम्बोधन गर्नुपर्छ।'

नेता नेपालले तराई–मधेसका जनताको विश्वास आफूहरूले लिएको बताए। 'नेता र पार्टी कार्यालयमा आक्रमण गरेर वार्ता बिथोलिन्छ,' उनले भने, 'कतिपय विषय सम्बोधन गर्न सकिन्छ।'

एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट जस्तोसुकै दबाब आए पनि संविधान निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारे। 'हामी अन्याय, अत्याचारमा परेकालाई मुक्ति दिलाउन चाहन्छौं। निर्दोषलाई उकासेर सदरमुकाम र प्रहरी चौकीमा हमला गराइँदैछ। त्यसको पछि के छ? इतिहासले पुष्टि गर्छ,' उनले भने, 'मधेसमा आन्दोलन छँदै छैन। विभिन्न ठाउँमा हिंसा भड्काउन खोजिएको छ। लोकतन्त्रमा यस्तो आन्दोलन हुन्छ? तरबार लिएर आन्दोलन हुन्छ? हिंसा भड्काएर हुँदैन। शान्तिपूर्ण ढंगले निकालिएका आवाजलाई लोकतान्त्रिक सरकारले सम्बोधन गर्नुपर्छ।'

एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले पनि विकसित घटनाक्रमलाई सम्बोधन गर्न प्रमुख दलहरू तयार रहेको बताए। उनले प्रदेश संख्या र सीमामा पनि लचिलो भएर वार्ता प्रक्रिया अघि बढाउनुपर्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस