पोखरा महानगरपालिका नेकपा एमालेको गढ क्षेत्र हो। यहाँ एमालेले २०५४ सालदेखि निरन्तर जित्दै आएको थियो। यसपटक पनि उसले जित्ने आंकलन गरेको थियो। त्यसमापनि निकै सानो संख्यामा रहेको नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले टिकट पाएपछि एमाले हौसिएको थियो। २०७४ सालको स्थानिय तहको निर्वाचनमा झण्डै १४ हजार मतले एमालेले जितेको पोखरामा यसपटक २० हजारको मतान्तरले जित्ने एमालेको दाबी थियो।
कांग्रेसले पाए जित्न कठीन हुने तर नेकपा एकीकृत समाजवादीले पाए सजिलै जित्ने एमालेको आंकलन थियो। एमाले मात्र होईन कांग्रेसलाई त्यस्तै लागेको थियो। त्यहि बुझेर कांग्रेसले पोखरा नछाड्न नेतृत्वलाई दवाब दिएको थियो। जसका लागि कांग्रेसको स्थानिय नेतृत्वले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवादेखि बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइरालादेखि विश्वप्रकाश शर्मा, गगन थापासम्मलाई भेटेर पोखरा नछाड्न दवाब बढाएको थियो।
नेकपा एकीकृत समाजवादीलाई दिएमा जित्न मुश्किल हुने उनीहरुको विश्लेषण थियो। उनीहरुको आंकलन पोखरामा नेकपा एकीकृत समाजवादीको मत करीब ५ हजार मात्र छ भन्ने थियो। त्यही भएर उनीहरु भन्थे,।।।पाथीबाट मानोमा खन्याउँदा पोखिन्छ। त्यसैले मानोबाट पाथीमा खन्याउनु पर्छ।’ अर्थात नेकपा एकीकृत समाजवादीलाई पोखरा दियो भने कांग्रेसको मत सबै समाजवादीलाई जाँदैन र गठबन्धनको हार हुन्छ।’ तर नेकपा एकीकृत समाजवादीका नेताहरु भने पोखरामा आफूहरु बलियो भएको जिकीर गर्थे। एमाले अध्यक्ष माधव नेपालले त १८ हजार मतको लिष्टसहितको ढड्डा लिएर कांग्रेस नेताहरुलाई देखाउँदै आफूहरुलाई नहेप्न चेतावनी दिनेगरेको सार्वजनिक भएको थियो। हुनपनि उनले अन्तिमसम्म पोखरा नछाड्ने अड्डी लिएपछि अन्ततः पोखरामा धनराज गठबन्धनको तर्फबाट उम्मेदवार बने।
कांग्रेसलाई जस्तै नेकपा माओवादी केन्द्रलाईपनि लागेको थियो। किनकी नेकपा एकीकृत समाजवादीको पार्टी सानो भएको र संगठनपनि मजबुत नभएकाले जित्न कठीन हुने माओवादीको तर्क थियो। हुनपनि कांग्रेस, माओवादीले भनेजस्तै नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ। उसले पोखराका कुनैपनि वडा जितेको छैन। त्यतिमात्र होईन गठबन्धन गरेको ठाउँमासमेत एउटा सदस्यपनि जितेको छैन।
तर पार्टी कमजोर भएपनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य भने पोखरा महानगरपालिकाको मेयरमा विजयी भएका छन्।।।।ढुंगाको काप फोरेरपनि उम्रन्छ पिपल’ भनेजस्तै धनराज कमजोर धरातलमा एमालेको विरासत भत्काउँदै पोखराको मेयरमा विराजमान भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६हजार ४५ मतान्तरले हराउँदै मेयरमा विजयी भएका हुन्। विजयी आचार्यले ५८ हजार ८ सय ९३ मत पाए। पराजित थापाले ५२ हजार ८ सय ४८ मत पाए। मेयर पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ५ हजार ६सय ७४ मत पाए। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका अटेरी उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत पाए।
