संविधानमा आजबाट मतदान
२४ भदौ २०७२
•
१३ मिनेट पाठ
संविधानमा आजबाट मतदान
काठमाडौं- नेपालको संविधानको परिमार्जित विधेयकका धारामाथि आज (शुक्रबार) देखि मतदान सुरु हुने भएको छ।
संविधान निर्माण प्रक्रिया केही दिन रोक्न चौतर्फी दबाब परे पनि संविधानसभाले शुक्रबारदेखि नयाँ संविधानका धारामा मतदान गरी टुंगो लगाउने तयारी गरेको हो।'भोलि (शुक्रबार) बिहान बाँकी नेताले बोल्नुहुन्छ,' संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बिहीबार बेलुका संविधानसभाबाट बाहिरिँदै गर्दा पत्रकारसँग भने, 'दुई बजेदेखि संशोधन प्रस्ताव पारित प्रक्रिया सुरु हुन्छ।' भदौ मसान्तभित्रै संविधान जारी गर्ने तयारी स्वरूप संविधानसभा अघि बढिरहेको उनले बताए।




शुक्रबार बिहान प्रमुख दलका शीर्ष नेतासहित बाँकी रहेका नौजना सभासदले आफ्नो धारणा राखेपछि मतदान प्रक्रिया सुरु गरिनेछ। शुक्रबार संशोधन प्रस्तावमाथि मतदान गरेर टुंगो लगाउन सके शनिबार संविधानका प्रत्येक धारा पारित गर्ने प्रक्रिया अघि बढाइने भएको छ। शनिबार पनि संविधानसभा बैठक बोलाइने सभाध्यक्ष नेम्वाङले जानकारी दिए।

स्रोतका अनुसार सचिवालयले २८ या २९ गते नै संविधान जारी गर्ने तयारी गरेको छ। '२८ या २९ गते नै संविधान जारी गर्ने आन्तरिक तयारी पनि छ,' स्रोतले भन्यो, 'मतदान प्रक्रिया लम्बिएन भने २९ गतेभित्रै संविधान जारी गर्ने तयारी छ।' यसबारेमा संविधानसभा अध्यक्ष नेम्वाङलाई राखेको जिज्ञासामा उनले भदौ मसान्तभित्रै जारी हुने बताए। 'भदौ मसान्तभित्रै संविधान जारी हुन्छ,' उनले थपे, 'शुक्रबार दिउँसोदेखि संशोधन प्रस्तावलाई मतदानमा लैजाने तयारी छ।'

पहिले ५२ वटा संशोधन प्रस्तावमाथि ध्वनिमतका आधारमा निर्णय गरिनेछ। प्रत्येक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रस्तावको पक्षमा दुईतिहाई सभासदले हुन्छ भने संविधानको अंग बन्नेछ भने प्रस्तावको पक्षमा दुईतिहाई नपुगे स्वतः खारेज हुनेछ। ध्वनिमतको निर्णय कसैलाई चित्त नबुझे संविधानसभामा कायम सदस्यको १० प्रतिशत सभासदले उठेर मत विभाजन माग्न सक्नेछन्। त्यसपछि गोप्य मतविभाजन हुनेछ। मत विभाजन माग्नका लागि कम्तीमा १० प्रतिशत सभासद उठ्नैपर्ने नियमावलीमा व्यवस्था छ।

राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाललगायत दलका नेताले संविधानसभा बहिष्कार गरेकाले मत विभाजन माग गर्न पनि कांग्रेस, एमाले र एमाओवादीमध्येकै सभासद उठ्नुपर्ने देखिएको छ। 'अहिलेसम्मको अवस्था हेर्दा मत विभाजन माग गर्ने सदस्यको संख्या नै पुग्ने देखिँदैन,' स्रोतले भन्यो, 'यसले गर्दा पारित प्रक्रिया छिटो हुन सक्छ।'

