सर्लाही जिल्लामा भएका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुले एकसाथ शपथ लिएका छन्। जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सर्लाहीका सबै नगर प्रमुख तथा गाउँपालिका अध्यक्षले एक साथ पद तथा गोपनीयताको शपथ सोमवार लिएका छन्।
सर्लाहीका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगर प्रमुख तथा गाउँपालिका अध्यक्षलाई नियमानुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण गराएपछि जिल्ला न्यायाधीश पियाले सबैलाई एकमुष्ठ बधाई पनि दिएका छन्। सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह रहेका छन्। सर्लाहीमा एक हजार ४० जनप्रतिनिधि निर्वाचित भएका छन्।
देशको सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा नेपाली काँग्रेस पार्टीले सबैभन्दा बढी नगरपालिका र गाउँपालिकामा जित निकालेको छ भने दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र बन्न पुगेको छ।
पद तथा गोपनीयतको शपथ ग्रहण गरेपछि कतिपय पालिका प्रमुख तथा अध्यक्षले आफ्ना पालिकाका निर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै आजैदेखि कार्यकाल सुरुआत पनि गरेका छन्। मंगलवार भएकोले कतिपयले भोलिदेखि पदभार ग्रहण गर्ने जनाइएको छ।
सर्लाहीको बरहथवा नगरपालिकाको नगर प्रमुखमा महिला निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेकी कल्पनाकुमारी कटुवाल सर्लाहीमा महिला नगर प्रमुख बन्ने इतिहास कोरेकी छन् भने बरहथवाकै वडा नम्बर १० मा चमार समुदायबाट ३२ वर्षीया शर्मिलाकुमारी राम मधेस प्रदेशमै पहिलो महिला वडाध्यक्ष बन्न पुगेकी छन्।