विजयी आचार्यले एमालेको मत चोरेर मेयर जित्न सफल भएका छन्। एमालेमा उम्मेदवारका विषयमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूह र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच भएको द्वन्द्वको फाईदापनि आचार्यले उठाए।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भईन्। उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले हराउँदै दोश्रो पटक उपमेयरमा विजयी भएकी हुन्। उनी यसअघि २०७४ सालमा पनि उपमेयरमै निर्वाचित भएकी थिईन्। विजयी गुरुङले ६० हजार ५ सय ४६ मत पाईन्। पराजित रानाभाटले ५६ हजार ६ सय ६३ मत पाईन्। उपमेयर पदमा राप्रकी रञ्जना सेन (रञ्जु)ले ५ हजार ५ सय ८१ मत पाईन्।
समग्रमा भन्ने हो भने आचार्यले एमालेको क्रस मत पाएर विजयी भएका हुन्। यसलाई स्वयम् नेकपा एकीकृत समाजवादीका नेताहरुपनि स्वीकार्छन्। समाजवादीका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज श्रीनाथ बराल पार्टी बलियो भएकैले आफूहरुको जित भएको दाबी गर्छन्। तर एमालेको मत पाएको कुरालाई स्वीकार्दै उनी थप्छन्, 'हामीपनि पूर्व एमाले हौं। एमाले र हाम्रो भोट बैंक एउटै हो। हामीलाई आएको भोट हाम्रै हो।’
एमालेमा भने मेयरमा पराजित भएपछि रुवाबासी चलेको छ। त्यहाँ एकले अर्कालाई घात/अन्तर्घातको आरोप प्रत्यारोप चलिरहेको छ। खास गरेर अधिकारी समूहका कृष्ण थापा उम्मेदवार भएकाले पृथ्वी सुब्बा समूहले असहयोग गर्नुका साथै हराउनै लागेको उनीहरुको आरोप छ। अधिकारी समूहका एक नेता भन्छन्, 'हाम्रो उम्मेदवार अन्तर्घातका कारण हार्नु भएको हो।’ उनले एमालेको जनमत नघटेपनि पार्टी भित्रकै केहि घातीहरुका कारण मेयरमा थापा पराजित भएको दाबी गरे। 'नत्र त उपमेयर जित्ने, मेयर हार्ने कसरी हुन्छ? अन्तर्घातकै कारण पराजय भएको हो’ उनले भने।
पृथ्वी सुब्बा समूहका एक नेता भने उम्मेदवार चयनमा ढंग नपुर्याउँदा पराजित हुनुपरेको दाबी गर्छन्। भन्छन्,'शुरुमा एउटा उम्मेदवारलाई टिकट दिनु, भोलिपल्ट फेरी अर्कैलाई उठाउँदा मतदाताको मनोविज्ञानमा नकारात्मक असर पर्यो, अर्कोतर्फ पाँच दल एकातिर, एमाले अर्कोतिर हुँदा त्यसको असरपनि चुनावमा देखियो।’
को हुन् धनराज?
स्ववियू सभापतिदेखि पोखराको मेयरसम्म
पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित धनराज कुनैबेला सकृय राजनीतिबाट टाढा थिए। सानै उमेरमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका उनी मूलधारको राजनीति गर्ने बेला भने सकृय राजनीतिमा रहेनन्। नेपाली राजनीतिमा भएको गुटगत मनोवृत्ति, राम्रालाई होईन हाम्रालाई काखी च्याप्ने, सक्षम र ईमान्दारलाई पाखा लगाउने प्रवृत्तिबाट आजित भएर उनले सकृय राजनीतिबाट टाढा बस्न खोजे। यो समय बरु उनले सकृय राजनीतिमा रहेका आफ्ना सहपाठी रवीन्द्र अधिकारीलाई सहयोग गरिरहे।
तर राजनीतिक जीवनको आरोह अवरोहपनि अनौठो हुँदो रहेछ। उनी जे चाहन्थेनन् अन्ततः आज उनको जीवनमा त्यही भएको छ। पार्टीमा टुटफुट मन नपराउने उनी अन्ततः नेकपा एमाले फुटेपछि भने सकृय राजनीतिमा प्रवेश गरेका छन्। यो उनको सकृय राजनीतिको खुड्किलो अर्थात टर्निङ प्वाईन्ट बनेर आएको छ।