यसअघि संविधानको परिमार्जित विधेयकमाथि आफ्नो धारणा राख्दै विभिन्न दलका सभासदले वार्ता र संविधान निर्माण प्रक्रिया सँगसँगै लैजानुपर्ने धारणा राखे। 'यो संविधान सम्झौताको दस्तावेज हो,' कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभा बैठकमा बोल्दै भने, 'विपरीत मूल्य–मान्यताको दर्शन बोेकेका पार्टी छौं। कतिपय भावना छुटेका हुन सक्छन्। कांग्रेस, एमाले, एमाओवादी, फोरम, महिला र दलितका कुरा छुटेका छन्। संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशीता यो संविधानमा छन्। सम्झौताको दस्तावेज हो, यसमा मेरो पनि असहमतिका कुरा छन्।'

उनले आफ्ना असहमतिका विषय पनि सम्बोधन हुन नसकेको बताए। 'प्रस्तावनामा इतिहासको निन्दा नगरौं भनेको छु,' पौडेलले भने, 'धर्मकै बारेमा पनि बरु केही नराखौं भनेर मैले भनेको हुँ। व्याख्या बाध्यात्मक अवस्था हो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कुमारीजात्रामा किन पैसा दिनुपर्योक भन्दा के भयो? संस्कार एकैचोटि मेटिँदैन। राष्ट्रको सिंगो पहिचान जोगाउने कुरा पनि छ, कतिपय कमी–कमजोरी रहेको भए हटाउन सकिन्छ।'

पौडेलले अहिले बन्न लागेको संविधान दक्षिण एसियाकै राम्रो भएको दाबी पनि गरे। 'यो चारजनाले बनाएको संविधान होइन,' उनले भने, 'जनताको जनमत बुझेका छौं, धेरै छलफल गरेका छौं। यति धेरै प्रजातान्त्रिक प्रक्रियाबाट बनेको संविधानलाई चारजनाले बनाए भन्नु अन्याय हुन्छ।'

पौडेलले वार्तामा आएर संविधान निर्माण प्रक्रियामा सहभागी हुन सबै दललाई आग्रह गरे। तर, संविधान निर्माण प्रक्रिया अब रोक्न नहुने उनको धारणा थियो। 'संविधान जारी गरौं, छुटेका विषय छन् भने मिलाउन सकिन्छ,' उनले भने, 'अझै पनि संशोधनको ठाउँ छ। वार्ता गर्न उहाँहरू आए कतिपय कुरा रोकिन सक्छ, वार्तामै नआएपछि संविधान रोक्न मिल्दैन।'

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पनि संविधान निर्माण प्रक्रिया रोक्नै नमिल्ने बताए। 'दुई तिहाईबाट पारित गर्ने संविधान पूर्ण सहमतिमा बन्न सक्दैन भन्ने सबैलाई थाहा छ,' रावलले भने, 'जनादेशलाई सिरोपर गर्ने हो भने संविधानसभाबाट बाहिर गएर सडकबाट संविधान बन्छ भन्ने चिताउनु युक्तिसंगत हुँदैन। संविधानसभामा बहस र छलफल गरौं। तपाइँहरुको पक्षमा दुईतिहाई पुग्छ भने पारित गराउनुस्। नभए जनताकहाँ गएर भन्नुस्। अब संविधानसभा कुनै पनि तरिकाले रोकिन्न, ढिला गर्न मिल्दैन।'

उनले संसारका समृद्ध देशहरूले ५० वर्षसम्म पनि संविधान परिमार्जित गर्दै रहेको स्मरण गर्दै बन्न लागेको संविधान समानुपातिक र समावेशी भएकाले गर्व गर्ने ठाउँ रहेको बताए। 'सडक नै प्यारो भनेर जानुभएको छ,' रावलले भने, 'तपाइँहरु जनताले दिएको मतको सम्मान गरेर वार्तामा आउनुस्। हाम्रो अधिकार प्राप्त नभए देश टुक्रिन्छ भन्ने अधिकार कसैलाई छैन।'

कानुनमन्त्री एवं कांग्रेस नेता नरहरि आचार्यले समयमै संविधान जारी गर्नुको विकल्प नभएको बताए।

