काठमाडौं–संविधान निर्माण प्रकृयाबाट अलग भएको राप्रपा नेपालले पुनः प्रकृयामा फर्कने संकेत दिएको छ। बिहीबार तीनदलका शीर्ष नेतासँगको छलफल पछि वातावरण सकारात्मक बनेको राप्रपा नेपालको बुझाइ छ। तीनदलबाट लिखित पत्रसहित बिधि र प्रकृया अनुसार संविधान निर्माण प्रकृया अघि बढाउने प्रतिबद्धता अाए अाफूहरू सकारात्मक रहेको अध्यक्ष थापाले अडान लिएका थिए।'तीनदलका शीर्ष नेताहरु हाम्रा मागप्रति सकारात्मक देखिनु भएकोछ,' राप्रपा अध्यक्ष कमल थापाका स्वकीय सचिव दामोदर वाग्लेले नागरिकन्युजसँग भने '२४ घण्टाभित्र तीनदलको तर्फबाट लिखित प्रतिबद्धता आउने सहमति भएको छ, पत्रमा हाम्रा ऐजेण्डालाइ विधि र प्रकृयामा लैजाने कुरा उल्लेख हुनेछ।' उनले संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र लगायतका विषयलाई प्रकृयामा लगेर टुंग्याउने विषयमा तीनदलको लिखित धारणा मागिएको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतासँग राप्रपा नेपालको बैठक सम्पन्न भएको थियो। तीनदलको लिखित पत्र पछि पार्टीको बैठक बसेर उचित निर्णय लिने राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले बताए। अध्यक्ष थापाले अाफूहरूले लोकतान्त्रिक विधि र प्रकृया मान्ने भन्दै पहिले वातावरण बनाउन शीर्ष नेतालाई सुझाएका थिए। उनले चाैथो ठूलो दललइ वाइपास गरेर संविधान निर्माण प्रकृया एकलाैटी अघि बढाएकोमा चर्को विमति राखेका थिए।
राप्रपा नेपालले उठाएका मुद्दा गम्भीरतापूर्वक बिधि र प्रकृयामा लैजाने भन्दै प्रमुख तीन दलका नेताले संविधानसभाको चाैथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष थापालाई प्रकृयामा फर्कन अाग्रह गरेका थिए।