सम्भवतः एमालेमै बसिरहेका भए धनराज आजपर्यन्त सामान्य कार्यकर्ता भएरै बसिरहेका हुन्थे। न उनलाई पार्टीले टिकट दिन्थ्यो न उनी पोखराको मेयर बन्थे। बरु उनले एमाले फुटेको समयलाई अवसरमा बदले। एमालेमा रहँदा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेका उनी एमाले फुटेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा पोखरा महानगर कमिर्टीको अध्यक्ष बने। उनलाई एमालैमा राख्न जिल्लादेखि प्रदेश र केन्द्रसम्मकै नेताहरु हात धोएर लागेकै थिए। तर उनी डगमगाएनन्। बरु एमालेको गढमा नेकपा एकीकृत समाजवादीको विजारोपण गर्न तल्लीन रहिरहे। उनको यहि स्वाभावका कारण पार्टी अध्यक्ष माधव नेपाल प्रभावित बने। फलस्वरुप देशैभरमा कमजोर संगठन रहेको कास्कीको पोखरा महानगरपालिकाको मेयर लिन माधव नेपालले अड्डी कसे।
माधव नेपालको निरन्तरको अड्डीका कारण पोखराको मेयर नेकपा एकीकृत समाजवादीले पायो। जसमा पार्टीले धनराजलाई सिफारिस गर्यो। आज त्यहि अवसरलाई धनराजले जितमा बदलेर ईतिहास कोरेका छन्।
५४ वर्षीय धनराजको जन्म वि.स.२०२६ साल चैत १७ गते कास्कीको भरतपोखरीमा भएको थियो। पीता ऋतुनाथ र माता जमुनादेवीको कोखबाट जन्मिएका धनराजको राजनीतिक जीवनले चार दशक पार गरेको छ। २०३९ सालमा विद्यालयमै अनेरास्ववियु प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेका आचार्य २०४४ सालमा एमाले निकट अनेरास्ववियु प्रारम्भिक कमिटी पृथ्वीनारायण क्याम्पस पोखराको सदस्य बने। २०४५ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, २०४६ सालमा सचिव र २०४७ सालमा अध्यक्ष बनेका आचार्य २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्ष बने। २०४९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका उनी त्यहि वर्ष पृथ्वीनारायण क्याम्पस (पिएन) पोखराको स्ववियू कोषाध्यक्षमा चुनिए। संयोगपनि कस्तो भने उनका सहपाठी रवीन्द्र अनेरास्ववियूको केन्द्रीय सचिव हुँदा आचार्य सोहि कमिटीको केन्द्रीय सदस्य र रवीन्द्र पिएन क्याम्पसको स्ववियू सभापति हुँदा उनी कोषाध्यक्ष बने। त्यसको ३ वर्षपछि पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति चुनिएका उनी अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्यपनि भए।
२०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहृावानबिरुद्ध भएको आन्दोलनबाट गिरफ्तार भएका उनी २ वर्षसम्म जेल परे। जेलमा रहँदापनि उनले पार्टीबीचको सम्पर्क सूत्रका रुपमा काम गरेको आचार्य बताउँछन्। विद्यार्थी राजनीतिबाट अगाडि बढिरहँदा एमाले टुक्रियो। धनराज बामदेव गौतमको पछि लागेर माले बने। त्यसपछि उनलाई राजनीतिक वितृष्णा भयो। र उनी व्यवसायी जीवनमा प्रवेश गरे। २०५१ सालमा स्वयिवु सभापति हुँदादेखि नै।।।हेल्लो स्टेसनरी’ पुस्तक पसल सञ्चालन गरेका उनले अहिले प्रकाशन गृह चलाइरहेका छन्। त्यस्तै, उनले पछिल्लो समय जलविद्युतमापनि लगानी गरिरहेका छन्। व्यवसाय सञ्चालन गर्नेताकापनि उनी राजनीतिसँग भने जोडिइरहे। उनले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका विभिन्न पदमा रहेर करीब एक दशक बिताए। पछि नेकपा उद्योग तथा व्यवसाय विभागको केन्द्रीय सदस्य भए।
आचार्यले राजनीति र व्यवसायसँगै सामाजिक सेवापनि उत्तिर्क सकृय छन्। लायन्स क्लवमार्फत उनले समाजसेवा त गरे नै। त्यसैलाई टेकेर उनले आफ्नो व्यक्तित्वपनि निखारे। आचार्य २०१२÷१३ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ को क्याबिनेट सेक्रेटरी, २०१७/२०१८ मा त्यही डिस्ट्रिक्टको गभर्नर बने।