रौतहटको बौद्धिमाई नगरपालिकामा नेकपा एसले जित निकालेको छ। जसपा नेपालका प्रदेश सभाका सांसद किशोरी राय यादवका छोरा राजीव रंजन राय यादव नगर प्रमुख रहेको बौद्धिमाई नगरपालिकामा जसपा नेपालको गढलाई भत्काउँदै नेकपा एसले जित निकालेको हो।
नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार प्रदीप राय यादव र उपमेयरका पदका उम्मेदवार नेकपा एसकै प्रमिला देवीले कठिन जित निकालेका हुन्।
जसपाको पूर्ण वर्चस्व रहेको मानिएको र प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले सबै शक्ति तथा सामर्थ्य लगाएको बौद्धिमाई नगरपालिकामा नेकपा एसले तिन ओटा वडाध्यक्षमा पनि बहुमत निकालेको छ। यसै गरी केही वडामा नेकपा एमालेले जित निकाल्दा जसपा अब केही वडामा सीमित बन्न पुगेको छ।
बौद्धिमाई नगरपालिकामा नेकपा एसले जित निकालेसँगै रौतहटमा नेकपा एसको चार नगर प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्। यसअघि सदरमुकाम गौर, राजदेवी र वृन्दावन नगरपालिकामा जसपाले पूर्ण बहुमतसहितको सरकार बनाइसकेको छ।