पोखरा महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। एमालेको बहिस्कारपछि स्थगित भएको मतगणना साँझ ८ बजेदेखि पुनः सुरु भएको हो। नेकपा एमालेले खसेको मतमा गणना गर्दा ९ मत नभेटिएको भन्दै उक्त मत खोजी नभएसम्म मतगणना बहिस्कार गरेपछि मंगलबार पूर्वाह्न ११ बजेदेखि मतगणना कार्य रोकिएको थियो।
एमालेको बहिस्कारपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेर गरेको सहमतिको प्रयास करीब ८ घण्टापछि सफल भएपछि मतगणना कार्य पुनः सुरु भएको हो। पोखरा–१८ का बारेमा नेकपा एमालेले दिएको निवेदन उपर मुख्य निर्वाचन अधिकृतको कार्यालय गम्भीर रहेको र आवश्यक कारवाहीका लागि प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएपछि आफूहरु बाँकी वडाको मतगणना पुनः सुरु गर्न सहमत भएको नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले जानकारी दिए।
एमालेले पोखरा महानगरापलिका वडा नम्बर १८ मा खसेको मत मध्ये ६ मत र पोखरा ३१ मा ३ मत अपुग भएकाले सो मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएको छ। पोखरा १८ मा जम्मा ३ मतले कांग्रेसले वडाध्यक्ष जितेपछि एमालेले वडा नम्बर १८ मा हराएको ६ मत खोजिनुपर्ने आफ्नो बटमलाईनका रुपमा प्रस्तुत गरेको छ। एमालेले वडा नम्बर १८ मा हराएको मतको खोजी गर्न माग गर्दै निवेदन दिएपछि नेपाली कांग्रेसलेपनि वडा नम्बर १ र वडा नम्बर १७ मा पनि केही मत कम भएकाले पोखरा–१८ मा जस्तो प्रक्रिया अप्नाईन्छ त्यस्तै प्रक्रिया अप्नाउन माग गर्दै निर्वाचन कार्यालयमा निवेदन दिएको छ। तर वडा नम्बर १८ मा सहमति भएमा भने ती वडामा पनि कुनै प्रक्रिया अघि बढाउन नपर्ने पोखरा–१७ का पराजित कांग्रेस उम्मेदवार देवराज आचार्यले बताएका छन्।
मतगणना स्थगित भएका समयमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटाले मतगणना सञ्चालन गर्न र अर्कोले हराएको ९ मत खोजी गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेका थिए। एमालेले मतगणना बहिस्कार गरेपछि रोकिएको मतगणना सुरु गर्न कांग्रेसको माग थियो भने एमालेले ‘हाम्रो ९ मत हराउने, कांग्रेसलाई ३ मतले जिताउने? भन्दै नाराबाजी गरेका थिए।
मंगलबार विहानदेखि मतगणना रोकिएपछि गठबन्धनको विजयी र्याली प्रभावित भयो। गणना गर्न बाँकी मत भन्दा मेयरका उम्मेदवार धनराज आचार्यले प्रतिष्पर्धीसँग बनाएको मतान्तर बढी भएपछि गठबन्धनले मंगलबार विहानसम्म अन्तिम मत परिणाम आउने अनुमानका आधारमा मंगलबार दिउँसो १२ बजेपछि विजयी र्याली निकाल्ने तयारी गरेको थियो। तर मतगणना स्थगित भएपछि विजयी र्याली प्रभावित बनेको हो।
गत वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो। त्यसमध्ये हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना सकिएको छ। जसमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ५७ हजार ७२ मत ल्याएर बाँकी मतगणना नगर्दै विजयी भइसकेका छन्। उनले प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ५ हजार ४ सय ८५ मतान्तरले पछि पारेका छन्। थापाले ५१ हजार ५ सय ८७ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङपनि मतगणना बाँकी छँदै विजयी भइसकेकी छन्। मञ्जुले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ९ सय ९० मतान्तरले पछि पारेकी छन्। मञ्जुले ५९ हजार ७० मत प्राप्त गरेकी छन् भने कोपिलाले ५५ हजार ८० मत प्राप्त गरेकी छन्। अब ३ हजार ८ सय १५ मत मात्र गणना गर्न बाँकी छ।