संविधान प्रक्रिया रोकेकोमा सभासद आक्रोशित
२५ भदौ २०७२
•
८ मिनेट पाठ
संविधान प्रक्रिया रोकेकोमा सभासद आक्रोशित
काठमाडौं- संविधान निर्माण प्रक्रिया केही दिन लम्ब्याइएको भन्दै सभासदले आक्रोश व्यक्त गरेका छन्। संविधानसभाको शुक्रबार बसेको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयकमाथि धारणा राख्ने सभासदले कसैको दबाबका भरमा संविधानसभा बैठक स्थगित गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। तराईमा आन्दोलनरत दललाई वार्तामा ल्याउन संविधान निर्माण प्रक्रिया लम्ब्याइएपछि सभासदको आक्रोश बढेको हो।शुक्रबारदेखि संविधान विधेयकमाथि परेका संशोधन प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको भए पनि आइतबारसम्म प्रक्रिया लम्ब्याइएको छ। बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गदर्ैै शुक्रबारदेखि गर्ने भनिएको मतदान प्रक्रिया आइतबारसम्म सार्ने निर्णय गरेका थिए।

वार्ताको वातावरण तयार पार्नका लागि भन्दै चौतर्फी दबाब बढेपछि प्रमुख दलका शीर्ष नेता मतदान प्रक्रिया केही दिन सार्ने निष्कर्षमा पुगेका थिए। 'प्रक्रिया स्थगित गरिएको होइन,' संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भने, 'शुक्रबार नाम टिपाएका वक्ताको धारणा नसकिएकाले आइतबार साढे ११ बजे संविधानसभा बैठक बोलाइएको हो। बाँकी रहेका वक्ताले आइतबार धारणा राखेपछि केहीबेर बैठक स्थगित गरेर प्रक्रिया अघि बढाइन्छ। संविधान संशोधनका लागि परेका प्रस्तावमाथि मतदान सुरु हुन्छ।'

स्रोतका अनुसार राप्रपा नेपालले पनि शनिबार संविधान निर्माण प्रक्रियामा सहभागी हुने कि नहुने भन्ने निर्णय हुँदा त्यतिञ्जेल पर्खिदिन आग्रह गरेको थियो। तराईमा आन्दोलनरत दलका नेतालाई वार्तामा ल्याउन पनि प्रक्रिया लम्ब्याइएको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पनि आइतबार संविधानसभामा बोल्ने छन्। शुक्रबारदेखि नै संविधानसभामा मतदान प्रक्रिया अघि बढाउने भन्दै नाम टिपाएका सभासदको नामावली कटाइएको थियो। तर, बालुवाटार बैठकले आइतबार बिहानसम्म वार्ताको वातावरण बनाउन भन्दै प्रक्रिया स्थगित गर्ने निर्णय गरेपछि सभासदले शीर्षनेता र स्थगित गराउन दबाब दिनेविरुद्ध चर्को आक्रोश पोखेका थिए।

'जवाहरलाल नेहरु र जिन्नालाई एउटी सुन्दरीले जालमा पारी भारत टुक््रयाएर पाकिस्तान बनाएकी थिइन्, भारत टुक्रयाउने भूमिकामा रहेकी तिनै सुन्दरी आज नेपाल टुक््रयाउने तयारीमा छिन्,' कांग्रेस सभासद चन्द्र भण्डारीले भने, 'पहिले तिनलाई चिन्नुपर्योर, म नेताहरुलाई खुट्टा नकमाउन आग्रह गर्छु। तपाइँहरु अघि बढ्नुस्, खुट्टा कमाउने समय होइन। संविधान जारी गरेरै छाड्नुपर्छ। के मैले दिल्ली, वासिङटन र बेइजिङमा घर नबनाई संविधान बनाउन पाउँदिन?' भण्डारीले संविधान निर्माण प्रक्रिया र वार्ता सँगसँगै लैजानुपर्ने बताए।

नेकपा एमालेकी नेतृ सीता गिरी ओलीले पनि संविधान निर्माण प्रक्रिया नरोक्न आफ्नै नेतालाई खबरदारी गरिन्। 'खबरदार! संविधान निर्माण प्रक्रिया स्थगित गर्न पाइँदैन,' ओलीले भनिन्।

कांग्रेसकै रामहरि खतिवडाले संविधान निर्माणका नाममा कहिले कुर्सी र कहिले भाला हानाहान गरिएको बताए। 'कुनै पनि बहाना र खेलमा लागेर संविधान रोक्न पाइँदैन,' खतिवडाले संविधानसभा बैठकमा भने, 'वार्ता गर्छौं भनेर प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताले बोलाउँदा पनि नआउनेलाई कुन देशको प्रधानमन्त्रीले वार्तामा बोलाउनुपर्ने हो, स्पष्ट पारौं। कुन देशको प्रधानमन्त्रीले वार्तामा बोलाए तपाइँहरु आउनुहुन्छ? एउटा देशको सीदा खाने अर्को देशको गीता गाएर संविधान आउँदैन। यो कुरा अहिलेदेखि नै बुझिराखौं।'

नेकपा एमालेका यज्ञ सुनुवारले पनि नेताहरुलाई खुट्टा नकमाउन आग्रह गरे। 'खुट्टा नकमाउ नेता हो! हामी छौं,' उनले भने, 'संविधान बन्न नदिनेलाई देश छाडेर जाउ भने हुन्छ।' उनले नेपालमा हिंसात्मक गतिविधि घटाएर सीमापारि जाने षड्यन्त्र भइरहेको बताए।

एमालेकै गुरुप्रसाद बुर्लाकोटीले पनि संविधान जारी गर्नका लागि खुट्टा कमाउन नहुने धारणा राखे। 'सबै दलको आ–आफ्नो गन्तव्य फरक छ,' उनले भने, 'त्यसैले सबैलाई स्वीकार्य संविधान आउन सक्दैन। ८७ प्रतिशत संविधानसभामा छौं खुट्टा कमाउन हुँदैन, १३ प्रतिशतले ८७ लाई लतार्ने प्रजातन्त्रको परिभाषाभित्र पर्छ? हात्तीलाई बोकाले लतार्न सक्दैन। तराईमा आन्दोलन हैन, हिंसात्मक गतिविधि भएको छ। विदेशी घुसपैठ हो। दलालहरुले मच्चाएको वितण्डा हो। आन्दोलनमा जानेले प्रहरी र बच्चा पनि बाँकी राखेका छैनन्। यसलाई आन्दोलनको रूप दिनै सकिन्न।'

एमालेकै लालबहादुर रावलले भारत र दलका केही प्रतिनिधिले संविधान आउन नदिने षड्यन्त्र गरेको बताए। 'विदेशी एजेन्टको पक्षमा छौं भने भनौं,' उनले भने, 'नेपालमा संविधान बनाउने हो भने हामीले किन ढिलाइ गरेका छौं। के कारणले ढिलाइ भइरहेको छ?'

कांग्रेसका रामकृष्ण यादवले हिमाल, पहाड र तराईका जनता मिलेर सम्झौताको दस्तावेज तयार पारिएको बताए। उनले तराईमा भइरहेको आन्दोलनबारे सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखे।

कांग्रेसका डा. मनमोहन भट्टराईले नेपालमा अस्थीरता कायम हुँदा छिमेकीलाई पनि फाइदा नहुने धारणा राखे। 'तर यो कुरा उनीहरुले बुझेनन्,' भट्टराईले भने, 'अहिले तराईमा भइरहेको आन्दोलनमा घुसपैठ भएको हो भने किन रोकिएको छैन त?'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस