काठमाडौं- केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष कमल थापा अल्पमतमा परेपछि राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको छ। थापा निवास विशालनगरमा बुधबार बिहान भएको समितिको बैठकमा बहुसंख्यक नेताले संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिनुपर्ने धारणा राखेका थिए।बैठकको अध्यक्षता गरिरहेका थापाले संविधान निर्माणको जारी प्रक्रियामा रचनात्मक भूमिकालाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। उनले बैठकको सुरुमै संविधान निर्माण प्रक्रियामा सहभागितालाई निरन्तरता दिने वा बहिष्कार गर्ने भन्ने विषयमा सदस्यहरूसँग धारणा मागेका थिए।
बैठकमा सहअध्यक्ष केशरबहादुर विष्ट, उपाध्यक्ष धवलशमशेर राणा, संसदीय दल उपनेता रामकुमार सुब्बा, सहमहामन्त्री राजाराम श्रेष्ठ, गंगा यादव, प्रवक्ता विष्णु भट्टराईसहितले प्रक्रियाबाट बाहिरिनुपर्ने धारणा राखेका थिए।
'अध्यक्ष थापाले बहिष्कार गर्ने निर्णयलाई पटक–पटक अस्वीकार गर्नुभएको थियो,' एक नेताले भने, 'तर बहिष्कार गर्नेहरूको संख्या यति ठूलो भयो कि उहाँले थेग्न सक्नुभएन।'
केन्द्रीय सदस्यहरू कुन्तीकुमारी शाही, भाष्कर भद्रा र सुशील श्रेष्ठ, कोषाध्यक्ष उद्धव पौडेल, सहप्रवक्ता मोहन श्रेष्ठले भने अहिलेजस्तो भूमिका जारी राख्नुपर्ने बताएका थिए।
उपाध्यक्षत्रय निरन्जन थापा, टंक ढकाल र राजीव पराजुलीले अध्यक्षको धारणापछि आफ्नो मत परिवर्तन गर्दै बहिष्कार नगर्ने धारणा राखेका थिए।
'बैठकमा सबै प्रकारको विचार आएको थियो,' सहमहामन्त्री श्रेष्ठले भने, 'अब बन्ने संविधान देश चलाउनेभन्दा पनि देश जलाउने प्रकारको हुने देखिएकाले बैठकले जारी संविधान निर्माण प्रक्रिया बहिष्कार गर्ने पक्षमा सर्वसम्मतिले निर्णय गरेको छ।'
'एन्टिकरेन्ट' राजनीतिक विचार बोेकेको राप्रपा नेपाल दोस्रो संविधानसभामा चौथो राजनीतिक शक्ति बनेको थियो। प्रत्यक्षतिर एकै सिट नजिते पनि समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा राप्रपा नेपालका २५ सभासद छन्।
संविधानसभा चुनावलगत्तै राप्रपा नेपालले संविधान निर्माण प्रक्रियामा रचनात्मक भूमिका खेल्ने बताएको थियो। 'हाम्रो भूमिका सधंै रचनात्मक रह्यो। तर प्रमुख दलहरूले यो प्रक्रियामा पूरै बेवास्ता गरे,' सहमहामन्त्री श्रेष्ठले भने, 'संविधानसभाका अन्य साना दललाई सहमतिमा लिने कोसिस भयो तर चौथो ठूलो दललाई पूरै निषेध गरियो।'
पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयबारे राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले सभाध्यक्ष सुवास नेम्वाङलाई भेट गरी जानकारी गराएका थिए।
राप्रपा नेपाल बाहिरिएपछि संविधान निर्माण प्रक्रिया बहिष्कार गर्ने दलको संख्या एघार पुगेको छ। यसअघि मधेसवादी राजनीतिक दलहरूले संविधान निर्माण प्रक्रिया बहिष्कार गरेका थिए।