यसअघि संशोधन प्रस्तावमाथि धारणा राख्दै दलका प्रमुख सचेतकले पनि संविधान निर्माण प्रक्रिया नरोकिने बताउँदै आफूहरुको प्रस्ताव पारित गरिदिन आग्रह गरेका थिए। 'यो समयसापेक्ष परिवर्तन भइहाल्छ कोही पनि आत्तिनुपर्दैन,' कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, 'जनताको राय, सुझाव र माननीयको धारणाका आधारमा परिमार्जित विधेयक तयार पारिएको हो। सबैको धारणा समावेश गरेर संशोधन प्रस्ताव दर्ता गराएका हौं।'

नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले पनि केही दलले छाड्दैमा अब संविधान निर्माण हुनुहुँदैन भन्ने तर्क गर्न नमिल्ने बताए। 'उहाँहरु हिजोसम्म यहीँ हुनुहुन्थ्यो, उहाँहरुका पनि सबै कुरा समावेश गरिएको छ, अनि संविधान कसरी चल्दैन? केही मान्छेलाई चाहिएर संविधान नचल्ने होइन,' उनले भने, 'हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखेनौं भने मात्र संविधान नचल्ने हो।'

एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले अझै पनि आन्दोलनरत पक्षलाई ल्याउने ठाउँ बाँकी रहेको बताए। उनले संविधान निर्माण प्रक्रिया रोक्न नहुने धारणा राखे। 'परिमार्जित विधेयकमाथि संशेाधन प्रस्तावको दायरा फराकिलो थियो,' उनले भने, 'विजय गच्छदार पनि संशोधनसम्म आउँदा एकठाउँमा हुन्छौं भन्ने थियो तर सँगै भइएन। सकेसम्म उहाँहरुलाई ल्याउनैपर्छ, अझै पनि बाटो छ।' पोखरेलले ५ सय १५ सभासद अझै संविधानसभामा रहेको उल्लेख गर्दै संविधानसभाको ८६ प्रतिशत दलले संविधान जारी गर्ने बताए।

नेकपा एमालेका गोकर्ण विष्टले जनताको सार्वभौमसत्ता स्थापित गर्ने क्रममा रहेकाले यो क्षण खेर जान दिन नहुने धारणा राखे। उनले भइरहेका आन्दोलनले विभिन्न जात–जातिबीच द्वन्द्व बढाउने भन्दै आन्दोलन रोकेर वार्तामार्फत समस्या समाधान गर्न आवश्यक रहेको बताए। एमालेकै रवीन्द्र अधिकारीले तराई मधेसका प्रतिनिधि अहिले पनि संविधानसभामै रहेको बताए। 'केही व्यक्तिको प्रत्येक निर्वाचनमा जमानत जफत भएको छ,' अधिकारीले भने, 'उनीहरुले नै मधेसीका प्रतिनिधि हामी नै हौं भनेर दाबी गरेका छन्। मधेसका जनताका असली प्रतिनिधि अहिले पनि संविधानसभामै छन्।'

एमालेकै प्रेमबहादुर आलेले जातीय आधारमा राज्य बनाउन नहुने बताउँदै प्रमुख दलका नेताले आफूबाट सिक्नुपर्ने धारणा राखे। उनले कैलालीमा हिंसा भड्काउनेलाई कारबाही माग गरे।

एमालेकै सुरेन्द्र पाण्डेले विधेयकका रूपमा आउन मात्रै ७ वर्षदेखि अभ्यास गरेको बताए। 'यो प्रक्रियालाई अब रोकेर राख्नुको औचित्य छैन,' उनले भने।

कांग्रेसका धनराज गुरुङले आफू गुरुङको छोरा भए पनि पहिले नेपालीको राज्य चाहिने बताए। 'म गुरुङको छोरा हुँ, मलाई गुरुङको होइन, नेपालीको राज्य चाहिन्छ,' उनले भने, 'गृहयुद्ध निम्त्याउने संविधान नबनोस्। म ल्याप्चे सभासद भएको छु। मेरो कलमको काम शीर्ष नेताले नै गरेका छन् तर अहिले मुलुकमा शान्ति, स्थिरता र समृद्धि चाहिएको छ।'

कांग्रेसकै गगन थापाले सीमांकनलाई लिएर नै अहिले मुलुकका विभिन्न भागमा आन्दोलन भइरहेकाले त्यसका बारेमा गम्भीर भएर सोच्नुपर्ने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस